चेल्सीको बराबरीबाट लिग सुरूआत

eplलन्डन, २४ साउन । शनिबारबाट सुरू भएको इंग्ल्यान्डको घरेलु फुटबल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चेल्सीले बराबरीबाट लिग सुरू गरेको छ ।
शनिबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बनेको चेल्सी स्वान्सी सिटीसँग दुई–दुई गोलको बराबरीमा रोकिएपछि लिग बराबरीबाट सुरूआत गरेको हो ।
ओस्कारको फ्रिकिक गोलबाट चेल्सीले २३औँ मिनेटमा सुरूआती अग्रता बनाएको थियो । २९औँ मिनेटमा स्वान्सीका एयुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि नै ३०औँ मिनेटमा फर्नान्डेजले आत्मघाती गोल गर्दा चेल्सीले फेरि २–१ को अग्रता बनाउँदा पहिलो हाफ २–१ मा सकियो ।
खेलको ५५औँ मिनेटमा चेल्सीका गोलरक्षक थिबाउट कोर्टियसले स्वान्सीका गोमेजलाई फल गरेपछि चेल्सी अन्तिम ३५ मिनेट १० खेलाडीमा सीमित बन्यो । त्यसैमा प्राप्त पेनाल्टीमा गोमेजले नै गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए ।
त्यसपछि १० खेलाडीमा सीमित बनेको फाइदा उठाउन सकेन । चेल्सीका अर्का गोलरक्षक बेजोभिकले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा सकाए । यस्तै शनिबार राती नै भएका अन्य खेलहरूमा एभर्टन र वाटफोर्डले २–२ को बराबरी तथा एस्टन भिल्ला, लिसेस्टर सिटी, क्रिस्टल प्यालेस र म्यान्चेस्टर सिटी विजयी भए ।

प्रतिक्रिया