‘सिध्याए टन्टै खतम’ भन्ने मानसिकता

जसले अर्काको बाँच्ने अधिकारमाथि बारम्बार नियोजित आक्रमण गर्छ, तिनले आप्mनो मानवअधिकार गुमाइसकेका हुन्छन् भने त्यस्ताको मृत्यु उत्सव बन्छ’, विश्वराज न्यौपाने । सामाजिक सञ्जालमा पोस्ट गरिएको यो वाक्य पक्कै पनि मनन् योग्य छ । के साँच्चै यस्ता व्यक्ति मरेमा दुःख मनाउने या खुसी । हामी सामाजिक प्राणी भएका कारण समाजमा हुने हरेक गतिविधिले हामीलाई पछ्याउनु स्वभाविक हो । समाजका राम्रा वा नराम्रा  हरेक गतिविधिले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ ।

त्यसै मध्ये समाजमा भएको गुन्डा प्रवृत्ति हाम्रो समाजको एउटा धब्बाको रूपमा रहेको छ । यस्तो भन्ने थाहा पाउँदापाउँदै पनि अहिलेका युवापुस्ता यस्ता विकृत्तितिर आकर्षित भएको पाइएको छ । समाजमा एउटा धाक, रवाफ हुने र आफू अरूभन्दा ठूलो हुँ भन्ने मानसिकताका कारण यस्ता प्रवृत्ति मौलाउने अवसर पाएको देखिन्छ र यस्ता प्रवृत्तिलाई मलजल दिने काम राजनीतिक  पार्र्टीले गरेको पाइन्छ । कुमार श्रेष्ठ प्रकरणमा पनि प्रत्यक्ष रूपमा त्यही देखिन्छ । यदि, उनलाई समयमै सुध्रने मौका दिएको भए आज उनको मृत्यु हुने थिएन । उनलाई प्रहरीले होइन राजनीतिक पार्टीले हत्या गरेको छ । उनलाई पटकपटक प्रहरीले नसमाएको पनि होइन । ऊ विभिन्न अपराधमा पहिले पनि जेल परिसकेको मान्छे हो । तर, उनलाई राजनीतिक पार्टीको दबाबमा निकालिन्थ्यो । यसरी राजनीतिक साथले उसलाई अपराध घटाउनभन्दा बढाउनलाई नै मलजल पुग्यो ।

मैले जे गरे पनि मलाई राजनीतिक संरक्षण छ भन्ने मानसिकताका कारण नै आज उनले मृत्युवरण गर्नुपरेको छ । मान्छे मार्नु कुनै पनि हालतमा राम्रो कुरा होइन । अझ हाम्रो जस्तो मुलुकमा, जहाँ मृत्युदण्डको कुनै पनि सजाय छैन, जस्तो जघन्य अपराध गरे पनि मृत्युदण्ड नभएको देशमा यदि उसले आफ्नो अपराधमा कुनै स्पष्टीकरण नै दिन नपाई मारिन्छ भने त्योभन्दा ठूलो विडम्बना के हुन सक्छ । आज कुमार घैंटेले त्यही सजाय पाएको छ । यसको लागि प्रहरीलाई दोष दिनुभन्दा उनलाई अपराधी बनाउने नेताले दोष लिनुपर्छ । ghainteउसको सानोतिनो अपराधमा नै उसले सजाय पाएको भए आज उनले मृत्युको सजाय भोग्नुपर्ने स्थिति आउँदैन थियो । अपराध गरेपछि सजाय भोग्नुपर्छ जसले पनि, यदी उसलाई सजाय दिइएन भने ऊ अझ प्रोत्साहित हुन्छ, त्यही भएको छ हाम्रो समाजमा पनि । राजनीतिक हस्तक्षेपले आजित प्रहरी पनि समाएर विभिन्न झमेलामा पस्नुभन्दा बरु ‘सिध्याए टन्टै खतम’ भन्ने मानसिकतामा रहेको पाइन्छ । त्यसैले त अहिले उनीहरू धमाधम सिध्याएने पक्षमा पुगेका छन् । यसो त हाम्रो समाजमा प्रहरीले मान्छे मार्न पाउने लाइसेन्स त पाएकै छ । अपराधीलाई मारेर इन्काउन्टर भनेपछि कुरै सिद्धिन्छ । जिउँदो समात्नभन्दा मार्न सजिलो भएको छ । पुलिसले पर्सनल रिसिबीलाई पनि बर्दीको आडमा मान्छेलाई सिध्याएको रेकर्ड धेरै छ । यसो गर्नाले आपराधिक क्रियाकलापमा कमी हुन्छ भन्ने प्रहरीको  सोचाइ विकास भएको छ । तर, राजनीतिक पार्टीको भने अहिले पनि चेत खुलेको छैन । अहिले पनि उनीहरू अपराधीको पक्षमा नै बोलिरहेका छन् । अपराधीले गरेको समाज सेवाको रटान दिइरहेका छन् । यदी, उसले दजर्नौं अपराध गरेर अपराधबाट उन्मुक्ति पाउन समाज सेवा गरेको देखाउँछ भने त्यसलाई समाजसेवी कुनै पनि हालतमा भन्न मिल्दैन ।

पहिले गरेको अपराधलाई लुकाउनका लागि केहीको नजरमा ऊ राम्रो बन्न खोज्छ भने त्यसले उसको विगतलाई छोप्न सकिँदैन । तर, अहिले हाम्रो परिपाटी त्यही भएको छ । पहिले अपराध गर्ने र पछि त्यसलाई छोप्न समाजसेवा गर्ने, अपराधबाट कमाएको अकुत सम्पत्तिको एउटा सानो भाग समाजसेवाको नाममा दिँदैमा उ समाजसेवी बन्ने भए, उमेरमा धेरैले अपराध गरेर सजाय पाउने बेलामा समाजमा एउटा राम्रो काम गरेर देखाउन सक्छ । यसरी नै समाजसेवा गरी व्यक्तित्व सुधार्न सक्छ । तर, यसो हुन सक्दैन । आपूmले गरेको पापको सजाय पाउन अर्को जन्म कुर्नुपर्छ भन्ने हुँदैन । यसै जन्ममा पापको सजाय भोग्नु पर्छ । यस्तै भएको छ अहिले डनहरूको मृत्युले । अब त डनहरूले पनि बुभ्mनुपर्छ कसैको ज्यान लिनु भनेको आप्mनो ज्यान दिनु पनि हो । जहिलेसम्म हाम्रो मानसपटलमा यस्तो कुरा आउँदैन, हाम्रो समाज सुरक्षित हुँदैन, न त हामी नै ।

प्रतिक्रिया