काठमाडौं । एलआरआई कलेजले तेस्रो जेभियर इन्टरनेसनल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यु–१९ पुरुषतर्फको खेलमा एलआरआईले मल्पीलाई ४७–३९ को स्कोरले हरायो । एलआरआईका लागि राज कुँवरले सर्वाधिक १४ स्कोर गरे ।
त्यस्तै, शनिबार नै भएको खेलमा सिसिआरसी र क्याम्पेनले पनि जित निकालेका छन् । सिसिआरसले आइडियललाई ४५–१२ ले हराउँदा अनिस मगरले सर्वाधिक १२ तथा क्याम्पेनले हिमालयनलाई पराजित गर्दा अमनले पनि सवाधिक १२ स्कोर नै गरेका थिए । यु–१९ महिलातर्फको खेलमा साबिक विजेता साइपालले मोर्गनलाई ४७–३१ ले हरायो । साइपालको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेकी साइना मगरले सर्वाधिक २१ स्कोरको योगदान गरेकी थिइन् । (सौस)
प्रतिक्रिया