गणेश थापा र खेलाडीबीच भेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले दक्षिण कोरियामा सम्पन्न एसियन युथ फुटबल फेस्टामा उत्कृष्ट प्रदर्शन गरेका १२ वर्षमुनिका फुटबल टोलीसँग भेट गरेका छन् ।
७ देखि १० अगस्टसम्म कोरियामा सम्पन्न खेलमा नेपालले खेलेका ४ मध्ये ३ खेलका विजयी भएको थियो । एक खेल बराबरीमा टुंगिएको थियो । कुनै पनि गोल नखाई ६ गोल गरेको थियो । प्यालेस्टाइनकोे युथ फुटबल टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले कोरियाको १२ वर्षमुनिको ग्वान्जाओ जेके फुटबल क्लबलाई ३–० ले, कोरियाकै ग्वानमियोङ एलेमेन्ट्री स्कुलको टोलीलाई २–० ले तथा लाओस युथ फुटबल एकेडेमीको टोलीलाई एक– शून्यले पराजित गरेको थियो ।
भेटका क्रममा अध्यक्ष थापाले खेलाडीलाई आफ्नो पढाइसँगै खेलकुदलाई अगाडि बढाउन आग्रह गरेका छन् । भेटका क्रममा अध्यक्ष थापाले प्रत्येक खेलाडीलाई पुरस्कार स्वरूप फुटबल प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया