गर्मी बढेपछि झापाका विद्यालय एक साताका लागि बन्द

Garmi In Nepalझापा, १४ साउन । झापामा गर्मी बढेपछि आजदेखि निजी विद्यालयले एक हप्ताका लागि पठनपाठन बन्द गरेका छन् ।

गर्मीका कारण धुलाबारीको इस्ट होराइजन उमावि, हिमालयन, इङ्लिस एकेडेमी, काँकडभिट्टाको नर्थपोइन्ट बोर्डिङ स्कुल, मेची मोडल एकेडेमीलगायतले नर्सरीदेखि कक्षा सातसम्मको पठनपाठन आजदेखि बन्द गरेका हुन् ।

माविस्तरका कक्षा भने बिहानको समय सञ्चालन गरिरहेको इस्ट होराइजन उमाविका प्राचार्य सन्दिप राईले बताए । गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।

सामुदायिक विद्यालय बर्खे बिदाका कारण बन्द रहेका छन् । झापामा विगत तीन दिनयता तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ ।

गर्मीका कारण झापाका बजार र यातायातको चहलपहल समेत न्यून भएको पाइएको छ । बजारमा चिसो पेय पदार्थ, आइसक्रिम, खरबुजालगायतको बिक्री बढेको छ ।

प्रतिक्रिया