असीको दशकका तीन स्टारबाट फिफा अध्यक्षमा दाबेदारी

aliiज्युरिच । विश्व फुटबल महासंघ(फिफा) को अध्यक्ष पदबाट सेप ब्लाटरको राजीनामासँगै फुटबलका हस्ती तथा फुटबलका विभिन्न क्षेत्रका पदाधिकारी दाबेदारी सुरु हुन थालेको छ । सन् २०१६ को फेब्रुअरी २६ मा फिफाको अध्यक्ष पदको लागि चुनाव हुँदै छ ।
त्यसैक्रममा युरोपियन फुटबल महासंघ (युएफा)का अध्यक्ष मिचेल प्लाटिनीले विश्व फुटबल महासंघ
(फिफा)को अध्यक्ष पदमा उम्मेदवारी दिने आधिकारिक घोषणासमेत गरे । त्यस्तै फुटबलका हस्ती अर्जेन्टिनाका मिथक व्यक्तित्व डिएगो म्यारोडोना र ब्राजिलका पूर्व स्टार खेलाडी जिंकोले पनि उम्मेदवारी घोषणा गरे । यसअघि अध्यक्ष पदका लागि लडिसकेका जोर्डनका राजकुमार अलि बिन अल हुसैन पनि पुनः अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।
हालै मात्र पिताको निधनबाट मर्माहित बनेका म्याराडोनाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरे । जिकोले भने ब्राजिल फुटबल संघलाई जानकारी गराई समर्थन जुटाउन लागि परिरहेका छन् । त्यसका लागि उनले ब्राजिल फुटबल संघलाई पत्रचार गरिसकेका छन् । जिकोले भनेका छन् , ‘मैले १० वर्षसम्म आफ्नो देशबाट फुटबल खेल्दै पसिना बगाएको छु र मलाई विश्वास छ संघले पनि त्यसको मूल्यांकन गर्नेछ ।’
म्याराडोना र जिंको दुवै आ–आफ्नो समर्थन जुटाउनका लागि विभिन्न देशका फुटबलकर्मीसँग सल्लाह गरिरहेका छन् । म्यारोडोनाले आपूm पिताको निधनमा कमजोर नबनेको बताउँदै आपूm पुनः फिफामा फर्कन लागेको बताएका छन् । यसअघि मे २९ मा सम्पन्न भएको फिफाको अध्यक्ष पदको चुनावमा उनले जोर्डनका राजकुमार अलि बिन अल हुसैनलाई समर्थन गरेका थिए तर हुसैन ब्लाटरसँग सहजै पराजित भए । तथापि, पाँचौँपटक फिफा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका ७९ वर्षीय सेप ब्लाटरको उत्तराधिकारी बन्न प्लाटिनीलाई मुख्य दाबेदार मानिएको छ । प्लाटिनीले छिट्टै आधिकारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । फिफाको नयाँ अध्यक्ष छान्न आगामी २६ फेब्रुअरीमा स्विट्जरल्यान्डको ज्युरिचमा विशेष साधारणसभा बोलाइएको छ । अध्यक्षका प्रत्यासीले २६ अक्टोबरसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ । प्लाटिनीलाई जोर्डनका राजकुमार हुसेनले टक्कर दिए पनि पराजित गर्न भने कठिन हुनेछ । फिफाका महत्वपूर्ण चार महासंघले प्लाटिनीलाई सर्मथन गर्ने संकेत दिएका छन् । प्लाटिनीलाई युरोप, एसिया, दक्षिण अमेरिका तथा उत्तर अमेरिकी फुटबल महासंघले साथ दिने सम्भावना छ । यी चारओटा महासंघसँग एक सय ४४ भोट छ । हुसेनको पक्षमा भने हालसम्म कुनै पनि क्षेत्रीय फुटबल महासंघले औपचारिक निर्णय गरेका छैनन् ।
विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार जिंको र म्यारोडोनाले अध्यक्ष पदका लागि दाबेदारी गरी रहे पनि त्यसबेला मनोनयन दर्ता गर्न नसक्ने बताइरहेका छन् । सन् १९८६ को वल्र्डकपका प्रख्यात कमेन्टेटर विक्टो ह्युगो मोराल्सले यस कुरालाई खण्डन गर्दै म्यारोडोनाले मनोनयन दिने र उनी अध्यक्ष पदका लागि कट्टर प्रतिस्पर्धीसमेत हुने बताएका छन् ।
यसअघि फिफामा आर्थिक अनियमतिताबारे एक दर्जन पदाधिकारी पक्राउ परेपछि डराएका अध्यक्ष सेप ब्लाटरले पुनः अध्यक्ष पदमा जित हासिल गरेता पनि त्यसलाई त्यागेको घोषणा गरेसँगै नयाँ अध्यक्षको दौड सुरु भएको हो । ब्लाटरले अध्यक्ष पदबाट राजीनामा दिए पनि हालसम्म पनि फिफाको अध्यक्षको कार्यलयबाट नहट्ने र अर्काे उत्तराधिकारी नआएसम्म काम गर्ने बताएका छन् । उम्मेदवारी घोषिणा गरेका जिको, म्यारोडोना र प्लाटिनी ८० का दशकका तीन स्टार हुन् । (एजेन्सी)

प्रतिक्रिया