युरोपका उत्कृष्ट तीन फुटबलरको मनोनयन सार्वजनिक

footballer copyलण्डन । युरोपियन फुटबल महासंघ (युइएफए)ले युरोपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम तीनको मनोनयन सार्वजनिक गरेको छ ।
मनोनयनमा रियल मड्रिड र बार्सिलोनाका खेलाडीको नै वर्चस्व रह्यो । जसमा मड्रीडका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका फरवार्ड लियोलन मेसी तथा उरुग्वेली फरवार्ड लुइस स्वारेज परेका छन् । विभिन्न अन्तर्राष्ट्रिय फुटबल विषशेज्ञका अनुसार यो पटक मेसीले नै उक्त उपाधि जित्ने सक्ने बताइएको छ ।
युइएफएले गत महिना सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीमध्येबाट मनोनित गरिएको थियो । युइएफएमा आबद्ध ५४ देशका खेल पत्रकारले दिएको भोटको आधारमा अन्तिम तीनको टुंगो लागेको हो । सन् २०१४–१५ को सिजनमा गरेको प्रदर्शनका आधारमा युइएफएले मनोनयन सार्वजनिक गरेको हो ।
युरोपबाट व्यवसायिक फुटबल खेल्ने खेलाडीमध्येबाट सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई युरोपको उत्कृष्ट खेलाडीको रूपमा अवार्ड प्रदान गर्ने गरिन्छ । अगस्ट २७ मा अवार्ड विजेताको घोषणा गरिनेछ । (एजेन्सी)

प्रतिक्रिया