सडकबाट सपना बाँड्नेहरु

उनीहरू आफूलाई ज्योतिष विज्ञानका ज्ञाता बताउँछन्, सामान्यदेखि लखपतिसम्मले हात देखाउछन् रे उनीहरूलाई– कोही विश्वासका साथ त कोही खाली समयको सदुपयोगका लागि मात्रै पनि

sadak_jyotishiकाठमाडौंको नयाँ रोड, वीर अस्पताल वरपरको सडक आपैmँमा व्यस्त र सधैँ भिडभाड भइरहने स्थान हो । यसकै फाइदा उठाउँदै आपूmलाई भविष्यबेत्ता भनेर चिनाउनेहरूको मेलै लागेको देखिन्छ । यस्ता सडक ज्योतिषीको भविष्यवाणी कति मिल्छ या मिल्दैन, त्यो फरक पाटो हो तर त्यस क्षेत्रमा पुग्ने जो कसैले यस्ता दृश्य देखेकै हुनुपर्छ । यसै क्षेत्रमा अरूको हात हेर्ने पेसा चलाउँदै आएकी छन्– हरिमाया भुर्तेल ।

वीर अस्पतालको अगाडि, महाँकाल मन्दिर आसपास र रत्नपार्कको पिपल बोटछेउतिर पानी पर्दाको झरी होस् वा जाडो गर्मीको समय नै किन नहोस् दिनको टन्टलापुर घाममा बाटोको वरपर यस्ता धेरै व्यक्ति भेटिन्छन् । उनीहरू यहाँ मानिसको ग्रह, दसाको साथै हस्तरेखाको आधारमा मानिसको भूत, वर्तमान र भविष्य बताइन्छ भनेर निधारमा रातो टीका लगाई साथमा हात हेराउँदा आवश्यक पर्ने सामानहरू लिएर बसिरहेका हुन्छन् । उनीहरूका अगाडि हात तेस्र्याउँदै बस्ने जमातको पनि कमी हुँदैन ।

उनीहरू आफूलाई ज्योतिष विज्ञानका ज्ञाता बताउँछन् । लामो समयदेखि सोही स्थानमा दिनहुँ मानिसको हात हेरेरै उनीहरूको दिनचर्या बित्ने गरेको छ । बाटो हिँड्ने बटुवादेखि लिएर रत्नपार्क घुम्न आउनेसम्म उनीहरूसित हात देखाउन भ्याउँछन् । सामान्यदेखि लखपतिसम्मले आफूहरूलाई हात देखाउने उनीहरू बताउँछन् । कोही विश्वासका साथ हात हेराइरहेका हुन्छन् भने कतिपय समयको सदुपयोग गरिरहेका हुन्छन् ।

त्यसै स्थानमा भेटिन्छिन्– नगरकोटकी ४७ वर्षीय हरिमाया भुर्तेल । उनी आफूलाई स्वास्थानीदेवीको शक्ति रहेको र आफूले मानिसको भूत, भविष्य र वर्तमान बताउन सक्ने दाबी गर्छिन् । हरेक बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म उनी रत्नपार्कको पिपलबोटनजिकै भेटिन्छिन् । विगत ६ वर्षदेखि हरि मायाको दैनिकी पनि यही स्थानमा यसरी नै बित्ने गरेको छ । उनी भन्छिन्, ‘मेरो दैनिकी मानिसहरूको हस्तरेखा हेरेरै बित्ने गरेको छ ।’ ४ जना सन्तानकी आमा बताउने हरि माया ज्योतिष शास्त्रअनुसार मानिसहरूको भविष्यवाणी गर्छिन् । यसकै आम्दानीले काठमाडौंको महँगीमा आफ्नो ५ जनाको परिवार चलाउँदै आएको उनी बताउँछिन् । अहिलेसम्म कोही भविष्यवाणी मिलेन भन्न आएको छैन ।

हरेक दिन उनीसँग हात हेराउन युवायुवती, व्यापारी, आर्मी पुलिसका साथै बाटो हिँड्ने बटुवासमेत आउने गरेको उनको भनाइ छ । उनी सबैसँग हात हेरेबापत पैसा लिन्नन् । उनी भन्छिन्, ‘अशक्तहरूलाई भने म निःशुल्क रुपमा हात हेरिदिन्छु ।’ प्रायः मानिसले उनलाई हेराएबापत २० देखि एक सय ५० सम्म दिने गरेका छन् । उनले कसैलाई पनि यति नै दिनुपर्छ भनेर तोक्ने गरेकी छैनन् । उनी भन्छिन्, म आपूmभित्र भएको दैवीशक्तिका आधारमा मानिसको सेवा गरिरहेकी छु ।’ यसै कारण उनले कसैलाई पनि झुटो व्यवाहार नगर्ने तर समयसमयमा अनावश्यक रुपमा मानिसले दुःख दिने गरेको उनको नमीठो अनुभव पनि छ । आपूmसित एकपटक सेवा लिइसकेपछि पनि पटकपटक मानिसहरू आउने उनी बताउँछिन् । कतिपय त आप्mनो घरमै पनि भेट्न र हात हेराउन आउने गरेको उनले बताइन्् ।

उनले यसरी मानिसहरूको भविष्यवाणी गरेर वा हात हेरेर दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म कमाउने गरेकी छिन् । ‘पैसाभन्दा पनि मानिसलाई आफ्नो विद्यामार्फत सेवा गर्न पाउँदा मलाई खुसी लागेको छ,’ उनले गम्कँदै भनिन्, ‘यस्तो शक्ति जो पायो त्यसलाई आउँदैन । घरमै बसेर काम गर्नुभन्दा आफ्नो विद्याको आधारमा सबैको सेवा गर्नु मैले उचित ठानेँ । यसले मानव कल्याण हुने सोचेर अरुको हितका लागि चौबाटो कुरेकी हुँ ।’

हरि मायाजस्ता अनेक मानिसको जमघट त्यहाँ हुन्छ । हात हेर्ने र हेराउने प्रतिस्पर्धा नै चल्छ । त्यहाँ हात हेराउने मानिसहरूको भीड नै लाग्छ । दिनहुँ हात हेराउन आउने मानिसहरूको भिडमा अनेक समस्या पनि पर्ने गरेको उनको अनुभव छ । धेरै मानिसहरू यसरी नै हात हेर्न बसेका हुँदा प्रतिस्पर्धा चल्छ । यस्तै प्रसंग सम्झँदै उनी भन्छिन्, ‘आफू महिला भएका कारण बेलाबेलामा आफूलाई धेरै समस्या पर्ने गरेको छ ।’

प्रतिक्रिया