टेनिसको साधारणसभा सम्पन्न

tennisकाठमाडौं, २६ साउन । काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई उपाध्यक्ष, निरेश श्रेष्ठलाई सचिव तथा सञ्जय अमात्यलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । मनोज शाह, राजु श्रेष्ठ, हेम गुरुङ तथा प्रवीण वैद्य सदस्यमा चयन भए ।
अब जिल्ला कार्यसमितिमा ४ सदस्यको मनोनयन हुन बाँकी छ । त्यसमा २ सदस्य काठमाडौं जिल्ला खेलकुद विकास समिति (काजिखेविस) ले प्रतिनिधि पठाउनेछ ।
त्यस्तै, विशेष साधारणसभाले अखिल नेपाल लनटेनिस संघको भदौ ४ गते हुने केन्द्रीय साधारणसभाका लागि दुई प्रतिनिधिसमेत तोकेको छ । प्रतिनिधिमा अध्यक्ष मुल र कोषाध्यक्ष अमात्य रहेका छन् ।
विशेष साधारणसभा केन्द्रीय अध्यक्ष मनोज राणा र काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतितिधि विष्णु घिमिरेको रोहबरमा भएको थियो ।
ललितपुरमा दीपक
ललितपुर जिल्ला लन टेनिस संघको साधारणसभा मंगलबार सम्पन्न भयो । केन्द्रीय उपाध्यष ज्योति जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुजन खतिवडाको रोहबरमा भएको साधारणसभाले दीपककुमार कार्कीलाई अध्यक्षमा चयन ग¥यो । यसैगरी, अजय विष्ट उपाध्यक्ष तथा गौरीशंकर श्रेष्ठ सचिव भए । सञ्जयध्यज कार्की कोषाध्यक्ष भए । ज्योति राणा, प्रमिता खड्का, उज्वल डंगोल, सन्तोष खत्री र कुलदीप विष्ट सदस्य भए । अजय विष्ट र सञ्जयध्वज कार्की ४ भदौमा हुने केन्द्रीय साधारणसभाका लागि प्रतिनिधि चयन भए ।

प्रतिक्रिया