स्टककोम, २८ असोज । कम्बोडियाली अधिकारकर्मी फेमिन नाउनलाई यस वर्षको अन्तर्राष्ट्रिय बाल पुरस्कार दिइएको छ । उनलाई कम्बोडियाली राजधानी नोमपेनका सडक बालबालिकालाई सहयोग पु¥याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हो ।
पचास हजार अमेरिकी डलर राशिको अर्को ‘वर्डस चिल्ड्रेन्स अनरेरी अवार्ड’ संयुक्त रूपमा लस एन्जेल्सका जाभियर स्टरिङ र भारतीय नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले बाँडेका छन् ।
उनीहरुलाई बाल कामदारको विरुद्ध तथा बालबालिकाको शिक्षाको अधिकारका लागि काम गरेवापत प्रदान गरिने भएको बताइएको छ । सो पुरस्कार एक समारोहबीच बुधबार स्वीडेनकी महारानी सिल्भियाको उपस्थितिमा दिइएको हो ।
प्रतिक्रिया