काठमाडौं । तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामाङले सुनीता तामाङसँगको दुईवर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । २६ वर्षअघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङले नुवाकोटकी २१ वर्षे स्वास्थ्यकर्मी सुनीतालाई आफ्नो अर्धाङ्गिनीको रूपमा बुधबार घर भित्र्याएका हुन् ।
माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा तेक्वान्दो कर्मीको उपस्थिति थियो । रोहित लन्डन ओपन तेक्वान्दो प्रतियोगिताको कास्य पदक विजेतासमेत हुन् । (सौस)
प्रतिक्रिया