‘सात जुनीको दुःख भोगिरहे छु’

garment copyकाठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा एउटा साँघुरो कोठा जहाँ बिहान झुल्किएदेखि बेलुका नअस्ताएसम्म घाम लागिरहन्छ । डेराभित्रको खाली भुइँ अति नै चिसो छ, जाडो महिनामा ओस पसेजस्तो । त्यहाँ सधैँ त्यस्तै हुँदो रहेछ । एउटा सानो पलङ, एउटा किचेन ¥याक अनि गलैँचाको तान र एउटा दराज राख्दा अति नै सकस जस्तो देखिने त्यो कोठामा तीनजनाको परिवार दुःखसुख अटाएको छ ।

काठमाडौंको ठाउँमा मीठोमसिनो जे भए पनि खाएकै छन्, महँगा नभए पनि कपडा लगाएकै छन्, झट्ट देख्नेहरूले पनि भन्लान् कि त्यो परिवार साँच्चै ईश्वरको वरदानजस्तो देखिन्छ । तर, त्यो परिवारको आन्तरिक पीडा र व्यथाको कथा सुन्दा आँखा नरसाउने व्यक्ति कमै होलान्, सपना जस्तो र कहाली लाग्दो छ उनको व्यथा । सम्झिँदा लाग्छ, एकादेशको कथा जस्तो तर मान्छेले जिउनका लागि अन्तिम समयसम्म पनि प्रयास गरिरहन्छ भन्ने कुराको ज्वलन्त नमुना हुन् सानु रुम्बा । उनी एकल महिला हुन् ।

यो व्यथा हो, पर्सा जिल्ला, वीरगञ्जकी ३० वर्षकी सानु रुम्बाको । बिहान ९ बजे सानु रुम्बाको डेरामा पुग्दा उनी छोरालार्ई विद्यालय पठाउन आग्रह गरिरहेकी थिइन् । १४ वर्षका उनका छोरा भन्दै थिए, ‘म विद्यालय जान्नँ, मलार्ई काम खोजिदिनू, म काम गर्न जान्छु ।’ जसोतसो आमाको आग्रह मानेर छोरा विद्यालय विद्यालय गएपछि आमाको गथासो सुरु भयो । उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘जहिल्यै यस्तै गर्छ, विद्यालय जाने बेलामा । मैले घरमै गलैँचाको तान राखेको देखेपछि त उसको मन नै भाँडिएको छ ।’ उनी थप्छिन्, ‘काम गर्न जान्छु विद्यालय जान्नँ, पढेर को ठूलो भएको छ र पढ्नका लागि तीन चिज चाहिन्छ– सम्पत्ति, खुसी अनि बुबाआमा । हामीसँग कुनै पनि कुरा छैनन् भनेर उल्टै मलार्ई सम्झाउँछ छोराले ।’

नयाँबस्तीमा सानो डेरा लिएर बस्न थालेको निकै वर्ष भइसक्यो । काठमाडौंको ठाउँमा दुईजना छोरा र आफू गरी तीनजनाको परिवार पाल्नका लागि सानुलार्ई निकै हम्मेहम्मे परेको छ ।

उनले परिवार धान्न आफ्नै कोठामा गलैँचाको तान लगाएकी छिन् । यसै कारण त आमाकोे दुःखमा साथ दिन छोराले चाहेका होलान् । आमाको सास्ती अनूभूत गर्ने १४ वर्षीय छोरा सञ्जीवले पढाइलाई भन्दा कामलाई प्राथमिकता दिनुलाई अन्यथा पनि लिन मिल्दैन ।

आफ्नै कोठामा राखिएको तानमा गलैँचा बुन्नुका अतिरिक्त तीनवटा घरमा कपडा धुने काम गर्दै आएकी छन् सानु । उनलाई एउटा लगैँचा सक्न एक महिनामा लाग्छ । त्यसबापत तीन हजार हात पार्छिन् भने तीनवटा घरमा काम गरेर तीन हजार आठ सय रुपैयाँ कमाउँछिन् । यही आम्दानी नै उनको परिवारको जीवन धान्ने सहारा बनेको छ ।

सानुले थाहा पाएदेखि आजसम्म सुखको सास फेर्न कहाँ पाइन् र ! उनी भन्छिन्, ‘११ वर्षको उमेरमा बुबाआमा दुवैजनाको मृत्यु भयो, आमाको सुत्केरी अवस्थामा धेरै रक्तश्राव भएकाले गर्दा उपचार गर्न नपाई मृत्यु भयो । आमाको मृत्यु हुँदा कान्छो भाइ १३ दिनको थियो । माइती घरमा पनि बिहान खाए बेलुका के खाने ? बेलुका छाक ट¥यो भने भोलि के गर्ने जस्तो स्थितिबाट हामी सधैँ दैनिकी धानिरहेका थियौँ । साहुको घरबाट मकै उधारो ल्याएर खायौँ तर पैसा तिर्न नसकेपछि मलार्ई गाउँकै एकजना काका पर्नेेले काठमाडौं जान्छेस्, त्यहाँ मीठो खान र राम्रो लगाउन पाइन्छ भन्ने कुरा गरेपछि म सात वर्षको उमेरमा काठमाडौं आएँ ।

काका पर्नेले मलार्ई जोरपाटीको गलैँचा कारखानामा राखिदिए । तन्किएर गलैँचाको तानसम्म पुग्ने भएपछि उठेर गलैँचा बुन्थेँ, गलैँचा बुन्न र एक सय ५० जनाले खाएको भाडा माँझ्न लगाउँथे, खाना खान दिँदैनथे । सात वर्षको उमेर कसले काम गर्न सक्थ्यो र सकी नसकी भाँडा माँभ्mथेँ, भोक लग्थ्यो, अरूले खाएको टुलु–टुलु हेर्थें तर मलार्ई दिँदैनथे ।

अरूले खाएर छाडेको खाना भाँडा माँझ्दा जम्मा पारेर पखालेर खान्थेँ । त्यो पनि साहुको आँखा छलेर । काम गर्न नसकेपछि साहुले गाली गर्थे । के गर्नु ? घरको अवस्था सम्झँदा झनै गाह्रो हुन्थ्यो । एक वर्षसम्म मैले अरूले खाएर छोडेको जुठो खाना खाएँ । एक वर्षसम्म काठमाडौं आएर चप्पल पनि लगाइनँ । किन्ने पैसा थिएन । मलार्ई एक महिनामा ५० रुपैयाँ तलब दिन्थे । झन्डै तीन वर्षसम्म मैले त्यहीँ गलँैचा कारखानामा काम गरेँ । एक वर्षको पाँच सय तलब साहुले दिएपछि एक जोर चप्पल र घाँगर किनेँ अनि त्यही पैसाले म घर गएँ । घर गएको केही दिनमा आमाले यो संसार छोड्नुभयो ।’

सानु आफ्नी आमालार्ई सम्झिँदै भन्छिन्, ‘मैले मेरी आमाको सपना पूरा गर्न सकिनँ । उहाँलार्ई राम्रो लगाउन र मीठो खान दिने रहर पूरा नहँुदै आमाको मृत्यु भयो । आमाको मृत्युपछि बुबाको मानसिक सन्तुलन ठीक भएन । आमाको मृत्यु भएको केही महिनापछि बुबाको पनि मृत्यु भयो ।’

सानुलार्ई तीन भाइ र एक बहिनीसमेत पाँचजनाको परिवार पाल्ने जिम्मा समाजले लगाइदियो । सानुलार्ई १३ दिनको भाइदेखि सबै परिवार धान्ने जिम्मेवारी आइप¥यो । जब कि उनी आफैँ ११ वर्षकी थिइन् । जसोतसो अविभावक गुमाएका ती बालबालिकाले दुई वर्ष बिताए । खानलगाउन समस्या र हेरचार गर्न कोही नभएपछि भाइबहिनी पनि पाल्ने सर्तमा उनलार्ई समाजका व्यक्तिले वीरगञ्जकै २४ वर्षको एक युवकसँग बिहे गरिदिए । सानु त्यतिखेर १४ वर्षकी थिइन् ।

बिहेपछि समस्या हट्छ होला, केही सहज होला भन्ने आशका साथ १४ वर्षको कलिलै उमेरमा भाइबहिनीको भविष्य सुधार्ने मनसायका साथ उनले आफूभन्दा १० वर्ष जेठो युवकसँग बिहे गरिन् तर त्यो आश र त्यो खुसी धेरै दिन टिक्न सकेन । पीडामा साथ दिनेभन्दा झन् पीडा थप्ने मान्छे प्रशस्तै भेटिँदा रहेछन् । भाइबहिनी पाल्र्ने कुरा सानुको श्रीमान्को परिवारले रुचाएन । तत्काल उनले अरू भाइबहिनीलार्ई होटलमा काम गर्न राखिन् र सबैभन्दा कान्छो भाइलार्ई आफूसँगै राख्ने निणर्य गरिन् । जिन्दगी यसै चल्दै गयो ।

केही समयपछि उनको परिवारले दाइजो नल्याएको भन्दै विभिन्न बहाना गरेर सानुलार्ई बिहे गरेको १५ दिन बित्न नपाउँदै उनलार्ई परिवारले छुट्याइदिए । छुटिएपछि उनका श्रीमान् भारत लागे । श्रीमान् गएपछि झनै परिवारले हेप्न थालेपछि उनी वीरगञ्जबाट फेरि काठमाडौं फर्किन् । त्यतिबेला उनको साथमा सानो भाइ र दुई छोरा भइसकेका थिए ।

काठमाडौंमा उनले ज्यामी काम गरिन् । भोकभोकै चारजनाको परिवार पालिरहिन् । श्रीमान् पनि भारतबाट फर्केपछि एक लाख २० हजार रुपैयाँ ऋण गरेर सानुले आफ्नो श्रीमान्लार्ई मलेसिया पठाइन् । नेपालमा जति गरे पनि नहुने विदेशमा गएर पैसा कमाउने, राम्रो लगाउने, परिवार बस्ने अनि छोराहरूलार्ई पनि पढाउने भन्दै श्रीमान्लार्ई विदेश पठाइन् । एउटा सपना सजाएकी थिइन् उनले ।

दुःखीको जिन्दगीमा झन् दुःख हुन्छ भने जस्तै विदेश गएको १० महिना बित्न नपाउँदै उनका श्रीमान्को मृत्यु भयो । परिवारको आर्थिक स्थिति नाजुक भएपछि जिन्दगी जिउनका लागि जस्तो काम पनि गर्नै पर्ने रहेछ । उनी भन्छिन्, ‘मैले के काम गरिनँ, कैयौँ दिन भोकभोकै बसेँ । सानै उमेरमा बाबुआमा गुमाएँ, भाइबहिनी पालेँ, परिवारको साथ नपाए पनि श्रीमान्को साथ पाएकी थिएँ तर त्यो पनि दैवले जुराएन ।’

उनी रुँदै भन्छिन्, ‘भगवान् पनि कति निर्दयी हुँदो रै’छ, दुःखीको जिन्दगीमा कहिल्यै घाम लाग्न नदिने ।’ श्रीमान्को मृत्युपछि जिन्दगी मरितुल्य भए अर्काको देशमा के कारणले श्रीमान्को मृत्यु भयो भन्ने सबै जानकारी उनलार्ई अहिलेसम्म पनि पाएकी छैनन् ।

उनी थप्छिन्, ‘श्रीमान्को मृत्युको वियोगमा थिएँ । विदेश गएपछि केही मात्रामा भए पनि आर्थिक भार कम होला भन्ने आशमा थिएँ । तर, संसारमै मान्छे नहुँदा म आफैँले आफैँलार्ई सम्हाल्न नसकेको अवस्था थियो । यस्तो समयमा साथ दिनुपर्ने अरु परिवारले मलार्ई फेरि पीडा दियो । विदेश जानुअघि श्रीमान्ले जीवन बिमा गर्नुभएको थियो । त्यसमा हकदारमा मेरो नाम राख्नुभएको थियो, अब मरेपछि त्यो बिमाको पैसा आउँछ र मैले पैसा लिन्छु भनेर मेरो जेठाजु जेठानीले श्रीमान्को मृत्युको कुरा पुष्टि नहुँदै कोठैमा आएर धेरैचोटि थर्काए । त्यो पैसा खालिस हामीलार्ई दे भन्दै पटकपटक कोठामा आएर पिट्न खोजे । श्रीमान्को मृत्युको कुरा पुष्टि भएपछि बिमा कम्पनीले चार लाख ७५ हजार दिएको थियो । जिन्दगीमा म जति दुखी कोही छैन होला म भन्छु । दुई जना छोराको भविष्य मेरो हातमा छ, त्यसैले हिजो सात वर्षकी हुँदा जे काम गरेकी थिएँ, आज पनि त्यही काम गरिरहेकी छु । सरकारको तर्फबाट मासिक पाँच सय भत्ता पाउने गरेकी छु । जिन्दगीमा धेरै दुःख पाएँ, यस्तो लाग्छ सात जुनीको दुख एकै जुनीमा पाएकी छु ।’

यति हुँदा पनि आत्मविश्वास र हिम्मत गुमाएकी छैनन् उनले । जीवन भन्नु नै दुःखसँग सम्झौता गर्नु रहेछ भन्ने उनको बुझाइ छ ।

प्रतिक्रिया