केशवको उत्कृष्ट प्रदर्शन जारी

keshavदुबई । युएईमा जारी एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपमा नेपालका राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठको उत्कृष्ट प्रदर्शन दोस्रो चरणसम्म पनि कायम रहेको छ । पहिलो चरणमा भारतीय ग्रान्डमास्टर देबासिस दाससँग बराबरी गरेका केशवले दोस्रो चरणमा भारतकै ग्रान्डमास्टर एमआर बैकटेससँग पनि बराबरी गरे । तेस्रो चरणमा केशवले फिलपिन्सका अन्तर्राष्ट्रिय मास्टर पास्कुवा हरिदाससँग खेल्नेछन् ।
८३ खेलाडी सहभागी प्रतियोगितामा केशव ७२औँ वरीयताका खेलाडी हुन् । प्रतियोगितामा ३६ ग्रान्डमास्टर सहभागी छन् । दुई चरण सकिँदा आठ खेलाडीले दुइ अंक नै जोडेका छन् । आठ मध्ये चार भारतीय ग्रान्डमास्टर शीर्ष स्थानमा छन् । सूर्य सेखर गांगुली, सन्दीपन चन्द, विष्णु प्रसन्ना भी र ललितबाबु एमआर शीर्ष स्थानमा छन् । यसैगरी, उज्वेकिस्तानका जोगेन्धिर भाखिमोभ, इरानी ग्रान्डमास्टर इडानी पोइया र डारिनी पोरिया र चीनका अन्तर्राष्ट्रिय मास्टर वांग चेनले पनि दुई अंकमा दुई अंक नै जोडेका छन् ।
महिलातर्पm पनि आठ खेलाडीले दुई चरणमा दुई अंक नै जोडेका छन् । दुई अंक नै जोड्नेमा तीन भारतीय रहेका छन् । अन्तर्राष्ट्रिय मास्टर पद्मिनी राउत, विजयलक्ष्मी सुब्रमन र डब्लु जिएम मारी एन गोमेज रहेका छन् । इरानकी डब्लु जिएम अटासा पाउराछियान र हाकिमी फर्द राना रहेका छन् । काजकस्तानकी डब्लु जिएम डिनारा साकुद्सोभा, चन्की डब्लुजिएम झाङ, जिआउयन र इन्डोनसियाकी डब्लु जिएम एलिया मेडिना वाडा रहेका छन् । (एजेन्सी)

प्रतिक्रिया