लोकतान्त्रिक विधि बटमलाइन

surya_dhakalयुवा संघ नेपालभित्रको खास विवाद के हो ?
बुटवल महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका महेश बस्नेतले उद्योगमन्त्री भइसकेपछि अध्यक्ष पदबाट राजीनामा दिनुभयो । त्यसपछि संघको स्थायी कमिटी बैठकमा अध्यक्ष को बन्ने र कसरी बनाउने भन्नेमा विवाद भयो । विवादकै माझमा उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाइयो । रिक्त पदहरूमा पनि मनोनित गरियो । केही साथीहरू यसरी अध्यक्ष बनाउँदा संगठनलाई अस्थिर बनाउँछ भन्दै असहमति जनाएर नोट अफ डिसेन्टसमेत लेखर सहमतिबाट बाहिरिनुभयो । हो निरु पाललाई अध्यक्ष बनाउने विषयमा कुरा नमिल्दा अहिले युवा संघभित्रको विवाद देखिएको हो ।

८ महिनासम्म विवाद नमिलाउँदा संगठनको गरिमामा आँच आउँदैन ?
एउटा गतिशील संगठनमा बहस असहमति अन्तरविरोध हुनुलाई म त्यति अस्वाभाविक ठान्दिनँ । ०४७ सालमा स्थापना भएको यो संगठनले विभिन्न आरोहअवरोह पार गर्दै चुनौतिहरूको सामना गर्दै आजको यो ठाउँसम्म आइपुगेको छ । यसको गरिमा, लक्ष्य, उद्देश्यलाई कायम गर्दै युवा आन्दोलनका साथै सामाजिक आर्थिक र सांस्कृतिक परिर्वतनको आन्दोलनको विषमा हामी सचेत छौँ । आँच त आएको छ तर गतिशीलतामा आप्mनो उपस्थिति खोजिरहेका छौँ ।

असन्तुष्ट पक्षले राखेको कुरा ठीक हो वा बेठीक ?
उपाध्यक्ष दिलु पन्तलगायतको एक समूहले निरु पाल अध्यक्ष भइसकेपछि असन्तुष्टि जनाउँदै आउनुभएको छ । उहाँहरूले उठाएको कुरा विधि विधान र पद्धतिको कुरा हो । संगठन विधि विधानभित्र रहेरै सञ्चालन गर्नुपर्छ भन्ने कुरा ठीक हो । र, हाम्रो स्थायी कमिटीलाई राजनीतिक र सांगठनिक निर्णय गर्ने अधिकार दिएको छ । त्यसैले त्यो निर्णयलाई मानेर अगाडि जानुपर्दछ ।

केन्द्रीय कमिटीले गर्ने निर्णय स्थायी कमिटीले गर्न मिल्छ र ?
निर्णयको पक्षमा पैरवी गर्ने व्यक्तिगत रूपमा म पनि छैन । स्थायी कमिटीबाट नभएर राष्ट्रिय युवा परिषद् त्यो नभए केन्द्रीय कमिटी बैठकबाट गरेको भए सबैको अपनत्व हुन्थ्यो । त्यसो गरिएको भए विवादै आउने थिएन ।

अब विवाद कसरी मिल्छ त ?
हामीले सातौँ राष्ट्रिय महाधिवेशनबाट लोकतान्त्रिक विधिलाई आत्मसात गरेका छौँ । केन्द्रीय कमिटीको बैठक बसाली सर्वसम्मत वा लोकतान्त्रिक विधिबाट विवाद मिलाउन सकिन्छ । हामी १ सय ८१ केन्द्रीय सदस्य छौँ । को अध्यक्ष बन्ने नबन्ने केन्द्रीय कमिटीको बैठकमा छलफलको विषय बनाउँछौँ । बहुमत ल्याउने अध्यक्ष बन्दछ । यो नै उत्तम उपाय हो । अर्को विधिबाट विवाद समाधान ग¥यो भने परिमाण आउन सक्दैन ।

यसमा असन्तुष्टि पक्षमा पनि सहमति राख्छन् त ?
यो भनेको उत्तम उपाय हो । यसलाई मान्नुहन्छ भन्नेमा म विश्वस्त छु । यस्तो प्रक्रियामा सहभागी नहुने भनेका विवाद चाहिरहने तत्व हुन् । लोकतान्त्रिक विधि भनेको बहुमतको कदर गर्ने हो । यो नै अहिलेको संघको विवाद मिलाउने उपाय हो । उहाँहरू यसमा पनि नमान्ने हो भने विवादका लागि विवाद गरिरहनु जस्तो मात्र हो । विवादले संघ कमजोर हुन्छ ।

विवाद मिलाउन कस्तो पहल भएको छ ?
छ । कहिले भूकम्प, कहिले आन्दोलन, हडताल, बन्दजस्ता कार्यक्रमहरूले गर्दा ढिलाइ भइरहेको छ । धेरै विषयमा आन्तरिक सहमति भइसकेको छ । मात्र माघ २१ निर्णयलाई कसरी सम्बोधन गर्ने एक विषय मात्र बाँकीरहेको छ ।

के प्रयास गर्नुभएको छ त ?
लोकतान्त्रिक विधिबाट विवाद मिलाउने प्रयास जारी छ । अहिले छलफललाई एकपक्षीय बहुपक्षीय संवादको निरन्तर गरिरहेका छौ । वैशाख १२ गते भूकम्प नआएको भए १५ गते संघको विवाद मिलिसक्थ्यो । भूकम्पको कारणले २÷४ महिना विवाद मिलाउन ढिलो भयो । हामीले यही विवाद मिलाउने भदौ ११ र १२ गते केन्द्रीय कमिटीको बैठक डाकेका थियौँ । तर, अहिले देशको परिस्थितिले बैठक हामीले १ महिना ढिलो सारेका छौँ ।

त्यही बैठकबाट संघको विवाद मिल्छ त ?
हो, असोज १५ र १६ गते बस्ने केन्द्रीय बैठकले संघभित्रको विवाद मिलाउनेछ ।

विवाद मिलाउ“दा दुवै पक्षलाई सन्तुष्टि बनाउन सक्नुहुन्छ त ?
दुवैलाई मिलाएर लैजान म सक्दछु । म ०४५ सालदेखि पार्टीको जनवर्गीय संगठनमा निरन्तर काम गर्दै आइरहेको छु । अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय सदस्य हुँदै अहिले युवासंघको उपाध्यक्ष पदमा निर्वाचित भइआएको छु । करिब मसँग पार्टीको जनवर्गीय संगठनमा काम गरेको २५ वर्षको लामो इतिहास रहेको छ । त्यो २६ वर्षमा जनवर्गीय संगठनमा रहेर काम गरेको समृद्धि अनुभव म सँग छ । संगठन सञ्चालन विधि प्रक्रिया मैले राम्रोसँग बुझेको छु । सैद्धान्तिक र वैचारिक जगबाट समस्या समाधान गर्न पहल गर्दा सबैलाई समेटेर लैजाने म मा विश्वास छ ।

आजसम्म किन लोकतान्त्रिक विधि अवलम्वन नगरेको त ?
पहिलो संविधानसभाको निर्वानमा एनेकपा माओवादीले अनपेक्षित मत ल्याएपछि प्रचण्डले अब यो मुलुकमा माओवादीले ३० वर्ष शासन गर्नेछ भनेका थिए तर ९ महिना पनि सरकार चलाउन सकेन त्यस्तै अहंकार दम्भ अरूको अस्तित्व नस्वीकार्ने प्रवृत्तिका कारण अवलम्वन गर्न नसकिएको हो । अर्को मूल ढोकाबाट नभएर झ्यालबाट पस्न खोज्दा केही समस्या देखिएको पनि हो ।

निरु पाललाई राजीनामा दिन चर्को दबाब परेको छ भनिन्छ नि ?
कमरेड निरु पाल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य र युवा फाँट सहइन्चार्ज भएको कारण र पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेट भनेको नेतृत्व हस्तान्तरणको प्रश्नसमेत भएको हुँदा छोडेर नयाँ साथीहरूलाई जिम्मा दिँदा रामो हुन्छ भन्ने हो । तर, उहाँले सम्मेलनसम्म रहन्छु भन्नुभयो भने धेरैको असहमति हुँदैन ।

यो विवादमा लुकेको नियति के होला ?
पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनवाट अध्यक्षमा केपी ओली निर्वाचित हुनुभयो । केपीले पार्टी चलाउन सक्दैन भनेर हल्ला गरिरहेको समयमा स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सदस्यहरूको सर्वसम्मत कार्यविभाजन र संविधान निमार्ण गर्ने विषयमा केपीले खेलेको भूमिकाको कारण पार्टी अध्यक्षको बढ्दो प्रभावलाई कम गर्ने र पार्टी अध्यक्षको पालामा पनि पार्टीभित्र विवाद छ भन्ने देखाउन । ओली अध्यक्ष भएपछि एमालेको लोकप्रियता बढेको छ । पार्टीका नेता कार्यकताको मनोवल उच्च भएको छ । हरेक विषयवस्तुको बुझाइमा एकरूपता देखिएको छ पुष्पलाल, मदन भण्डारी मनमोहन अधिकारी जस्तै उचाइ नलियोस् भनेर पनि होला संघको विवाद मिलाउन नचाहेको ।

विवाद मिलाएर तपार्इं नेता बन्न थाल्नुभएको भन्ने आरोप छ नि त ?
सिद्धान्तमा प्रष्ट भएन भने मान्छे या संस्था दिशाहीन हुन्छ । प्रष्ट विचारको जगमा तयार नगरिएको कार्यक्रममा योजना सफल दिशातिर पु¥याउन सकिन्न भन्ने कुरा म प्रष्ट छु । असन्तुष्टि र असन्तुष्टिलाई समातेर अगाडि बढ्दा हालत के हुन्छ भन्ने कुरा एमाओवादी इतिहास पढ्दा प्रष्ट हुन्छ । त्यसैले म आफ्नो लक्ष्य योजनासहित युवा संघलाई एक ढिक्का बनाउन थालेको हुँ ।

उसो भए विवाद मिलाएर संघको नेता बन्न तयार हुनुहुन्छ ?
संघको केन्द्रीय अध्यक्ष बन्ने कुरा महत्वपूर्ण कुरा हो । चाहनाले मात्र प्राप्त गर्ने कुरा होइन । इच्छा र आवश्यकताको बीचमा तारतम्य पनि मिलाउनु पर्दछ । केन्द्रीय अध्यक्ष बन्ने कुरा पार्टीको पनि रुचिको विषय बन्नुहँुदा सजिलै प्राप्त हुने पदचाहिँ होइन । तर, मलाई के विश्वास छ भने अहिलको आवश्यकतालाई बोक्न सक्ने र दुवै पक्षलाई मिलाएर लैजान सक्ने त्यो सांगठनिक कुशलता ममा भएको हुँदा त्यो जिम्मेवारी लिनेबाट मपछि हट्नेछु जस्तो लाग्दैन ।

प्रतिक्रिया