काठमाडौं । रुसको कजानमा जारी १६ औँ फिना विश्व च्याम्पियनसिपमा गौरिकाले दोस्रो राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छिन् । उनले १०० मिटर फ्रिस्टाइल १ मिनट ३.२३ सेकेन्डमा पूरा गर्दै आप्mनो नाममा रहेको कीर्तिमानमा ६८ डिजिटले सुधार गरेकी छिन् । यसअघि उक्त दूरीमा उनको १ मिनट ३.९१ सेकेन्डको समय कायम थियो । उनले उक्त समयको कीर्तिमान जेठमा काठमाडौंमा सम्पन्न २०औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेकी थिइन् ।
उक्त प्रतिस्पर्धाको हिटमा दोस्रो स्थानमा आएकी उनी समग्रमा ८१औँ स्थानमा रहेको टिम व्यवस्थापक वासुदेव निरौलाले जानकारी गराए । प्रतियोगितामा ९० खेलाडीहरूको सहभागिता रहेको थियो । (सौस)
प्रतिक्रिया