१२ वैशाखको भूकम्प र निरन्तरको पराकम्पनका कारण विस्थापितहरू अझै पनि काठमाडौंको चुच्चेपाटीस्थित तारा चौरमा एक हजार दुई सय परिवार पालमा बस्दै आइरहेका छन् । भूकम्पपीडिका लागि सरकारी तथा गैरसरकारी निकायले गरेको सहयोग निष्पक्ष ढंगबाट वितरण गर्ने उद्देश्यका साथ वैशाख २७ गते चुच्चेपाटी महाभूकम्पपीडित समिति श्याम परियारको अध्यक्षतामा गठन गरियो ।
समिति गठनपछि भूकम्पले पु¥याएको पीडा त छँदै छ हामी पीडितको नाममा आएको राहत तथा सहयोग समितिले पीडितको पक्षमा रहेर वितरण गर्ला भन्ने आशमा पीडित थिए । तर, विडम्बना पीडितको आस र अपेक्षाअनुसार समितिले काम गर्न नसकेको पीडित बताउँछन् । पीडितको नाममा आएको राहत समितिकै मान्छेले आफन्तलाई बाँडेको पीडितले गुनासो गरेका छन् । भूकम्पपीडितका लागि आएको राहत केही पीडितलाई दिने गरेको र केही पीडितलाई छैन भन्दै थर्काउने गरेको पनि पीडित महिलको गुनासो छ । उल्टै हामीसँग त्रिपाल चाहिने दुई सय रूपैयाँले नत्र पाउँदैन भन्दै समितिको मान्छेले थर्काए, कति थर्काएकै भरमा पैसा दिए कति दिएका छैनन् ।
पीडितको नाममा राहत लिने र पीडितले नपाउने गरेको गुनासो उनीहरूको छ । चौरमा बस्ने भूकम्पपीडितभन्दा धेरै बढाएर तथ्यांक देखाउने गरेको, गैरभूकम्प पीडितलाई पीडितको परिचयपत्र वितरण गरेको अनि आएको राहत गैरपीडित, आफन्त र बाहिरी जिल्लामा पनि पठाउने गरेको पीडितले गुनासो गरेका छन् ।
अहिले त्यस चौरमा ओखलढुंगा, सिन्धुली, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका गरी एक हजार दुई जना परिवार चौरमा बस्दै आइरहेको चुच्चेपाटी प्रहरी चौकीले बताएको छ । पाँच हजार दुई सय ३८ जना बस्दै आइरहेको बताएको जस्मा १५ वर्षमुनिका बालबालिका १२ सय २६ जना, ६० वर्षमाथिका एक सय ८१ जना, अपांग ३७ जना, सुत्केरी महिला ५२ जना र गर्भवती महिला १६ जना रहेको जनाएको छ ।
यस्तै, प्रहरीचौकी र समितिको तथ्यांक फरक छ । तारा चौरमा रहेको जनसख्या समितिले सात हजार एक सय ४४ जना रहेको जनाएको छ । १५ वर्षमुनिका बालबालिका आठ सय ५० जना, ६० वर्षमाथिका वृद्धा, अपांग १२ सय जना, सुत्केरी महिला ४८ जना, गर्भवती महिला ६० जना र अन्य १६ देखि ६० वर्षसम्मका भूकम्पपीडित बस्दै आइरहेका समितिले जनाएको छ ।
समिति गठन गरेको साउन २७ गते तीन महिना पूरा भएको छ तर समितिमा अध्यक्ष भने पाँच जना भइसकेका छन् । त्यहाँ केही फाइदा नभए रहस्य केही नलुकेको नभए किन अध्यक्ष बन्नकै लागि मान्छे यसरी चम्किन्छन् । भूकम्पपीडितको नाममा राजनीति गर्ने थलो बनेको छ । पहिलो अध्यक्ष श्याम परिवार पछि अस्ट गुरुङ, सर्जु राउत र सन्देश राईले अध्यक्षको जिम्मा लिएका थिए । यस्तै, साउन ३१ गतेदेखि फेरि अस्ट गुरुङलाई अध्यक्ष बनाइएको समितिले जनाएको छ ।
कामभन्दा धेरै अध्यक्ष किन फेरियो भनेर सोध्दा अहिलेका अध्यक्ष अस्ट गुरुङले घुमाउरो पारामा यसो भने, ‘साथीहरूले राम्रोसँग नेतृत्व समाल्न नसकेको र पीडितको नाममा आएको राहात तथा रकममा पारादर्शिता नदेखाएका कारण अध्यक्ष धेरै भएको हो ।’
तारा चौरमा बस्ने धेरैको घर छैन भने अभिभावकले छोराछोरी, छोराछोरीले अभिभावक गुमाएका छन् । त्यहाँ बस्नेमध्ये आधा भूकम्पपीडित काठमाडौं बाहिरका छन् । चौरमा बस्ने धेरैको गुनासो के छ भने भूकम्पपीडितको नाममा गैरपीडितहरूले फाइदा लिने गरेको जनाएको छ । समितिमा विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्थाले गरेको सहयोगबाट पनि पीडितहरूको छलफलबिना नै समिति काम गरी रहेको पीडितहरूको आरोप छ ।
अहिले तारा चौरमा बस्ने भूकम्पपीडितमा आँखा पाक्ने रोग फैैलिएको छ । वर्षाको समय, चौरको बसाई भनेजस्तो बस्ने ठाउँको व्यवस्था नहुँदा बालबालिकामा झाडापखाला र महिला तथा अन्य व्यक्तिमा पनि आँखा पाक्ने रोग फैलिएको छ ।
प्रतिक्रिया