टेम्पो चालक लक्ष्मीको रामकहानी

प्रथम नेपाली महिला टेम्पो चालक भन्नासाथ सबैलाई उनको नाम थाहा हुन नसक्ला । उनी हुन्, काठमाडौं महाराजगञ्ज निवासी लक्ष्मी शर्मा । उमेरले ६१ वर्ष टेकेकी यिनी लक्ष्मीकी ८४ वर्षीय आमा सुकमाया साथमा हुनुहुन्छ । मध्यम वर्गीय परिवारमा जन्मिएकी लक्ष्मीले सानोछँदा विभिन्न कारणले गर्दा पढ्ने अवसर पाइनन् । तर पनि उनीले आफ्नो आँट, साहस र हिम्मत भने कत्ति पनि हारिनन् । उनी कहिले टेम्पो मालिक भइन्, त कहिले लक्ष्मी वड क्राफ्ट उद्योगकी मालिक भइन् । प्रस्तुत छ, उनीसँग सौर्य प्रतिनिधिले गरेको अन्तरंग कुराकानी उनकै शब्दमा :

Lamxi Sharma copyमेरो जन्म २००६ साल मंसिर ३ गते काठमाडौंको महाराजगञ्जमा भएको हो । मेरो मुमाको नाम सुकुमाया तामाङ हो भने बुबा चाहिँ थापा हो । त्यसकारण जातीय हिसाबले नमिलेको कारण म आमाको माइती घरमा जन्मिएको रे । त्यो बखतमा माइतीभित्र चाहिँ छोरीचेलीले बच्चा जन्माउनु नहुने, त्यतिबेला मलाई आमाले गाईगोठमा जन्माउनु भएको हुनाले मेरो नाम लक्ष्मी राखिएको रे ।
ततत
६ वर्षको उमेरसम्म मामाघरमा नै हुर्किएँ । ६ वर्षपछि तत्कालीन त्रिभुवन सरकारको कान्छी बहिनी बुनुमान सरकारकहाँ म सहयोगीको रुपमा काम गर्न थाले । मैले मन्दिर पूजाकोठा सफा गर्ने, फूल टिपेर ल्याउने, महारानीको शिरमा फुल लगाइदिने, महारानीको बाहुली मिच्ने त्यो चाहिँ मेरो काम हुन्थ्यो । बीचबीचमा प्रवचनहरु हुन्थ्यो । मैले ७ वर्षको उमेरमा कृष्णको रोलमा अभिनय गर्ने मौका दरवारमा नै पाएको थिएँ । म टेम्पो चालक भए पनि मेरो रहनसहन र बोलाइचलाई चाहिँ एकदमै मिठो थियो, त्यो सभ्यता मैले दरबारबाटै पाएकी हुँ । म ११ वर्षसम्म दरबारमा बसेँ । महारानी स्वर्गीय भए पनि हामी बिचल्लीमा प¥यौं ।
000
जब म दरबारबाट बाहिर निस्किएँ । हाम्रो गाईवस्तु थियो, हाम्रो परिवार खेती किसानी थियो, महाराजगञ्जमा हाम्रो थुप्रै जग्गा थियो । ११ वर्षसम्म दरबारमा बस्दा एक किसिमको लत लागिसकेको थियो । मेरो काम चाहिँ दुईटा गाई र बाख्राहरुलाई अघाउने गर्नुपथ्र्यो, होइन भने घरमा खानपिन र खाजामा व्यस्त रहनुपथ्र्यो । म घरभित्रको कामभन्दा मेलापात र बाहिरको काम गर्न खुव रुचाउथे । १३ वर्षको उमेरमा मेरो विवाह भयो । ‘तँ सानो हुँदा एकदमै विमारी थिइन् । मलाई जोगीले आएर भनेको थियो । उत्तरतिरको कुवा सफा गर, दक्षिणतिर अक्षता देऊ १२ वर्ष पुगेर १३ वर्ष लागे पछि तेरो छोरी तेरो साथमा रहँदैन भनेको कारणले गर्दा नै विवाह गर्दिएको’ मेरी मुमाले भन्ने गर्नुहुन्छ । त्यसबीचमा ३ वटा छोरीहरु मीना, जुनु र बुनु जन्मिए । श्रीमान्ले छाडे या मैले छोडे त्यो भिन्नै कुरा हो, तर विवाह सफल हुन सकेन । श्रीमान्ले छोडेर गएपछि मलाई आपत्तै प¥यो । अरुले गरेको भन्दा पृथक किसिमको काम गर्नुपर्ने मेरो स्वभाव थियो । त्यसपछि विदेशीघरमा काम गर्न सुरु गरेँ । सुरुमा ६० रुपैयामा रसियन घरमा काम गरेँ । त्यहाँ प्रमोसन हुँदै गएर सन् १९७९ मा १५०० तलब भयो । त्यो बखतसम्म थु्रपै किसिमका खानाका परिकारहरु बनाउन जानिसकेको थिएँ । १०–१२ वर्षको अन्तरालमा वेष्ट कुक भैसकेको थिएँ । एकपटक मेरी छोरी जुनुको साइकलमा नञ्जर नभएर खुट्टा काटेको बेला मैले एक घण्टा अफिसबाट छुट्टी मागे तर त्यस बेला मलाई छुट्टी दिएन । त्यसपछि अब नोकरी नगर्ने भनेर मैले सन् १९७९ मा छोडिदिएँ ।
000
नोकरी छोडेपछि मैले भारतमा गएर ह्याण्डिक्राफ्ट अवलोकन गर्ने मौका पाएँ । त्यहाँबाट फर्केर आइसकेपछि त घरमा हाहाकार । पैसा छैन । बच्चाहरु ठूल्ठूलो हुँदैछन् । तत्काल पैसा कामाउने काम त केही गर्नुपर्ने नि भन्ने लाग्यो । त्यो बखतमा हुइम चाहिँ के थियो भने टेम्पो व्यवसायमा एकदमै राम्रो आम्दानी छ । त्यसबखत ५ देखि ७ हजारमा सेकेण्ड हाइण्डको बजाज टेम्पो पाइन्थ्यो । मसँग पैसा थिएन, साइली आमासँग ३६ प्रतिशत व्याजमा १० हजार रुपैयाँ पैसा सापट लिएर एउटा टेम्पो किनेँ । दोस्रो किनेँ, तेस्रो किनेँ । पछि त किन्ने भन्दा पनि विश्वासले बहिनी टेम्पो लगेर बनाउ र चलाउ भनेर पनि मान्छेले विश्वास गर्न थाले । त्यसपछि त दुई वर्षमा त ५ वटा टेम्पो भयो । ५ वटा ड्राइभर भएँ, ५ वटाको मालिक्नी भएँ ।
ड्राइभरहरुले कहिले विभिन्न समस्या देखाउँछन् पैसा भएन मात्रै भन्छन्, त्यसपछि ल भएन भनेर मैले आफैंले टेम्पो चलाउने सिकेँ । खासगरी म टेम्पो ड्राइभर भन्दा पनि टेम्पो मिस्त्री हुँ, मैले टेम्पो बनाउने इण्डिया, बनारसको चौकाघाटमा गएर सिकेको हुँ । काठमाडौं आएर यहाँका मास्टरहरुलाई चेलन्ज दिएँ । मैले टेम्पो बनाएँ, वेष्ट भयो । तर नेपाली ड्राइभरहरुले ‘लोग्ने मान्छेले बनाको टेम्पो त चल्दैन, यो आइमाईले बनाएको टेम्पो के चल्छ?’ विश्वास नै गरेनन् । उनीहरुले यस्तो टेम्पो चलायो भने त मर्छ भनेर टेम्पो नै चलाउन नआउने थाले । त्यसपछि आफैं मेन्टेन गर्दै आफैंले चलाउन थाले । सुरुमा त मैले सिक्नु टेम्पो चलाउन सिक्नुभन्दा पनि पहिलो बनाउन सिकेँ ।
000
वि.सं. २०३८ साल वैशाखमा मैले जमलदेखि महाराजगञ्जसम्म चलाएँ । त्यतिखेर मेरो फेवर टेम्पो २५४ नं. को थियो, अर्को चाहिँ बजाजकै मिटरवाला टेम्पो ३७५ नं. त्यो मेरो फेवर थियो । ९ नं. टेम्पो साझा यातायातले क्याच्याक्कै किचिदिएको धन्न ड्राइभर बाँचेको ? साझाले पनि त्यस्तो ग¥यो मलाई पैसा पनि दिएन । अहिले पनि दुईवटा टेम्पो राखिराखेको छु । नम्बर काटेको छैन । कति जरिवाना भैसक्यो होला । यो नेपालबाट हरायो, त्यही भएर मात्र यो टेम्पोलाई राखिराखेको हो ।
000
टेम्पो चलाउँदा थुप्रै अविष्णमरीय घटनाहरु हुन गए, ती मध्ये दुइटा बताउँदैछु ः एकदिन २५४ नंं. को टेम्पोको ब्रेक फेल भएछ, त्यसबखत मैले टेम्पो उचालेर ब्रेक पाइप बनाउन जानुप¥यो भनेर टेम्पो मुन्तिर छिरेँ । ब्रेक पाइप बनाइसकेपछि तेल हालेर पम्प हाल्नुपर्छ, माथि चाहिँ भाइहरुलाई पम्प हान भनेको थिएँ । उनीहरु पटमूर्ख थिएँ, त्यसबखत पम्प हान्दा हल्लिएर टेम्पो मेरो शरीर माथि पु¥याइदिए । अरुअरुले आएर टेम्पो उठाई दिए । त्यसबखत त्यहाँ तल केटा मान्छे गएको भए कुट्दा भन्ने डरले त्यसो गर्दैनथे तर यो आइमाइ हो, यसले केही गर्न सक्दिनँ भनेर मूर्खता प्रदर्शन गरे । त्यसपछि मैले पनि ती भाईहरुलाई आएर दुई छपड लछारपछार गर्दै हानेँ ।
अर्को घटना चाहिँ त्यसबखत जहिले बेलुका भयो, आइमाइ मान्छेले गाडीहरु कहिँ सिटै नपाउने । एकदिन त्यही २५४ नं.को टेम्पोलाई जमलमा छोपेर राखेको थियो । असनबाट दुईतीन जना केटाहरु आएर ‘अह् टेम्पो चला, हामी जाने’ भनेर भने । त्यसबखत मैले भने तपाइँहरुको लागि गाडी होइन यो मैले आफंैले नै राखेको ? भनेर मैले त्यति मात्र के भनेको थिएँ, ‘आइमाइको लागि मात्र राख्ने साला को हो तँ’ भनीकन टेम्पो घ्राङग्राङघुङ्गुन गरेर फल्टाइदिए । जाडो महिनाको बखत थियो, ६ वजे अँध्यारै भएको थियो । त्यसबखत मलाई यस्तो नरमाइलो लाग्यो कि ‘आइमाइले केही गरिखान पनि नपाउने भन्ने लाग्यो । मैले त्यसबखत व्यक्तिगत तवरबाटै धन्धान झगडा गरेँ । हुन त अहिले महिला हकहितको लागि भनेर थुप्रै संस्थाहरु जन्मिएका छन् तर अझै महिलाले हकहित पाएको चाहिँ छैनन् ।
000
टेम्पो व्यवसायबाट हैरानी र दिक्दार बनेपछि वि.सं. २०४२ सालबाट सुरु गरेँ । सुरुमा नेपाल हरियो बन, नेपालको धन भन्ने सोचेर लक्ष् मी वुड क्रास्ट उद्योग भनेर खोलियो तर काठको समस्या रहेछ नेपालमा । त्यो बखत सानो कचौरा, लामाले बजाउने डम्मरु, विभिन्न किसिमका हाण्डक्राफ्टहरु बनाएँ मैले । पछि गएर निडिल केशहरु,लेसहरुलगायत थुप्रै निर्माण गरेँ । ‘माइ क्रियशन’ भनेर अहिले त किताब नै निकालेको छु । मलाई बुन्नेमा धेरै रहर थियो । ढाका कारखाना राखे । विश्वका अधिकांश देशहरुमा हाम्रा उत्पादनहरु जान्छन् ।
यस उद्योग सञ्चालन गर्दा पहिला मैले बनारसबाट कालिगढहरु ल्याएर काम चलाएको थिएँ स्वयं म पनि थिएँ । त्यसबेला २७ जनासम्म बनारसीहरु भएका थिए । पछि उनीहरुले नेपालीहरुलाई टुल्स (औजार) छुन नदिने गुनासो गरेपछि नेपालीहरुलाई काम सिकाउन सुरु गरेँ । काम सिकाउने क्रममा वि.सं. २०५० सालसम्ममा मकहाँबाट धेरैले सीप सिकेँ । म आफैंले नपढेको कारण नपढेकाहरुलाई यो काम सिक्न पढ्नु पर्दैैन भन्ने तरिकाले यो काम सिकाएँ, चार जात छत्तीस वर्ष ल्याएर राखेँ । पछि समस्या पनि चारजात छत्तीस वर्णकै समस्या भयो । समग्रमा भन्नुपर्दा १० हजार जना मानिसलाई काम सिकाएर काम दिएर त्यो प्रोजक्ट बेच्न सक्ने क्षमता ममा थियो, अहिले पनि छ । तर के गर्नु, ‘यो सतीले सरापेको देशमा के गर्ने ?’
सुरुमा लक्ष्मी वुड क्रास्फ उद्योग भन्ने नामबाट नै दशा लाग्दोरहेछ । सुरुमा मलाई दशा लाग्यो दैविक घटनाबाट हाड, सिंह, खुरहरु ल्याएर काम सिकाइयो । मेरो बुबालाई दमको रोग त छँदै थियो, त्यसमा पनि फोहरमैला भएर बुबालाई एकदमै गाह्रो भयो । त्यसबपछि बुबा जान्ने लामाकहाँ जानुभएछ । लामाले बुबालाई भनेछ, ‘तेरो घरमा त मसानघाट नै भयो, त्यसो गरिरहे तँलाई राम्रो हुँदैन भनेछ । बुबाले पर्सिपल्ट लामाकहाँ लानुभयो, ‘तपाइँको घरमा ढिप छ, यो फ्याक्टी तपाइँले घरबाट सारेन भने बाबु मर्छ’ भन्न थाल्यो । त्यसपछि मलाई ९ आना २ पैसा मामाले दिएको जग्गामा छाप्रा बनाएर फ्याक्टीलाई सारेँ । त्यो एउटा घटना भयो, त्यतिबेला मलाई धेरै नोक्सान भयो । त्यसको ६ वर्षपछि एमाले पार्टीभातृ संगठन जिफन्ट लाग्यो । त्यसको ठ्याक्कै ६ वर्षपछि फेरि माओवादी लाग्यो । माओवादीले ३ महिना फ्याक्ट्री बन्द गरिदियो । त्यतिबेला लगभग साढे २ लाख डलरको अर्डर क्यान्सिल भयो । यहाँ त काम गर्नेहरुको खुट्टा, तानातान मात्र हुन्छ, । अस्ति पनि मलाई जिफन्टको रिमालजीले फोन गर्नुभएको थियो । उहाँले एकैनासले ‘तँपाईले मलाई धम्की दिएको हो’ मात्रै भन्नुहुन्छ । मैले भने ‘८, ८ वर्षसम्म जिफन्ट लगाएर मुद्दा चलाएर मुद्दा जिताउने तँपाईहरु धम्की मैले दिएको कि तँपाइँले दिएको ?’ तँपाइ यस्तो उस्तो भनेर एकदमै नाजयज कुराहरु उहाँले गर्नुभो । मैले पनि भने, ‘तँपाइहरुले कुनै पनि दिन हाम्रो फ्याक्ट्रीमा आएर के भएको छ कस्तो भएको छ, मैले मदजुरलाई शोषण गरेको छु, कि मलाई मजदुरले शोषण गरेका छन्, कुनै दिन आएर तपाइँहरुले मूल्यांकन गर्नुभयो त ?’ उहाँले भन्नुभयो, ‘बढी कुरा गर्ने होइन, सर्वोच्च अदालतले हामीलाई मुद्दा जिताइ दिएको छ, खुरुक्क लाएर ‘गोल्डेन हानचेक’ गर्ने भनेर भन्नुभयो । कस्तो किसिमको ‘गोल्डेन हानचेक’ गर्ने, पैसै छैन । ‘गोल्डेन हानचेक’ गर्नलाई त पैसा चाहियो, पैसा त मसँगै छँदै छैन दिँदै दिन्नँ । जहाँ जानु पर्छ जानु भनेर भनिदिएँ ।
केही दिन अघि मात्रै मैले सर्वोच्चले गरेको फैसलाको विरुद्ध असन्तुष्टि जनाउँदै पत्रकार सम्मलन गरँे । त्यसबखत उद्योगमन्त्री महेन्द्रप्रसाद यादव, पत्रकार मित्रहरुले मेरो बारेमा आवाजहरु उठाइदिनुभयो । अबको कालमा म मुद्दा बदर गर्ने पक्षमा छु ।
एफएमसिसिआइलाई मैले मुद्दा हारेँ, मलाई अप्ठ्यारो प¥यो मैले ८, ८ वर्षसम्मको तलब दिनुपर्छ भनेर फाइल अगाडि पल्टाएर रुँदाखेरी त्यहाँ अध्यक्षलाई त भेट्न मैका नै पाइनँ । त्यहाँ कानुन सेक्सनमा जानोस्, भन्यो । त्यहाँ रहेका कर्मचारी मेगनाथ सरले ‘अब के गर्नु मुद्दा हारिसक्नुभएछ, अब तँपाइले अर्को वकिललाई पक्रनोस्, सल्लाह चाहिए हामी दिउँला । हामीले केही गर्न सक्दैनौं ।’भन्नुभयो । ‘अब संघसंस्था भनेर एक्लो वृहस्पती म झूठा भएँ, यहाँ आएर रमाइलो गर्ने नाचगान गर्ने, मिठो, ककटेल पार्टी ग¥यो भने सबै जना आउँछन्, मुद्दा परेर एउटा हरुवा पार्टीले डाकेकोमा को आउँछ र कसले हेर्छ र ? घुमै ओढेर बसेका छन् सबै जनाले । मेरो भनाई अहिले चाहिँ के भने जब चाहिँ माओवादी लागेर ३ महिना फ्याक्ट्री बन्द गरेर ७२ जनालाई ३ महिनाको तलब दिएर उनीहरुलाई हटाउन पाएँ भने आज भरतराज उप्रेतीले र अनुपराज शर्मा र रमेश वडालले कुन चाहिँ तरिकाले भने कि ८ वर्षको तलब दे भनेर । कानुनी रुपमाबाट पनि उनीहरु बाहिर गए, एउटा उद्योगपतिको हैसियतले ३ महिनाको तलब दिएर हटाउने अधिकार छ । दोस्रो कुरा, एउटै लफर्मको मान्छेले मुद्दा हेर्न नहुने थियो, उहाँहरुले हेर्नुभयो । अर्को कुरा, आजभन्दा ८ वर्ष अघि उहाँहरुले मसँग मिलेमत्तो गरी जिफन्ट, श्रम कार्यालय र लक्ष्मी वड क्राफ्ट उद्योगको रोहवरमा मसँगबाट पैसा लिएर गएका हुन्, त्यो भर्पाइ मसँग छ, त्यसको मूल्यांकन नै गरेनन् । पैसा लिएर गएर मुद्दा रापछाप पनि गरिसकेका छन् । मलाई बेबकुप बनाए यिनीहरुले । अहिले उनीहरुको बोलीबोलीले मलाई चोट पुगिरहेको छ । खोई कहाँ छ कानुन ? त्यसैले म फेरि भन्छु, ‘सतीले सरापेको देश हो रे यो ।’
000
देशविदेशमा रहनु हुने नेपालीहरुलाई आजभन्दा १० वर्ष अगाडि म के भन्ने गर्थे भने ‘नेपाल फर्क, वी निड यू’ । नेपालमा तपाइँहरु जस्तो महान् व्यक्ति हामीलाई चाहिन्छ, तपाइहरु नभए नेपाल चल्दैन, तपाइँहरु फिर्ता आउनोस् र काम गर्नोस्, उद्योगधन्दा खोल्नोस्, र हामी नेपालीहरुलाई मद्दत गर्नोस् । दुई पैसा विदेशमा बसेर कमाएको धनले नेपालीहरुलाई दालभात र डुकुको समस्यामा हातेमालो गर्नोस् भनेर भन्ने गर्थे । तर अहिले विदेशमा बस्ने नेपालीहरुलाई भन्ने गर्छु तँपाइँहरु अहिले नेपालमा नफर्कनुस् , जति दुःख मैले पाको छु, खाको छु, त्यो भन्दा बढी दुःख तपाइँहरुले पाउनुहुन्छ, अहिले नआउनोस्, उतै बस्नोस्, आफ्नो परिवारलाई, आफ्नो शाखा सन्तालनलाई सुखसुविधा दिएर तपाइँहरु उतै बस्नोस् भन्नु छ किनकि मैले जे उद्योग खोलेर आज चाहिँ नाम मैले कमाएको थिएँ, संघसंस्थाहरुले मलाई पत्याएको थियो । आज सर्वोच्च अदालतजस्तो सम्मानीय संस्थाले मेरो कागजातलाई राम्रोसँग नहेरेर आज अन्याय गरेको हुनाले यसो भन्न वाध्य भएकी हुँ । मैले भन्ने गर्थे, ‘धन कमाउनको लागि लाहुर धाउन पर्दैन, धर्म गर्नको लागि कासी धाउनुपर्दैन, आफ्नो देशविकास गर्नको लागि राजनीतिक व्यक्तित्व बन्नु पर्दैन ।’

प्रतिक्रिया