बम विस्फोट सात जनाको मृत्यु

नाइजेरिया,२८ असोज । उत्तरपूर्वी नाइजेरियामा आत्मघाती बम विस्फोटमा परी सात जनाको मृत्यु भएको छ । नाइजेरियाको मैदुगुरी सहरको अजिलारी इलाकाको भीड जम्मा भएको क्षेत्रमा मङ्गलबार तीन मिनेटभित्र लगातार गराइएका तीन विस्फोटमा परी अन्य ११ जना घाइते भएको नाइजेरियाली सेनाले बुधबार जनाएको छ ।

आत्मघाती बम विस्फोट यहाँको अतिवादी इस्लामिक समूह बोको हरामका लडाकूद्वारा गराइएको दावी गरिएकोे छ । अलिजारी इलाकामा नै गएको महिनामा चार आत्मघाती बम विस्फोट गराउँदा ५४ जना सामान्य नागरिकको मृत्यु भएको थियो ।

यसैबीच, नाइजेरियाका राष्ट्रपति मुहामादु बुहारीले यहाँको सेना प्रमुखलाई आगामी डिसेम्बरसम्म बोको हरामद्वारा सञ्चालन गर्दै आएको राज्यविरोधी आन्दोलनलाई निस्तेज पार्न आदेश दिएका छन् ।

प्रतिक्रिया