मिडफिल्डका लागि पनि तयार छु : मेसी 

FC Barcelona v AC Milan - UEFA Champions League...BARCELONA, SPAIN - NOVEMBER 06:  Lionel Messi of FC Barcelona looks on during the UEFA Champions League Group H match Between FC Barcelona and AC Milan at Camp Nou on November 6, 2013 in Barcelona, Spain.  (Photo by David Ramos/Getty Images)

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका स्टार फुटबलर लियोनल मेसीले निकट भविष्यमा आफू मिडफिल्डबाट पनि खेल्न तयार रहेको बताएका छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तानसमेत रहेको मेसीले जहाँबाट खेल्न पनि आफूलाई समस्या नपर्ने स्पष्ट पारे ।
केही समययता उनलाई स्ट्राइकरबाट खासै राम्रो गर्न नसकेको आलोचना आइरहेको छ । त्यसैबीच उनले यस्तो अभिव्यक्ति दिएका हुन् । गोल डट कममा दिएको अभिव्यक्तिमा उनले टिमलाई फाइदा हुने भए आफू जुनसुकै स्थानबाट पनि खेल्न तयार रहेको बताए । पछिल्लो समय बार्सिलोनाबाट खेल्ने क्रममा उनको उपयोगिता कम देखिँदै आएको छ ।
मेसीले भने कतिपय खेलाडीले करियरमा आफ्नो भूमिका बदलेका पनि छन् । त्यसलै पनि होला स्थान परिवर्तन गरेर मलाई राम्रो नै खेल्छु भन्ने विश्वास छ । यसअघि पनि यो स्थानबाट राम्रोसँग नै खेलेको खेलाडी हुँ । (एजेन्सी)

प्रतिक्रिया