बार्सिलोनालाई उपाधि

barsaबार्सिलोना । बार्सिलोनाले मंगलबार राती युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लब बार्सिलोनाले जर्जियाको टबिलिसीमा भएको फाइनल खेलमा सेभिल्लालाई ५–४ ले हराउँदै सुपर कपको उपाधि जितेको हो ।
खेलको तेस्रो मिनेटमा नै सेभिल्लाले अग्रता लिएको थियो । सेभिल्लाका लागि एभर बेनेगाले गोल गर्दै सुरुआती अग्रता दिलाए । बेनागाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएपछि बार्सिलोना दबाबमा परेको थियो ।
तर, त्यो सेभिल्लाको अग्रता धेरै समय टिक्न सकेन । सातौँ मिनेटमा बार्सिलोनाका लियोनल मेसीले बराबरी गोल फर्काए । मेस्सीको गोलसगै बार्सलोना खेलमा फर्केको थियो । तथापी मेस्सीले पहिलो हाफको १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनको गोलसगँै बार्सिलोनालाई २–१ को स्थीतीमा पुग्यो । पहिलो हाफको खेलमा दुवै टोलिले उत्कृष्ट खेल प्रस्तूत गरे । पहिलो हाफको नै ४४ औं मिनेटमा अलक्यानटारा डु नासिमेन्टोले बार्सिलोनाका लागी एक गोल थपे । उनको गोलपछि खेलमा बार्सिलोनाको अग्रता ३–१ मा पु¥र्याए ।
पहिलो हाफमा ३–१ पछि परेको सेभिल्ला दोस्रो हाफमा सुरुमा थप दबाबमा प¥यो । ५२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए । तर त्यसपछि सेभिल्ला खेलमा फर्कियो । सेभिल्लाका जोस एन्टोनियो रेयसले ५७ औं मिनेटमा गोल गर्दै खेलाको ४–२ को अवस्थामा ल्याए ।
खेलको ७२ औं मिनेटमा पाएको पेनल्टीलाई समदुपयोग गर्दै सेभिल्लाका केभिन गेमेरो तथा ८१ औं मिनेटमा यभन कोनोप्लेयांकाले गोल गर्दै खेल ४–४ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल ४–४ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । निकै प्रतिस्पर्धात्मक बनेको सेभिल्ला विरुद्धको खेलमा पेड्रोले अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो ।
पड्रोले १ सय १५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाए । यो सँगै बार्सिलोनाले पाँचौ पटक सुपर कपको उपाधि उचालेको छ र सुपर कपको सर्वा्धि सफल क्लबमा दर्ता भएको छ । इटालियन क्लब एसी मिलानले पनि सुपर कपको उपाधि पाँच पटक जितेको छ ।
बार्सिलोनाले सन् १९९२, १९९७, २००९, २०११ र यो वर्ष गरी पाँच पटक सुपर कपको उपाधि जितेको हो । यस्तै इटालिएन क्लब एसी मिलानले सन् १९८९, १९९०, १९९४, २००३ र २००७ मा गरी पाँच पटक सुपर कपको उपाधि जितेको हो ।

प्रतिक्रिया