ग्लोरी र गिनिज उपाधिनजिक

काठमाडौं । ग्लोरी इंग्लिस बोर्डिङ स्कुल र गिनिज इन्टरनेसनल उमावि प्रथम उपत्यकाव्यापी उमाविस्तरीय डन्डीबियो प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रांगणमा भएको सेमिफाइनलमा ग्लोरीले आइडियललाई १८८–१७८ अंकले पराजित ग¥यो । अर्को सेमिफाइनलमा गिनिजले सञ्जीवनी वैकल्पिक उमाविलाई ३२१–१६२ अंकले हरायो ।
प्रतियोगिताको राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरे । सो अवसरमा उपाध्यक्ष शेर्पाले सबै खेललाई हेर्ने समान दृष्टिकोण हुनुपर्नेमा जोड दिँदै हाम्रो संस्कृति र परम्परासँग जोडिएको खेललाई नीतिमा राखेर अगाडि बढाउने राखेपको प्रयास रहेको बताए ।
परम्परागत तथा मौलिकता बोकेका खेललाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले राखेपद्वारा आयोजित प्रतियोगितामा उपत्यकाका ९ टिम सहभागी छन् । विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार रूपैयाँ पुरस्कार हात पार्नेछन् । फाइनल बुधबार हुनेछ । त्यसै दिन आइडियल र सञ्जीवनी पनि तेस्रो स्थानका भिड्नेछन् । (सौस)

प्रतिक्रिया