अँध्यारो रातबाट नकआउट किङ

santosh1 copyकाठमाडौं । नेपाली खेलकुदमा नकआउट किङका रूपमा परिचित हुन् कराते तथा किक बक्सिङका खेलाडी सन्तोष खड्का । उनी नेपाली खेलकुदमा ‘भ्यान्डम’ उपनामले पनि चिरपरिचत छन् । उनी ६ वर्षपछि रिङमा फर्कंदै भारतको पुनेमा भएको वाको एसियन किक बक्सिङमा ८१ केजी तौल समूहमा स्वर्ण जिते । उनको त्यो स्वर्ण निकै महत्वपूर्ण थियो किनभने फाइनलमा उनले भारतका ४ पटकका राष्ट्रिय च्याम्पियन अतुल घलेलाई पराजित गर्दै स्वर्ण जितेका थिए ।

उक्त एसियन गेममा उनले १ कास्य पनि हात पारेका थिए । ०३३ सालमा झापामा जन्मेका खड्का नेपाली खेलकुदका एक समयका उम्दा खेलाडी हुन् । रहरैमा ०५० सालमा खड्काले सितोरियो कराते खेल्न सुरु गरेका थिए । ०४५ सालमा झापाबाट काठमाडौं प्रवेश गरेका उनले ९ कक्षामा पढ्दापढ्दै बानेश्वर शाखा डोजोबाट कराते प्रशिक्षकद्वय जानकी महर्जन सेढाई र तुलसी महर्जनसँग प्रशिक्षण लिने थाले ।

सानैदेखिको खेलप्रतिको रुचिले गर्दा उनीले पढाइलाई भन्दा खेललाई बढी ध्यानदिन थाले । पढाइ छाडेर खेल क्षेत्र तिर लागेका उनी छोटो समयमै एकखालको हाइट जमाउन सफल भए । प्रशिक्षकहरूको हौसलाले पनि मलाई अघि बढ्न सहयोग मिल्यो । विगत सम्झिदै उनी भन्छन्, ‘मैले अप्ठ्यारो स्थितिमा पनि खेललाई निरन्तर अगाडि बढाइरहेँ ।’

medail with khadkaखेल्दै जाँदा ०५२ सालमा उनले दोस्रो अन्तर्राष्ट्रिय विद्यालय कराते प्रतियोगितामा रजतपदक हात पारे । फाइनलमा हालका करातेका राष्ट्रिय टिमका प्रशिक्षक एवं एसियाडका पदक विजेता खेलाडी दीपक श्रेष्ठसँग पराजित हुन पुगे । जुन उनको करियरको पहिलो प्रतियोगितासमेत थियो । तत्कालीन सममयमा खेल्नका लागि उपयुक्त वातावरण नभएको अवस्थामा पनि संघर्षका साथ उनले केही ठूला सफलतासमेत हात पारे ।

आठौँ साफका स्वर्ण विजेता रवि महर्जनलाई नवौँ सागको छनोट चरण पराजित गर्दै उदीयमान खेलाडीका रूपमा स्थापित भए । अमेरिकामा भएको आतंककारी हमलाका कारण नवौँ साफ च्याम्पियनसिपमा छनोट भए पनि खेल्ने अवसर गुम्यो । पाकिस्तानमा साफ गेम हुँदै थियो तर म अभ्यासका लागि इरानमा थिएँ । १० र १५ दिन मात्र बाँकी रहेको अवस्थामा अफगानिस्तानमा पनि गोलाबारी भएकाले खेल हुन सकेन । पछि रि–सेलेक्सन भयो तर म छनोट हुन सकिनँ ।

उनको साफ खेल्ने धोको भने अधुरै रह्यो । अमेरिकाको पेन्टागनमा आतंकवादी हमला भएपछि पास्कितानको इस्लामावादमा हुने भनिएको साफ स्थगित भयो । जुन घटनाले विश्व जगतलाई स्तब्ध पार्नुका साथै उनको जीवनमा पनि पनि ठूलो बज्रपात भयो । केही वर्षपछि नवौँ सागको पुनः छनोट भयो । तर, त्यसपटक भने अस्वस्थ रहेका खड्का महर्जनसँग नै पराजित हुन पुगे । कराते खेल्दै उनी अवसर परेको बेला किक बक्सिङ पनि खेल्ने गर्थे त्यसमा पनि उनको नतिजा स्वर्ण नै रहने गथ्र्यो ।

खेल्ने मात्र गर्दा आर्थिक समस्या हुन थालेपछि उनी क्यासिनोमा काम गर्ने थाले । यसबीच दुवैतर्फ खड्का सफल पनि रहे । क्यासिनोमा काम गर्ने सिलसिलामा परेको पिन्की थापासँगको प्रेम सम्बन्धलाई उनले वैवाहिक जीवनमा परिणतसमेत गरे । खेल, पेसा र आफ्नो परिवारिक जीवनलाई राम्रैसँग लगेका खड्काको सुखी जीवनमा कसैको नजर लाग्यो । उनी ठूलो षड्यन्त्रको सिकार भए ।

तथापि कामगर्ने सिलसिलामा उनी निर्दोष भएर पनि षड्यन्त्रका बीच जेल परे । जेल जीवनको आफ्नो त्यो समयलाई उनी अँध्यारो रातको रूपमा स्मरण गर्छन् । उनी भन्छन्, ‘आफ्नो भन्नेले नै मलाई जालमा फसायो । तर, उसलाई मेरो भन्नु केही छैन सबै माथिबाट मुल्यांकन हुन्छ रे ? भन्ने सुनेको छु । खाएको विष मात्रै लाग्छ त्यसैले त्यसकोे मुल्यांकन पनि पक्कै होला ?’ ०६३ मा जेल परेका उनी २ वर्षपछि निस्किए । काम गर्ने हौसला र आत्मविश्वास गुमे पनि आफूलाई ज्यानभन्दा प्यारो लाग्ने खेलतर्फ पुनः फर्कने निर्णय गरेँ ।

त्यहि अनुरूप नै जेलबाट फर्केको तीन महिनामा नै राष्ट्रिय गणेशमान स्मृति कराते तथा किक बक्सिङमा स्वर्ण पदक जितेँ । त्यसले आपूmलाई थप हौसला मिल्यो । झन् आफूलाई अब्बल साबित गर्नु थियो, त्यही अनुरूप मेहनत गरेँ । छोरा जन्मेका कारण आफूमाथि थप जिम्मेवारी थपियो । केही वर्ष खेलबाट ओझेल परँे । म्यानपावर व्यवसायमा केही घाटा बेहोरेँ । त्यसपछि होटल व्यवसायमा लागे पनि सफलता हात पार्न सकेन । खेलमा स्वर्ण जिते जस्तो व्यवसायमा स्वर्ण जित्न सकिनँ ।

सन्तोष खड्का त्यस्ता खेलाडी हुन् जसले २५ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा २० वटामा स्वर्ण पदक जिते । सहभागी भएको कुनै पनि खेलमा उनी सितिमिति खाली हात फर्कनु परेन । तर, समयसँगै उनीमा खेल प्रति नैराश्यता उत्पन्न भएको छ । आफूले खेल क्षेत्रमा गरेको लगानीबाट सन्तुष्ट छैनन् । उनी त एक पात्र मात्र हुन्, यसरी खेलाडीलाई राष्ट्रको गहना भनिए पनि खेलाडी किन सन्तुष्ट हुन सक्दैनन् त ? सितोरियो करातेका खेलाडी सन्तोष खड्का भन्छन् ।

SAM_8603साफ खेल्न नपाएपछि त्यत्ति राम्रोसँग खेल्न पाइनँ । तर, खेलेको खेलमा खाली हात कहिल्यै फर्किनँ । धेरैजसोमा गोल्डमेडल नै थिए । २५ वटा खेलमा सहभागी हुँदा २० वटा त गोल्ड मेडल नै थिए । त्यसमध्येको सबैभन्दा ठूलो खेल भर्खरै सम्पन्न एसियन गेम हो । त्यसमा मैले पदक जिते । राष्ट्रियस्तरमा १० वटा जति खेल खेलँे सबैमा स्वर्णपदक जितेको छु । ५० भन्दा बढीमा नकआउट नै हानेको छु । म रिङमा मेरो तौल समूहमा १÷२ मिनेटभन्दा बढी टिक्न दिइनँ, खड्का भन्छन् । ‘खेल क्षेत्रमा तानाशाही प्रवृत्ति छ । राजनीतिक प्रभाव छ । मेरा ५ वटा दाँत खेल्दै गर्दा भाँचिए । अहिले नक्कली दाँत हालेको छु । निधारमा ४ वटा टाँका लगाएको छ । यसरी ज्यानको माया मारेर खेल्दा पनि राज्यले हेर्दैन ।’ खेल नै नबुझेकाले खेल क्षेत्र हाक्छन्, कसरी बुझ्नु खेलाडीको समस्या ? उनी बताउँछन् । खेलकै लागि दाँत फुकालियो, घाइते भइयो, यति धेरै पदक र नेपालीको मन पनि जितियो । खेलले नै मलाई चिनायो तर मन भने खुसी छैन ।

अहिले त सामाजिक सञ्जाkhadka copyल छन् । केही सानो टुर्नामेण्ट हुँदा पनि फोटो हाल्ने, विदेशमा गएकाहरुले पनि पार्ट टाइम खेलेर प्रचारवाजी गर्छन् । जुनियरहरुले पनि त्यसो गर्दा उत्सुक्दा बढ्दो रहेछ, प्रेरणा मिल्दो रहेछ । ६वर्षको अन्तरालपछि खेलमा पुनह फर्के । ६ वर्ष ग्याप भयो । पहिलो कुरा त उमेर हो । उमरले पनि चालिस नाघेको थियो एक्लो जीवन भन्दा विवाहवारीमा बाँधिए पछि त्यति धेरै समय दिन पनि सकिदो रहेन्छ । जसले चाँहदा चाँहदै पनि धेरै समय दिन सकिएन । खेलमा पनि धेरै चाप्लुसी हुने रहेछ । त्यही गर्न जानीन् त्यसैले पछि परे । तर आफू जति नै सक्षम भए पनि खेलको अवसर पाइदोरहेन्छ । म गोल्ड मेडलिष्ट हो ।च्याम्पियन हो भनेर घरमा बसेर मात्र हुँदो रहेनछ । खेल क्षेत्र पनि सुरक्षित देखिएन । घर परिवार चलाउन पर्यो । कोठाको भाडा तिर्न खान पर्यो ।

अहिले करातेको विकास त भइरहेको छ । तर त्यसको तुलना खेलमा भविष्य देखिन । म संगै खेलेका १५ जना गोल्ड मेडलिष्ट मकाउमा क्यासिनोको रुपमा काम गर्छन । मासिक एक लाखदेखि ढेड लाख कमाएका छन् । नेपालमै भविष्य देखेको भए उनीहरु किन विदेशिन्थे होला र ? त्यसका लागि अझै राज्य स्तरबाट केही गर्नूपर्छ ।

प्रतिक्रिया