काठमाडौं, २९ साउन । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्देश्यले पत्रकार सम्मेलनमार्पmत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सहसचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनामा २५ प्रतिशतले वृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दामाथि जान नसकेको बताए । उनले मन्त्रालयले पाएको एक अर्ब ८५ करोड ३८ लाख ७० हजारमा सातौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक २७ करोड र दक्षिण एशियाली खेलकुदको लागि आवश्यक ४ करोड यस समाविष्ट नभएको समेत जानकारी गराए ।
उनले बजेटको अधिकांश भाग खेलकुदतर्फ विनियोजित भएको भन्दै खेलकुद विकास कार्यक्रमअन्तर्गत १५ करोड ८४ लाख ८५ हजार र राष्ट्रिय खेलकुद परिषद्तर्पm एक अर्ब ४९ करोड २८ लाख ७२ हजार विनियोजन भएको पनि बताए ।
उनले कार्यक्रम सार्वजनिक गर्ने क्रममा चार ‘प’ अर्थात् पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनलाई आधार मानेर कार्यक्रम र बजेट विनियोजन गरेको बताए । पूर्वाधार विकासलाई क्रमिक रूपमा निर्माण गर्ने अवधारणा अनुरूप कार्ययोजना बनाइएको बताए । पूर्वाधारतर्पm त्रिविविमा एक अन्तर्राष्ट्रिय स्तरको पाँच हजार दर्शक क्षमताको कभर्ड हल निर्माण गर्ने जसको लागि त्रिविविसँग सम्झौता भइसकेको र त्यसको लागि ५० लाख विनियोजन भइसकेको जनाए । उनले डिपिआर बनाई कार्य सुरु भइसकेको जनाए ।
गत वैशाखमा गएको भूकम्पका कारण क्षति भएको राष्ट्रिय खेलकुद परिषद् परिसरको पुनर्निर्माणका लागि १० करोड विनियोजन भएको र त्यसका लागि नयाँ भवन बनाइनेसमेत जानकारी गराए । त्यस्तै निर्माणतर्पm फुटबलको विकासका लागि च्यासल खेल मैदानलाई विकास गर्न चार करोड, क्रिकेटको विकास गर्न नौ क्षेत्र मध्ये काठमाडौंबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय मैदान निर्माण गर्ने तर यसलाई मल्टिएअर आधारमा अघि बढाइनेछ । त्यस्तै एक खेल एक एकेडेमी निमार्ण गर्ने उद्देश्य अनुरूप जग्गा उपलब्ध भएमा एकेडेमी निर्माणलाई अगाडि बढाइने, २÷४ वर्षभित्र जग्गा उपलब्ध गराइएमा बास्केटबल, ह्यान्डबल, भलिबल, ब्याडमिन्टन, उसु र बक्सिङको कभर्डहलसहितको एकेडेमी निर्माण गर्ने योजना रहेको छ । एक निर्वाचन क्षेत्र एक कभर्डहल निर्माणलाई अघि बढाइनेछ । क्यानको सहभागितामा एनपिएललाई अघि बढाउन सिडमनी छुट्याई सकेको समेत जानकारी गराइयो ।
स्कुल टु ओलम्पिक भन्ने नारालाई सार्थक बनाउनको लागि प्रत्येक निर्वाचन क्षेत्रमा युवा खेलकुद स्वयंसेवकलाई प्रशिक्षकलाई यसै वर्ष नियुक्त गर्ने तर्पm अग्रसर भइसकेको जानकारी गराए ।
खेलाडी प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि एक करोड स्वीकृत भइसकेको र यसै वर्षदेखि पत्रकार लाई पनि खेलकुद विकासमा योगदान गरे वापत खेलकुद पत्रकारलाई पनि पुरस्कृत गरिने भएको छ । कार्यक्रमको योजना कार्यान्वयनको लागि परिषद् र मन्त्रालयले साथसाथै अनुगमन गर्नेछ । यो वर्ष बजेट कार्यान्वयन वर्ष भएकोले प्रत्येक कार्यको कार्यान्वयन गर्न मन्त्रालयले अनुगमन योजना बनाइरहेको समेत सहसचिव पौडेलले जानकारी गराए ।
प्रतिक्रिया