कलिउडको लगानीमा हलिउडको स्तर असम्भव

mukunda_thapaउनलाई पहिलोपल्ट देख्नेहरू डराउन सक्छन् । कठोर बोली, लामो कपाल अनि ठूलाठूला आँखा र भीमकाय शरीरले उनी साँच्चै डरलाग्दा देखिन्छन् । उनी हुन्– नेपाली चलचित्र जगत्का चर्चित खलनायक मुकुन्द थापा । जसले व्वयवहार गर्छ, उसले अनुभूत गर्दै जान्छ– उनीभित्रको कोमल मन र विवेकी मस्तिष्क । सहयोगी, धार्मिक र समाजसेवी उनको यथार्थ जीवनको अभिन्न पाटो हो । उनी खेलकुद, अभिनय र समाजसेवालाई त्रिकोणात्मक समन्वय गर्दै जीवन सार्थकता खोजिरहेका छन्, नागरिक भएर देश र समाजप्रतिको खयित्व पूरा गरिरहेका छन् ।

झलक्क हेर्दा डरलाग्दो तर वास्तविकतामा मृदुभाषी, मिलनसार र सहयोगी प्रवृत्तिका थापा पर्दाबाहेक जीवनमा भेटिँदा कि त साथीभाइसँग हँसिमजाक गरिरहेका भेटिन्छन् कि त कुनै न कुनै सामाजिक काममा खटिरहेका भेटिन्छन् । उनी कि कसैलाई सहयोग गरिरहेका हुन्छन् कि त धार्मिक कार्यमा संलग्न भेटिन्छ । उनको आँखाले कसैको दुःख देख्न सक्दैन । कसैलाई कुनै प्रकृतिको समस्या प¥यो कि सबैभन्दा पहिले सहयोग गर्न तम्सिने उनी नै हुन्छन् ।

हालै मात्र नेपाली चलचित्र ‘लुटेरा’ तथा हिन्दी र भोजपुरी चलचित्र ‘और एक क्रान्ति’ को छायांकन सकाएर अर्को नेपाली चलचित्र कमिसनको छायांकनको तयारीमा छन् थापा । नेपाली चलचित्र क्षेत्रमा खलनायकका रूपमा परिचित गराउन सफल थापा नेपाली चलचित्रमा दर्शक, निर्माता, निर्देशकलगायत चलचित्रप्रेमीको पहिलो रोजाइको खलनायक भएको पुष्टि उनको व्यस्तताले पनि गर्दछ ।

उनको यस्तै मिजासिलो व्यवहारले गर्दा उनी जहाँ जान्छन्, त्यही सजिलै घुलमिल हुन सक्छन् । त्यही नै उनको मुख्य गुण भएकाले नै उनले सफलता हात पारेको उनका समकक्षीहरू बताउँछन् । थुप्रै चलचित्रमा खलनायक बनी काटमार र झगडा गर्दै रगत बगाउँदै आएका उनी चलचित्रमा जस्तो उनी वास्तविक जीवनमा त्रूmर छैनन् । सबैसँग मित्रवत् व्यवहार गरी बुढापाका, अधबैंसे, युवावर्ग सबैसँग सजिलै घुलमिल हुनसक्ने खुबीका धनी मुकुन्द थापामा आफू चर्चित व्यक्ति भए पनि घमण्ड र ठूलो पल्टने बानी छैन । त्यसैले त उनी छोटो समयमा नै नेपाली फिल्म उद्योगमा चर्चित बन्न सफल भए ।

थापाले चलचित्र मैदानबाट उत्कृष्ट खलनायकको एवार्ड पाइसकेका थापा नेपाल समाज सेवा बुद्धसंघ, सुवास स्मृति प्रतिष्ठान, ठमेल फिजिकल फिटनेस, पोखरेली सचेत युवा मञ्च, सन्ध्या संगम सांस्कृतिक समूह, धुलिखेललगायत थुप्रै अनगिन्ती संघसंस्थाबाट थुप्रै ताम्रपत्र, सम्मान पत्र, कदरपत्रलगायतले सम्मानित भइसकेका छन् ।

मार्सल आर्टस्का चौथो डान एवं नेसनल च्याम्पियनसीपमा २०४६ र २०५१ मा गरी दुईपटक टेक्वान्दोमा प्रथम भई पुरस्कार पाइसकेका थापा खेल र चलचित्र जगत्लाई समन्वय गर्दै अघि बढिरहेका छन् । खेल क्षेत्रमा अनेक पुरस्कार र सम्मानले विभूषित खलनायक थापाको पनौती नगरपालिका–८ स्थित घरमा प्रवेश गर्नासाथ भ¥याङदेखि कोठासम्म उनले पाएका सम्मान पत्र, कदरपत्र, मायाको चिनो आदिले सजिएको छ । उनको घरमा सजिएका अनगिन्ती सम्मान तथा मायाको चिनोहरूले नै उनको सफलताको पुष्टि गर्छ ।

चलचित्र मजदुरदेखिका ‘म तिमीबिना मरिहाल्छु’, ‘कहाँ छौ कहाँ’, ‘इलाका’, ‘तिमी मेरो म तिम्रो’, ‘कालापानी’, ‘मैदान’, ‘इतिहास’, ‘मेरो के गति हुने होला’, ‘देशले रगत मागे’ लगायत करिब ७०—८० को हाराहारीका चलचित्रहरूमा अभिनय गरी आफ्नो प्रतिभामार्फत नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।

विशेषगरी चलचित्रको नकारात्मक भूमिकामा देखिने थापा अभिनयमा खलपात्र भए पनि आप्mनो चरित्रको माध्यमबाट समाजका घटनालाई उजागर गर्न खप्पिस छन् । यसले उनी कथा र चरित्र बुझेर अभिनय गर्ने अब्बल दर्जाका कलाकार भएको पुष्टि गर्छ । उनी भन्छन्, मेरो भूमिकाले समाजका यथार्थ घटनाको प्रतिबिम्ब उतारेको छ र सामाजिक जागरण ल्याएको छ । त्यसैले म फिल्म क्षेत्रबाट कहिल्यै टाढिन सक्दिनँ ।’

आफ्नो अभिनयमार्फत समाजलाई केही चाहने उनी आफूलाई धेरै भाग्यमानी पनि ठान्छन् । उनी सामाजिक विकास र देशको चिन्तन बोकेका कथावस्तुमा आधारित फिल्ममा अभिनय गर्ने इच्छा व्यक्त गर्छन् ।

कसैलाई पनि आफ्नो प्रतिस्पर्धी नठान्ने उनी धर्मकर्मप्रति उत्तिकै चासो राख्छन् । सत्य साइका अनुयायी उनी संसारका मानिसले शिक्षा, स्वास्थ्य र खानेपानी निःशुल्क पाउनुपर्छ भन्ने साइ मिसनमा समेत सक्रिय छन् । उनी सत्य साई अगनाइजेसन नेपाल काभ्रेका संयोजक पनि हुन् । त्यस्तै, उनी चलचित्र कलाकार संघ, काभ्रेली कलाकर्मी मञ्च, खस क्षत्री कलाकार संघ, पनौती नगर कलाकार मञ्च आदि जस्ता संघसंस्थामा पनि संलग्न छन् । उनी कलाकारिताप्रतिको मोह यसरी व्यक्त गर्छन्, ‘बाँँच्ने आधार र मानसम्मान कला क्षेत्रले आफूलाई दिएकाले यस क्षेत्रप्रति मेरो अगाध माया र स्नेह पलाएको छ ।’ धेरै कुरामा नेपाली फिल्म उद्योग सक्षम भएर पनि नेपाली फिल्मको सानो बजार सीमित दर्शक अनि चलचित्रको लगानी पनि सीमित भएकाले पनि नेपाली चलचित्रमा दर्शकले बलिउड, हलिउडका चलचित्रका जस्ता गुणस्तर नपाएको उनको अनुभव छ । ‘कलिउडको लगानीमा हलिउडको स्तर खोजेर सम्भव छैन । अहिलेको अवस्थामा नेपाली चलचित्र उद्योगले दिएको स्तरीयतालाई कम आँक्नुहुँदैन,’ उनको अनुभव छ ।

कलाकार राष्ट्रका गहना भएकाले आफ्नो पनि कलाकारितामा लागेकै कारण समाज र राष्ट्रप्रति ठूलो जिम्मेवारी रहेको बताउन चुक्दैनन् उनी । समाजमा छरिएका विभिन्न कला तथा प्रतिभालाई खोजेर उनीहरूको आफ्नो खुबीअनुसारको अवसर प्रदान गर्नु अहिलेको आवश्यकता भएको थापा बताउँछन् ।

कलाकारिताको माध्यमद्वारा समाजलाई सुसूचित गर्नु कलाकारको प्रमुख दायित्व भएकाले हरेक कलाकार समाज र देशप्रतिको आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन नहुने उनको तर्क छ । विकृति, विसंगतिरहित समाज निर्माणमा कलाक्षेत्रको उल्लेख्य भूमिका हुने हुँदा कलाकारहरू पनि आफ्नो जिम्मेवारीमा प्रतिबद्ध हुनुपर्ने उनको विचार छ ।

‘कला र कलाकार राष्ट्रिय सम्पत्ति अर्थात् गहना हुन्,’ यस्ता कुरा नेताको भाषणमा मात्र सीमित भएकोमा उनको गुनासो छ । उनी थप्छन्, ‘देशका लागि काम गर्नेे कलाकारको योगदानको उचित कदर अहिलेसम्म राज्यको तर्फबाट हुन सकेकोको छैन । सारा जीवन कलाकारितामा बिताएका कलाकारको रिटायर्ड लाइफ बढो कष्टकर तरिकाले गुज्रिँदा पनि न त सरकारले नै वास्ता गरको पाइन्छ न त समाजले नै केही सहयोग दिएको पाइन्छ ।’ उनी कलाकारितामा लामो समय योगदान पु¥याएका अग्रज कलाकारको जीवनको उत्तरार्ध कठिन तरिकाले गुज्रिएकोप्रति संकेत गर्छन् ।

राष्ट्रले त कलाकारको सम्मान गरेन नै तर कलाकारका हितका लागि खुलेका विभिन्न संघसंस्थाले समेत कलाकारलाई सहयोग नगरेको तीतो अनुभव उनी सुनाउँछन् । यस्ता संस्थामा पनि बढ्दो कुर्सीमोह देखिन्छ तसर्थ कलाकारको पीडा बुझ्ने फुर्सद नभएको उनको भनाइ छ । साँच्चिकै कलाकारको मर्म बुझ्ने संस्था बन्नुपर्ने धारणा उनको छ । कलाक्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा कुर्सीमोहको विकृतिका कारण एक्काइसौं शताब्दीमा पनि अन्य मुलुकसरह नेपालको प्रगति नभएको उनको विचार छ । राष्ट्रले कलाकारको रिटायर्ड लाइफलाई सहज बनाउन कार्यक्रम ल्याउनुपर्ने तथा कलाकारहरू एक भएर पेसागत हित र भविष्य सुनिश्चित पार्न अघि बढ्नुपर्ने आवश्कता उनले औँल्याए ।

उनी प्रश्न गर्छन्, ‘जीवनभर कलाकारितामा बिताई देश र समाजलाई सुसूचित गर्ने कलाकारको रिटायर्ड लाइफ सधैँ अभावै अभावमा बित्नु कहाँसम्म न्याय संगत हो ?’ स्विमिङ पुलमा हाम फाल्नुअघि पौडिन सिक्नु आवश्यक भएझंै कलाकारितामा पाइला चाल्नु अघि कलाकारितासम्बन्धी पनि आवश्यक जानकारी लिनु कलाकार र कलाकारिता दुबैको लागि हितकर हुने उनी बताउँछन् । दुई दशक लामो कलाकारिता यात्रा पारगर्दा पनि आफूलाई उनी सिकारु नै ठान्छन् । समयआए पछि आफ्नो अनुभवलाई चलचित्रमा उतार्न निर्देशन क्षेत्रमा लाग्ने उनको लक्ष्य छ ।

प्रस्तुति : शुकदेव थपलिया

प्रतिक्रिया