कुवेतविरुद्ध नेपालको जित

u-19_cricketकाठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसि प्रिमीयर लिग क्रिकेटमा नेपालले मंगलबार कुवेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ । जितसँगै नेपाल यू–१९ एसिया कपको लागि छनोट भएको छ ।

मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामू निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ््याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १ सय ६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।

U-19-Cricket_logoयसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराव शुरुवात गर्दै ओपनरद्वय सुनिल धमला (११) र आषिश धमलालाई (४) रनमा गुमायो । नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका ९१ बलको समाना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ८५ रनको योगदान दिए । त्यस्तै सौरभ खनालले (७३), प्रेम तामाङले (२३) र र कप्तान राजू रिजालले (१५) रन जोडे । सौरभले आर्स वर्कत अलिको बलमा आउट हुनु अघि १ सय १५ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

कुवेतको बलिङतर्फ ६ ओभर बलिङ गरेका मोहम्मद फौजिले ३४ रन खर्चने क्रममा १ मेडन राख्दै सर्वाधिक ३ विकेट लिए । त्यस्तै शाहरूख क्युडिसले २ र अब्दुल तुफिल तथा अर्स वर्कत अलीले समान एक–एक विकेट हात पारे । ब्याटिङतर्फ कुवेतका मोहम्मद मिजान अलिले अविजित ८५ रनको योगदान दिए । उनले १ सय १२ बल खेल्दै ६ चौका र तिन छक्का प्रहार गरे । अन्यमा मुस्ताक अहमदले २२,एलन थोमस र विलास ताहिरले समान १३–१३ रन जोड्दा नोमन बूद्रोले १२ रन जोडे ।

नेपालको बलिङतर्फ सुसिल कडेल र प्रेम तामाङले समान २–२ विकेट लिए । त्यस्तै दिपेन्द्र ऐरी र आरिफ शेखले एक–एक विकेट हात पारे । ६ टोली सहभागी प्रतियोगितामा चार खेलबाट शतप्रतिशत नतिजाका साथ अफगानिस्तान शीर्ष स्थानमा रहँदा रन रेटमा मलेसियालाई पछाडि पार्दै ६ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । समान दुई अंकका कुवेत र युएई क्रमशः चौथो र पाँचौं स्थानमा रहँदा अंकविहीन साउदी अरेबिया पुछारमा छ । शीर्ष तीनमा रहेका टोली एसिया कपका लागि छानिएका छन् । लिगको अन्तिम खेलमा नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ ।

प्रतिक्रिया