हङकङमा राईको ‘चुलाघर’

HK_JPकाठमाडौं, २१ भदौ । हङकङमा बसोवास गर्दै आएका किरात राई समुदायले आफ्नो भाषा, धर्म तथा संस्कार–संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि सामूहिक प्रयासस्वरूप ‘चुलाघर’ स्थापना गर्न लागेका छन् ।

याउमा तेइस्थित नेपाल फाइनान्सको कार्यालयमा हालै बसेको चुलाघर खरिद तथा व्यवस्थापन विभागको बैठकले स्थानीय कि लुङ चुङ भन्ने ठाउँमा २.४ मिलियन हङकङ डलरमा सामूहिक चुलाघर खरिद गर्ने निर्णय गरेको हो । पटक–पटकको प्रयासपछि यसले मूर्तरूप लिएको जनाइएको छ । विभागका मूल संयोजक हेजेन राईको अध्यक्षतामा भएको बैठकमा किरात राई यायोक्खा हङकङका अध्यक्ष शशिमदन राई प्रमुख अतिथि थिए । चुलाघरका लागि घरजग्गा खोजी तथा परामर्श समितिका संयोजक रजिन राईले कि लुङ चुङको रमणीय स्थानमा रहेको दुईतले आधुनिक घरलाई खरिदको प्रस्ताव गरेका थिए । यस विषयका परियोजनाकार शशिमदनले स्थलगत रिपोर्ट प्रस्तुत गरेपछि बैठकमा सहभागीले सोही घर किन्ने भनी समर्थन जनाएका थिए ।

किराया सल्लाहकार तथा महिला विभाग प्रमुख बसन्तकुमारी राई, उपसंयोजक तथा संगठन विस्तार प्रमुख धिराजकुमार राई, महासचिव हरिचन्द्र राई, सचिव विमल राईलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए । सांस्कृतिक चेतनाका साथै जिम्मेवारी र प्रतिबद्धतासँगै खुसी देखिएका उनीहरूले नेपालबाट पनि सहयोगका लागि आह्वान गरेका थिए । घर खरिदका निम्ति बैना गर्न हेजेन, रजिन, शशिमदन र धिराजकुमारलाई जिम्मेवारी तोकिएको थियो ।

प्रतिक्रिया