भेट्रान एथलेटिक्सलाई सदस्यसचिवको बिदाइ

vetran-at;eticsकाठमाडौं । २१औँ वल्र्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने १४ भेट्रान खेलाडीसहित १९ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बुधबार बिदाई गरे । ४ देखि १६ अगस्टसम्म फ्रान्सको लियोन हुने च्याम्पियनसिपमा नेपाली टोलीले पहिलोपटक सहभागिता जनाउँदै छ । सहभागी हुन जाने टोलीमा भीमसेन अवाले, बालकृष्ण डंगोल, मनिष जोशी, सावित्री थापा खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । सहायक प्रशिक्षकमा विश्वरत्न मानन्धर

रहेका छन् ।
टोलीसँगै नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही, मिडियाबाट विजय पाण्डे र रामकृष्ण आले मगर पनि फ्रान्स जानेछन् । उक्त अवसरमा बोल्दै सदस्यसचिव विष्टले टोलीलाई शुभकामना व्यक्त गर्दै भेट्रान्स खेलाडीहरू राष्ट्रका गहना भएकोले यिनीहरूको संरक्षण गर्नुपर्ने र यसबाट राष्ट्रले फाइदा लिनुपर्नेमा जोड दिँदै यसको विकास र विस्तारमा आपूmले सक्दो पहल गर्ने बताए ।
टोलीलाई नेपाल भेट्रान एथलेट कमिटीका अध्यक्ष जेएनदाई शर्मालगायतले शुभकामना प्रदान गरेका थिए । च्याम्पियनसिपमा विभिन्न एक सय ८८ राष्ट्रका आठ हजार चार सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् । टोली दुई अगस्टमा त्यसतर्फ जाँदै छ । (सौस)

प्रतिक्रिया