काठमाडौं । पाटन संयुक्त क्याम्पस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’बाट मणि लामा र सुवास लामाले गोल गरे ।
पाटन ‘बी’का विकास लामा फाइनल खेलको ‘म्यानअफ द म्याच’ठहरिए । त्यसवापत उनले पाँच सय पुरस्कार हात पारे । अखिल क्रान्तिकारी नेवाः राज्य समितिद्वारा आयोजित प्रतियोगितामा ओरियन्टले तेस्रो स्थानमा चित्त बुझायो । ओरियन्टले ग्लेसियरलाई ७–० को फराकिलो गोल अन्तरले हरायो । विजेताका श्याम नेपालीले ३, निरज परियारले २ तथा युरोप भण्डारी र सुशान्त बस्नेतले १–१ गोल गरे । विजेताले ६६ हजार ६ सय ६६, उपविजेताले ३३ हजार ३ सय ३३ तथा तेस्रोले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार हात पारे ।
प्रतियोगितामा पाटन ‘बी’का शेरबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए । शेरबहादुर नै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता भर उनले १६ गोल गरे । उनले उत्कृष्ट र सर्वाधिक गोलका लागि २–२ गरी जम्मा चार हजार रुपैयाँ पुरस्कार पाए । पाटन ‘सी’का अनन्त श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले २ हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई एमाओवादीका महासचिव कृष्णबहादुर महरा, पाटन संयुक्त क्याम्पसका प्रमुख माधव गौतम, आयोजकका संयोजक सुरेन्द्र बस्नेतलगायतले पुरस्कार वितरण गरे । पाँचदिने प्रतियोगितामा ५८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका
थिए । (सौस)
प्रतिक्रिया