कोजूलाई क्यानडाको अल्ट्रा सिरिज उपाधि

kanchhimaya-kojuकाठमाडौं, २७ साउन । क्यानडामा भएको क्रिमोर भर्टिकल अल्ट्रा म्यारथनमा महिलातर्फ नेपालकी महिला धावीका कान्छी माया कोजूले उपाधि हात पारिन् ।
कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमको अल्ट्रा सिरिजमा महिलातर्पm पहिलो हुँदै नयाँ रेकर्ड कायम गरेकी छिन् । २५ किलोमिटरको अल्ट्रा दौडमा ५३ सहभागीलाई पछि पार्दै उनी पहिलो भएकी हुन् । पछिल्लो समय नेपाली अल्ट्रा धावक तथा धाविकाहरूले आफूलाई विश्व अल्ट्रा म्यारथनमा स्थापित गर्दै आएका छन् ।
केहीसमय अगाडि मात्र अल्ट्रा धाविका मिरा राईले फ्रान्समा सम्पन्न अल्ट्रा म्यारथनमा उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् । तथापि, भर्टिकल च्यालेन्ज कोजूले दुई घन्टा ५२ सेकेन्डमा पार गरेकी थिइन् । जसअन्तर्गत उनीले रेकर्डसमेत राखिन् ।
यसअघि यो रेकर्ड चन्तल वरिनरको नाममा थियो । वारिनले दुई घन्टा नौ मिनेट ३६ सेकेन्डमा उक्त दुरी पार गरेकी थिइन् ।
प्रतियोगितामा कोजूलाई पछ्याउँदै मेगान डफी दोस्रो भइन् । उनीले उक्त दुरी पूरा गर्न दुई घन्टा तीन मिनेट ३५ सेकेन्ड समय लगाइन् । प्रतियोगितामा केल्ली रुपोली तेस्रो भइन् । रुपोलीले दुई घन्टा १० मिनेट ३४ सेकेन्डमा उक्त दुरी पार गरिन् ।
८ अगस्टमा क्यानडाको टोरोन्टोस्थित क्रिमोरमा भएको उक्त दौड कठिन मानिन्छ । रुटको बाटो निकै कठिन भएकोले पनि निकै साहसपूर्ण रहने गर्छ । क्रिमोर खेलमा ५० किलोमिटर, ७५ किलोमिटरको ट्रेल सिरिज गरी तीन सिरिज खेल थियो । अल्ट्रा म्याराथुनमा पुरूष र महिला गरी एक सय २५ जना सहभागी थिए । उक्त खेलमा मधु मोक्तानले ५० किलोमिटर दौड पूरा गरेकी थिइन् । त्यसैगरी सञ्जीव मोक्तान र डेरिक मोक्तानले २५ किलोमिटर दौड पूरा गरेका थिए ।

प्रतिक्रिया