ओलम्पिक कमिटीमाथि एन्फाको आरोप

ganesh thapaकाठमाडौं, २२ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को बिहीबारका लागि तय भएको निर्वाचन सामान्य प्रक्रिया नपु¥याएका कारण स्थगित भएको दाबी गरेका छन् । एन्फाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै फुटबल संघकै कारण एनओसीको निर्वाचन स्थगित नभएको बताएको छ । एन्फालाई मात्र नभएर अन्य २५ खेलकुद संघलाई पनि निर्वाचनको २१ दिनअघि पत्र नपुगेको दाबी एन्फाले गरेको छ । संघका अध्यक्ष गणेश थापाले विधि, विधान र प्रक्रियामा त्रुटि भएकाले कमिटीको निर्वाचन एक महिनापछि सरेको दाबी गरे । एनओसीले अन्य २५ सदस्य राष्ट्रलाई विधिअनुरूप नै २१ दिनअघि नै निर्वाचन हुने पत्र पुगेको र अर्काे सदस्य संघ एन्फालाई २१ दिनअघि पुग्नुपर्ने चिठी नपुगेको र एक संघलाई मात्रै किन छुटाउने भनेर निर्वाचन स्थगित गर्ने निर्णय बिहीबार गरेको थियो ।
अध्यक्ष थापाले निर्वाचनअघि एनओसीले अदालतको विवाद समाधन गर्नुपर्ने, सरकारसँग समन्वय गरेर निर्वाचन गर्नुपर्ने र एउटै खेलका दुई संघको विवाद हल गर्न पनि माग गरेका छन् । थापाले एनओसीमा सदस्यताका लागि आवेदन दिएका संघलाई के कारणले मान्यता नदिएको त्यो पनि स्पष्ट आग्रह गरे । उनले एनओसीमा मतदान गर्न गठन गरिएका कोठे संघ र निर्वाचनबाट आएका खेलकुदका संघलाई सँगै राखेर विवाद अन्त्य गर्नुपर्ने पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराए । यसैबीच, कार्यसमितिको बैठक नै नबसी एनओसीले निर्वाचन गर्ने निर्णय गरेको खुलेको छ । एनओसीका उपाध्यक्षसमेत रहेका एन्फाका महासचिव धिरेन्द्र प्रधानले नयाँ नेतृत्वको निर्वाचनका लागि कार्यसमिति बैठकनै नबसेको जिकिर गरे । प्रक्रियागत त्रुटिले गर्दा एनओसीको बिहीबार बसेको साधारणसभाले नयाँ नेतृत्वका लागि एक महिनाभित्र निर्वाचन गर्ने गरी निर्वाचन सारेको थियो । तथापि, धेरैको अनुमान अदालतको स्टे अर्डर, केही दिनअघि रुक्म शमशेर राणासँगको सम्झौता, र एउटा ठूलो शक्तिको रुचि ओलम्पिक कमिटीको निर्वाचन सार्नुभएको र एन्फा नेतृत्व पनि यसैमा सहमत रहेको अनुमान धेरैको रहेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले ओलम्पिक कमिटी आफ्नो विधानअनुसार चल्ने र अन्य कुनै कुराले प्रभावित नहुने बताए । उनले भने, ‘हामी प्रक्रियागत रूपले अघि बढ्नेछौँ ।’

प्रतिक्रिया