नेपालमा बढ्दै बाथरोगी

risab-gautam‘क्रियाकलापहरूका लागि तिम्रा हातहरू सक्षम छन्’ भन्ने नाराका साथ विश्व बाथरोग दिवस अक्टोबर १२ का दिन विश्वभरी मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर बाथरोग दिवस मनाइँदै छ । पछिल्लो दशक नेपालमा बाथरोगीहरूको संख्या वर्षेनी बढिरहेको छ तर उचित उपचारको अभावमा यस्ता रोगीहरू प्रताडित हुने क्रम पनि उत्तिकै छ । यस रोगसम्बन्धी विशेषज्ञ र उपचार केन्द्रहरूको अभाव खड्किने गरेको छ । बाथरोग रोग मुटु रोग, मधुमेय, थाइराड जस्तै जटिल एवं संवेदनशील हुन थालेको छ । मानिसहरूमा देखिएको काम नगर्ने संस्कृति, फरक खालको जीवनशैली, व्यायाम अभाव एवं भद्दा भोजन र वंशाणुगत गुणका कारण हालका बर्षहरूमा नेपालमा बाथरोगीहरूको संख्या बढ्दै गइरहेको गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्रमा कार्यरत डा. दीपा शाह बताउँछिन् । उनका अनुसार सुरुमा बाथरोगले त्यति कष्ट नदिए पनि विस्तारै यसले च्याप्दै गएपछि धेरै दुःख दिने गर्दछ । बाथरोगीहरूले सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नु अत्यन्त बुद्धिमानी हुने अन्यथा यसको असर बहुआयामिक हुनसक्ने डा. दीपाको बताउँछन् ।

नेपालमा बाथरोगीहरूको संख्या यकिन नभए पनि जनसंख्याको १५ देखि २० प्रतिशत मानिस यसबाट पीडित भएको हुनसक्ने यस क्षेत्रका विज्ञहरूको अनुमान छ । वैज्ञानिक अनुसन्धानहरूले पनि बाथरोग वंशाणुगत प्रभावमा धेरै जस्तो देखिने देखाएको छ । अध्ययनहरूले प्रत्येक १ सयमा १ जना व्यक्ति बाथ रोगबाट पीडित देखिने जनाएको छ ।

डा. दीपा भन्छिन्, ‘बाथ रोग पहिला–पहिला पनि हुन्थो तर राम्रो खालको डाइग्लोसिस नभएको कारण मान्छेलाई थाहा हुँदैनथ्योे । अहिले एलोपेथिकमा उपचार सुरु भएको कारणले उपचार सहज भएको छ । पहिले पहिले बाथ रोगका कारण मान्छे अपांग हुने, शरीरका अंगहरू ड्यामेज हुने हुन्थे तर अहिले सुरुवाती अवस्थादेखि नै उपचार हुने कारण खतरा कम हुँदै गएको छ ।

bath_rogके हो बाथ रोग ?

डा. दीपाका अनुसार शरीरमा रोग निरोधक शक्तिले आफनै शरीरका अंगलाई असर गरेर बाथरोग लाग्नेगर्छ । समान्यतया बाथ रोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरू दुख्ने, सुन्निने र अरह्रो भई राम्ररी चलमलाउन नसक्ने हुन्छ । जोर्नी र जिउ दुख्ने समस्याको एक प्रमुख कारण भनेकै बाथरोग हो । बाथरोग १ सयभन्दा बढी प्रकारका हुन्छन् । जसमध्ये मुख्यतया ¥युमटोइड आरथ्राइटिस ( आमबाथ), ओस्टिओ आरथ्राइस (जोर्नी खिइने बाथ ) युरिक एसिडको बाथ (गाउट), एन्काइलाजिन इस्पोन्डिलाइटिस (डाडको बाथ) ¥युमारिक फिबर (मुटुजन्य बाथज्वरो ) र लुपस ( एसएलई) भास्कुलाइटिस (नशाको बाथ) केटाकेटीमा हुने बाथ (झुबेनाइल आरथ्राइसिस) आदि मुख्य रूपमा देखिने बाथ हुन् ।

कसलाई र कुन अवस्थामा लाग्छ ? डा. दीपाका अनुसार पे्रसर घटबढ हुने कारण बाथरोगले प्रायः जोडोमा बढी असर पु¥याउने गर्छ । बाथ रोग कीटाणुकै कारण हुने रोग भने होइन । तर यो बढी जाडो यामबाट सुरु हुन्छ । यो रोग ब्लडपे्रसर, डाइभिटिज भएको मान्छेहरूमा धेरै देखिन्छ । जस्तो की युरिक एसिड रोगचाहिँ जसलाई उच्च रक्तचाप छ, जसको मोटापन धेरै छ त्यस्तोहरूमा यो रोग धेरै देखिने गर्छ । यसरी अरु रोग र बाथ रोगमा अन्तरसम्बन्ध रहने गर्दछ ।

डा. शाह भन्छिन्, ‘बाथरोग उपचार नगरे स्लो पोइजनसरह हुन्छ । जस्तो हट्याक्ट्क्य तथा पक्षघात हुदाँ मान्छे आजको भोलि मर्ने सम्भावना हुन्छ । तर बाथ रोगमा आजको भोलि नै मान्छे मरिहाल्ने हँुदैन । तर छिटै उपचार नगरे यसले मान्छेलाई अपांग बनाउने गर्छ उनले भनिन् ।

उपचार पद्धति
डा. दीपाका अनुसार बाथरोगको उपचारमा आर्युवेदिक मेडिसिन चलाउने, फिजियोथरापी गर्ने, हाइड्रोथरापी गर्ने, मसाजहरू गर्ने धेरै पद्धतिहरू देखापरेका छन् । उनी भन्छिन्, ‘यो एउटा फाराकिलो उपचार पद्धतिमा जानुपर्ने रोग हो । तर नेपालका कुनै पनि हस्पिटलहरूमा फुलफेल्जमा बाथ रोगको उपचार विभाग नबनाइएको तितो यर्थाथ हामी माझ छ ।’ ‘भलै गोसाईंकुण्ड बाथरोग केन्द्रले बाथ रोगीहरूको संघन उपचारकै लागि भनेर जुन एउटा सराहनीय कदम चालेको छ । त्यसको प्रशंसा गर्न सकिन्छ’ उनले भनिन् ।

आमबाथ (¥युमटोइड आरथ्राइटिस)
डा. शाहका अनुसार आमबाथ सबै खालका उमेर समूहका मानिसहरूमा देखिन सक्ने र लामो समयसम्म रहिरहने कडा बाथ हो । यो पुरुषको दाँजोमा महिलामा बढी देखिने गर्छ । सुरुको अवस्थामा आमबाथ हुनेहरूको हातगोडाका जोर्नीहरू दुख्ने, सुनिने र अररो हुने आदि हुन्छ । रोग छिप्पिदै जाँदा हातगोडाका जोनीहरू जम हुने, बाँगिने र काम नलाग्ने हुन्छन् । समयमै यसको उपचार नभए यो बाथले शरीरका भित्री अगंहरूमा असर पु¥याउने हुन्छ ।

डाढको बाथ (एन्काइलाजिन इस्पोन्डीलाइटीस)
डा. दीपाका अनुसार ढाडको बाथ ढाडमा सुजन भएर हुने एक दीर्घरोग हो । यसले फिलाभित्रको जोर्नी, तल्लो ढाड, गर्दन तथा कहिले काँही गर्दन नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरूमा असर गर्दछ । अन्य खालका ढाड दुखाइ भन्दा यसको फरक खालको विशेषता हुन्छ । जस्तो कि ४० वर्ष अगावै सुरु हुन्छ र यो पुरुषहरूमा भन्दा महिलामा बढी देखिन्छ । धुमपान गर्ने व्यक्तिमा यसले कडा रूपमा संक्रमण गर्ने गर्दछ । बाथ रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, रगत कम हुने, हातगोडामा गिर्खा देखिने, आँखा रातो हुने तथा दुख्ने र मुटु फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन हुने हुन्छ । ढाडको बाथ देखिनुमा मानिसको वंशाणु, विभिन्न संक्रमणहरू र आन्द्राको सुजन र सोरियासिस भन्ने छालाको रोगको मुख्य भुमिका रहने गर्दछ । ढाडको बाथमा विभिन्न उपचार पद्धतीको प्रयोग हुने गरेको छ । जस्तो शारीरिक ब्यायाम, सुजन कम गर्ने औषधीहरू र बाथका अन्य औषधीहरू प्रयोग गरिन्छन् । साथै रोगको अवस्था हेरी कसैकसैमा ढाड तथा हाडजोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्दछ ।

जोर्नी खिइने बाथ (ओस्टिओ आरथ्राइसटिस )
डा. शाहका अनुसार जोर्नी खिइने बाथ आम मानिसमा देखिने अर्को मुख्य बाथ हो । यस्तो बाथमा जोर्नीमा रहेको मुख्य हाडहरूको छेउलाई ढाक्ने कुरकुरे हाड विभिन्न कारणले गर्दा खिइँदै जान्छ । अन्तमा पूर्ण रूपले नष्टसमेत हुन्छ । यस्तो बाथ बढ्दो उमेरको प्रभाव, वशांणुगत गुण, मोटोपना र पेसा विशेषले असर पु¥याएको हुन्छ । यस्तो बाथ रोगीहरूले धेरै दिनसम्म जोर्नी नचलाई बस्दा जोर्नी जाम हुनसक्ने हुन्छ । त्यसकारण एक दुई दिन आरामपछि चलाउन सुरु गर्नुपर्छ । साथै आवश्यक उपचारहरू गराइहाल्नु पर्छ ।

युरिक एसिडको बाथ (गाउट )
डा. शाहका अनुसार पछिल्ला वर्षहरूमा युरिक यसिडको बाथ पनि धेरै मानिसमा देखापर्ने गरेको छ । युरिक एसिड हाम्रो शरीरमा देखिने एक प्रकारको विकारयुक्त पदार्थ हो । जुन खानामा पाइने एक किसिमको रसायन तथा शरीरका पुराना र नष्ट हुन थालेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ । युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप बाथ रोग लाग्दछ । यसको पनि समयमै उपचार हुनु पर्दछ ।

लुपस
डा. शाहका अनुसार अर्को बाथ रोग लुपस हो । यो महिलाहरूमा धेरैजसो देखिने । यस्तो खालको बाथ रोगले छाला, मासपेशी, मृगौला, रगत स्नायु र फाक्सो आदिमा असर गर्छ । शरीरमा रोगविरुद्ध लड्ने क्षमता कम भएपछि यस्तो बाथ उत्पन्न हुने डा. दीपा बताउँछिन् । जसको तत्काल उपचार गरिनुपर्छ ।

अन्त्यमा बाथ रोग सम्बन्धमा आवश्यक जनचेतना नहुँदा धेरै मानिसहरूले नसोचेका दुःख कष्ट पाएका र मृत्युवरण गर्नुपरेका अवस्था छ । त्यसकारण बाथ रोगबारे पर्याप्त जनचेतना आवश्यक छ । गोसाईंकुण्ड स्वास्थ्य सेवा (बाथरोग सेन्टर) केन्द्रले विशेष रूपमा बाथ रोगीहरूलाई सेवा दिँदै आएको र पंक्तिकार पनि त्यही कार्यरत भएकोले बिमारीहरूको सेवाका लागि सदैव प्रतिबद्ध भएको जानकारी पनि यसै आलेखमार्फत गर्दछु ।

बाथरोगका मुख्य लक्षणहरू :
१. हातगोडाका औँलाहरू दुख्ने, सुन्निने ।
२. बिहान उठ्ने बेलामा हातगोडा दुख्ने, अह्ररो र कक्रक्क हुने ।
३. गोडाका बुढी औँला, गोली गाँठा र अन्य जोर्नीहरू टन्किएर दुख्ने, सुन्निने
४. हड्डी खिइएको, घुँडा दुख्ने र सुन्निने ।
५. ढाड, कम्बर दुख्ने, जिउ गल्ने, धेरै थकान लाग्ने ।
६. पिडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नशा झमझम गर्ने ।
७. छालामा घाउखटिरा आउने, निला निला डाम देखा पर्ने ।
८.पानीमा काम गर्दा छालाको रङ परिवर्तन हुने ।

खानपान :
डा. शाहका अनुसार धेरैजसो बाथरोगमा चिसो, अमिलो, खाँदेको पुरानो अचारबाहेक खाना बार्न आवश्यक हँुदैन तर युरिक एसिड बाथमा खुट्टाको बुढी औँला रातो भएर दुख्ने, सुन्निने हुन्छ । यो बाथरोगमा बार्नुपर्ने युरिनयुक्त खाना जस्तै रातो मासु, समुन्द्री खाद्यान्न, रक्सी तथा बियर, कोल्ड ड्रिंक्स, टोफु, भटमास, जंकफुड, कुरिलो, च्याउ अचार, तामा, पालुंगो, काउली आदि युरिक यसिडलाई बढाइदिन्छ । त्यसैले युरिक यसिड भएका बिरामीले यी खानेकुरा सकेसम्म बार्नुपर्छ ।
शाह गोसाईंकुण्ड स्वास्थ्य सेवा (बाथरोग सेन्टर ) केन्द्रमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया