यो गर्वको क्षण हो

अनेक शंका–आशंका र प्रतीक्षापछि यतिबेला नेपाली जनताले गणतान्त्रिक नेपालको संविधान पाएका छन् । २००७ सालदेखि नेपाली जनताले समय–समयमा परिवर्तनका लागि आन्दोलन गरे । आन्दोलनको क्रममा कैयौँपटक संविधानसभाको माग चरम उत्सर्गमा पुग्यो । कैयाँैपटक संविधान संशोधन र परिवर्तन भयो । तर, जनताका लागि जनताले संविधान लेख्ने यो ऐतिहासिक अवसर दोस्रो संविधानसभा निर्वाचनबाट प्राप्त भएको छ । संविधान जारी भएसँगै परिवर्तनकारी जनता खुसीले विभोर छन् । राजनीतिक दल र नेताप्रति गुमेको जनातका विश्वास फेरिएको छ । फेरि एकपटक जनताले दलहरूको यो निर्णायक कमदको खुलेर प्रशंसा गरेका छन् । पार्टीहरू देश र जनताप्रति जिम्मेवार छन् भन्ने आभास दिलाएको छ संविधानको घोषणाले । नयाँ संविधानबारे केही सभासद्को धारणा :

ऐतिहासिक जित

arjunnarasing_KC
अर्जुन नरसिंह केसी, सभासद् नेपाली कांग्रेस

नेपाली जनताको लामो प्रयास र संघर्षबाट आएको ऐतिहासिक उपलब्धि हो नयाँ संविधान । सत्तरी वर्षदेखि जनताले मागेको माग पूरा भएको छ यति बेला । यसलाई सारा नेपालीको ऐतिहासिक जितको रूपमा लिनुपर्छ । व्यत्तिगत रूपमा मैले आजको दिनलाई गौरवको रूपमा लिएको छु । जहाँसम्म राजनीतिक कुरा छ । नेपाली कांग्रेसले यो मुलुकमा सबैभन्दा पहिला संविधानसभा माग गरेको थियो । त्यही पार्टीको नेतृत्वमा आज संविधानसभाले जनालाई संविधान दिन सफल भएको छ । यसमा मलाई अझ बढी गर्व लागेको छ । नेपाली कांग्रेसले सबै मुलुकको लागि निर्णाायक भूमिका खेल्दै आएको थियो । त्यो दायित्व फेरि पूरा गरेको छ । यो खुसीमा आज सारा नेपाली जनताले उमंग मनाएका छन् । यो सरा नेपाली जनताको खुसी र सफलताको क्षण हो । संविधान जनतालाई अधिकार दिने र सुरक्षाको ग्यारेन्टी गर्ने दस्तावेज भएकोले यसलाई राज्यको सम्पत्तिको रूपमा लिनुपर्छ ।

हामीले पहिलो संविधानसभाबाट जनतालाई संविधान दिन नसकेको दुःखद अनुभूति नेपाली जनताले भूलेका छैनन् । त्यसैले पनि जनतामा आक्रोश, निराशा र चिन्ता थियो । आज जनताका सबै निराशा समाप्त भएको छ । सबैले दीपावली गरेका छन् । यति हँुदा हँुदै सबै नेपालीलाई खुसी दिन सकिएको छैन । त्यो दुःखद कुरा हो, सबैलाई खुसी दिन सकिएको भए अझ राम्रो हुने थियो । यो खुसीको अवसरमा हिमाल, पहाड, तराइ, मधेस सबैतिर दीपावली भएको भए हामीलाई अझ बढी सफल भएको अनुभूति हुने थियो । चाहेर पनि एउटा संविधानमा सबैलाई खुसी दिन सकिँदैन रहेछ । त्यसो भन्दैमा सबै बाटो बन्द भएको छैन । भोलिका दिनमा असन्तुष्टि र असहमतिलाई समेटेर जान सकिने धेरै ठाउँहरू छन् । वार्ता संवादले मुलुकका धेरै ठूला समस्याहरू सामाधान भएका छन् र फेरि पनि हुनेछ भन्नेमा म विश्वस्त छु । अहिले नेतृत्वमा देखिएका र जिम्मेवार पार्टी एवं नेताहरू त्यसमा गम्भीर छन् ।

नेपाली जनताको बलमा धेरैपटक नयाँ इतिहास बनेको छ । यो पनि ऐतिहासिक उपलब्धि हो । यसलाई हामीले संस्थागत गरेर जानुपर्छ । राजनीतिक रूपमा हामीले धेरै लडाइँ लड्यौ । गणतान्त्रिक नेपालले संविधानसभाबाट जनतालाई संविधान दिएको छ । यो सामान्य कुरा होइन । हामीले खुसी मनाउँदै गर्दा बेखुसी हुनेहरू पनि छन् । तिनको भावना पनि समेटिनुपर्छ । पचास प्रतिशत जनता बस्ने तराईको भावना पनि सामान्य होइन ।

उनीहरूले उठाएका र सम्भव भएका मागलाई समावेश गर्दै आउने दिनमा अगाडि बड्नुपर्छ । संविधान राम्रो र उत्कृष्ट छ । यसको कार्यन्यनमा आउने नेतृत्वले गम्भीर भएर लाग्नुपर्छ । कुनै पनि कुरा राम्रो हँुदैनमा हुँदैन त्यसको प्रयोग कसरी हुन्छ त्यो महत्वपूर्ण कुरा हो । मलाई विश्वास छ जनताको विश्वास, पार्टी र नेताहरूको कडा मेहनतबाट बनेको यो संविधानले सबै वर्ग, जाति, भाषी र समुदायलाई अधिकार सम्पन्न बनाउनेछ ।

संविधान उत्कृष्ट छ

sita giri_oli

सीता गिरी ओली एमाले सभासद्
नेपाली जनताको लामो प्रतीक्षा र संघर्षबाट संविधान बनेको छ । यति बेला सम्पूर्ण नेपाली जनता खुसी र उमंग मनाइरहेका छन् । नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट जनताको संविधान बनेकामा अत्यन्तै खुसी छु । अझ यो महान् कार्य गर्ने अवसर पाएकामा संविधानसभा सदस्यको हैसियतले मैले गर्वको अनुभूति गरेकी छु । हिजोको दिनसम्म अनेक आशंकाहरू थिए, जनतामा एक प्रकारको निराशा थियो । आज ती सबै आशंका र निराशा समाप्त भएका छन् । गणतान्त्रिक नेपालको संविधानसभाले सबै जनतालाई अधिकार सम्पन्न बनाउने संविधान दिएको छ । यो सारा नेपालीका लागि खुसीको क्षण हो ।

हिजाका दिनमा जाति, भाषा, धर्म र लिंगका आधारमा अनेक विभेद जनताले भोगे । अबको दिनमा कुनै जनताले विभेदको महसुस गर्ने छैनन् । यो संविधान समावेशी छ, सबैको साझा दस्ताबेज पनि हो । विगतमा महिलासँग सम्बन्धित कैयाँै विषय संविधानमा समावेस भएर पनि व्यवहारमा लागू भएन । महिलाले उपेक्षाको अनुभूति ग¥यौँ । आउने दिनमा कसैले कुनै दिन उपेक्षाको अनुभूति गर्ने छैनन् । विगतभन्दा यो संविधान धेरै हिसाबले उत्कृष्ट छ । मुलुक संघीयतामा गएकाले महिलाको स्थान केन्द्रीय प्रदेशमा ३३ प्रतिशत स्थानीय प्रदेशमा ४० प्रतिशत तोकिएको छ । संविधानले प्रदान गरेको अधिकार उपयोग गनै सबै महिला एक भएर लाग्नुपर्छ । सरकार र राजनीतिक दलहरूले इमानदारीतापूर्वक कार्यान्यन गर्ने हो भने । कसैले कुनै कुराको विभेदको अनुभूति गर्ने छैन भन्ने मलाई विश्वास छ ।

हिजोसम्म सारा नेपालीको ध्यान संविधानसभामा थियो । फेरि पनि असफल हुने हो कि भन्ने चिन्ता जनतमा थियो । हिजैबाट ती आशंकाहरू समाप्त भएका छन् । हामीले दोस्रो संविधानसभाबाट संविधान जारी गर्नुपर्ने अवस्था आयो । यो अवस्थामा नआउनुपर्ने थियो आयो । तर, यो अवसर कसैले गुमाउनुहँुदैन भन्नेमा सबै पार्टी र । नेताहरू गम्भीर थिए । यति बेला पनि हामीले सर्वसहमतिमा संविधान जारी गर्न सकेको भए अझ राम्रो हुने थियो । तर, सकिए । विश्वको इतिहासलाई हेर्ने हो भने । यस्ता महत्वपूर्ण कुरामा सर्वसहमति दुर्लभ छ । संविधानमा समानुपतिक र समावेशीको कुरा आएको छ, यसमा सबैल खुला हृदयले स्वीकार गर्नुपर्छ । असहमति भएका र चित्त नबुझेको कुरा फेरि पनि समावेश गरेर अगाडि बढ्न सकिन्छ । हिमालदेखि तराईसम्मका सबै जनताको साझा सम्पत्ति हो संविधान । सबैले एक मनले यसको स्वागत गर्नुपर्छ । संविधान निर्माणको प्रक्रियामा लामो समयदेखि सक्रिए भएर बाहिर भएका पार्टी र नेताहरूको संविधान निर्माणमा ठूलो योगदान छ ।

पहिलो संविधानसभाले भोगेको तीतो अनुभूति जनताको मनमा काँडाजस्तै बसेको छ । हामीले ती सबै तीता अनुभूतिको अन्त्य गर्ने प्रयत्न गरेका छौँ । यो उत्सवको क्षणमा हामीले आउने दिनमा यसलाई अझ कसरी राम्रो बनाएर लैजाने भन्ने सोच्नुपर्छ । जनताबाट निर्वाचित प्रतिनिधिको आफ्नै वर्कतले बनेको संविधान भएकाले तीन करोड जनताले अपनत्व गर्नुपर्छ । मलाई यति बेला गर्व लागेको छ । जनताले जुन कामका लागि जिताए पठाएका थिए त्यो काम पूरा गर्न सकेकामा । हामी जनता र राष्ट्रप्रति सबै इमानदारीतापूर्वक लाग्यौँ भनेर जनताको साथ सधैँ पाउने छौँ । यो सात दशकदेखिको लडाइँ र प्रतीक्षाको फल हो । त्यसैले सामान्य रूपमा लिनुहँुदैन । अझै पनि धेरै चुनौतीहरू छन् । संविधान कार्यान्यनको पक्षमा सबैले आफ्नो कर्वत्य पूरा गरेनौँ भने समस्या आउन सक्छ । जुन एकताका साथ प्रमुख दल संविधान जारी गरेका छन् त्यही एकताको साथ कार्यान्वयनमा लाग्नुपर्छ ।

यो सम्झौताको दस्तावेज हो

agni_sapkota
अग्निप्रसाद सापकोटा, एमाओवादी सभासद्
हामीले जस्तो गणतान्त्रिक संविधानको माग गरेका थियो त्यहीअनुसारको प्राप्ति भएको छैन । तर, पनि धेरै राम्रा कुरा यसमा छन् । यो एक प्रकारको सम्झौताको दस्तावेज भएकाले यसलाई सबैले ग्रहण गर्नुपर्छ । हामीले पनि यसलाई सम्झौताको दस्तावेजको रूपमा लिएका छौँ । त्यसैले आफ्ना हिजाका कैयाँै मागभन्दा एक कदम पछाडि हटे हो । संविधानमा कहिल्यै पनि पार्टीको एजेन्डा प्रमुख हँुदैन । यो संविधानले जनाका मौलिक हक र मागलाई समेटेको छ । धर्मनिरपेक्षता, गणतन्त्रको संस्थागत, सामाजिक न्यायजस्ता कुरामा जनताको अधिकारको सुरक्षा गरेको छ संविधानले । यसमा सबैले स्वीकार गर्नुपर्छ । संविधान जारी हुनु केही घन्टा अगाडिसम्म सहमती र सम्झौता भएका छन् । यो ढोका कहिल्यै बन्द हुँदैन । समय, आवश्यकता र जनताको भावनाअनुसार आएका उचित मागहरूलाई समावेह गर्दै अगाडि बड्नेछ । नेपालको इतिहासमा पहिलोपटक जनताबाट निर्वाचित प्रतिनिधिले संविधान बनाउने अवसरलाई पूरा गर्न सकेकोमा गौरवको अनुभूति गरेको छु । नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलीक अखण्डता र सर्वभौम अधिकार सम्पन्न यो संविधानले आउने दिनमा छुटेका र नसमेटिएका विषयहरूलाई समेट्दै जानेछ । पार्टी र नेताहरूप्रति जनतमा बडेको आक्रोश, निराशा र अविश्वास समाप्त भएको छ आजको दिनबाट । हामी सारा नेपालीले आपूmले के पायौँभन्दा देश र जनताले के पाए भनेर सम्झने हो भने यो संविधानमा गुनासो गर्नुपर्ने ठाउँ छैन । पहिलो संविधानसभाको अफलताबाट सिकेको पाठको सफलता मान्नुपर्छ यसलाई । कुनै जनताले हिनता वा ग्लानी गर्ने ठाउँ यो संविधानमा छैन । यसको अक्षरहरूलाई हेर्दै आत्म समीक्षा गर्ने हो भने हामी सबैले पाएका छौँ, कसैले केही गुमाएका छैनौँ ।

विगतका कैयौँ घटनाले दुःखी बनाउँछ । पहिलो संविधासभामा हाम्रो पार्टी सबैभन्दा ठूलो थियो, सरकार आफ्नै थियो । त्यस्तो अवस्थमा पनि हामीले संविधान जारी गर्न सकेनौँ । त्यति बेला भएका सम्झौता अहिलेको भन्दा अझ राम्रो थियो र पनि हामीले चाहेर पनि संविधान जारी गर्न सकेनौँ । अहिले जे छन् त्यसलाई उपलब्धि मान्दै आउने दिनमा अझ बढी जनताका पक्षमा लाग्ने प्रतिबद्धता गरेका छौँ । जनताको विश्वास जित्न सकियो भने सफलता पाइन्छ भन्नेमा हामी दृढ छौँ । संविधान निर्माणमा अन्तिमसम्म सक्रिए भएर बाहिर गएका दलहरूले पनि यसमा सहमति गर्नु ठीक हुन्थ्यो । यही संविधानलाई आलोचनात्मक समर्थन गरेर आफ्ना माग जारी राख्न सकिने ठाउँहरू धेरै थिए । संविधान पार्टीको घोषणा होइन, हिजो निर्वाचनमा जनताबीच गरेका सबै वाचा यहाँ समेट्न सकिँदैन । यसमा सबैले आत्म समीक्षा गर्नु जरुरी छ ।

यो अहिलेसम्मकै उत्कृट संविधान हो । यसमा पनि धेरै चुनौतीहरू छन् । कार्यान्वयन गर्ने सवालमा अनेक समस्या आउन सक्छ । तर, जनताबीच व्यापक छलफल भएर आएकाले यसमा जनता आफैँले कार्यान्वयनमा सहयोग पु¥याउनेमा म विश्वस्त छु । ९५ प्रतिशत सभासद्ले यसमा हस्ताक्षर गरेका छन् । हामीले जनताको विश्वासमा तुसारोपात आउने काम गर्नुहँुदैन । संविधानले पूर्णता पाउनेबित्तिकै देश भर जनतामा स्वस्फूर्त उत्साह छाएको छ । जनता खुसी हुँदा यहाँका सबै पार्टी र नेताहरू खुसी हुन सक्नुपर्छ । जनाको चाहना र खुसीभन्दा ठूलो केही छैन । अबका नेपाली जनता सचेत र बौद्धिक छन् । उनीहरूको भावनाभन्दा बाहिर कोही जानुहँुदैन । यो संविधान कार्यान्यन हुनेमा म र मेरो पार्टी पूर्णरूपमा विश्वस्त छु ।

प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया