श्रीलंकाले चौथो दिनमै भारतलाई घुँडा टेकायो

cricket_testकोलम्बो, ३० साउन । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ । केवल १ सय ८३ रनमा समेटिएको पहिलो इनिंसमा निकैपछि परेको अवस्था उल्ट्याउँदै श्रीलंकाले चौथो दिन भारतलाई दोस्रो इनिंसमा १ सय १२ रनमै समेट्दै ६३ रनले विजयी बनेको हो ।
१ सय ९२ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिंसमा भने सुद्धृढ प्रदर्शन गर्दै ३ सय ६७ रनमात्रै बनायो । दिनेश चण्डिमालले नटआउट रहँदै १ सय ६२ रन बनाए । यद्यपि भारतसामू खेल जित्न केवल १ सय ७५ रन को लक्ष्य थियो । २ सय रनभन्दा कम लक्ष्य पाएर पनि भारतले टेस्ट गुमाएको यो दोस्रो अवसर हो ।
पहिलो इनिंसमा श्रीलंकालाई सस्तोमा समेट्नुमा स्पीनर रविचन्द्र अश्विनले ६ विकेट लिए । प्रतिउत्तरमा भारतले शिखर धवन र विराट कोहलीको शतकको मद्दतले पहिलो इनिङगमा ३ सय ७५ रन बनाएको थियो ।
दोस्रो इनिंसमा भने श्रीलंकाली बलरहरुले उत्कृष्ट खेल्दै भारतीय ब्याटस्म्यानलाई अन्तिम दिनअघि नै घुडाँ टेकाए । श्रीलंकाबाट रंगना हेराथ एक्लैले ७ विकेट लिए भने थारिन्दू कौशलले ३ विकेट लिए । भारतबाट अजेन्का रहाणेले ३६ र ओपनर शिखर धवनले २८ रन बटुलेपनि अन्य ब्याटस्म्यान निरिह देखिए ।
खेलमा चण्डिमाल म्यानअफ द म्याच घोषित भए ।

प्रतिक्रिया