तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे

Hanging-Genericदमक, १२ साउन । झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आव २०७१/७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, आव ०७०/७१ मा ३८ तथा ०६९/७० मा २६ जनाले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । साथै, पछिल्लो तीन आवभित्र २७ जनाले विष खाएर आत्महत्या गरेका छन् ।

सोही अवधिमा यी क्षेत्रमा घटेका विभिन्नखाले सवारी दुर्घटनामा परी ५८ जनाले ज्यान गुमाएका छन् ।

आव २०७१/७२ मा १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

त्यस्तै आव २०७०/७१ मा १३ तथा ०६९/७० मा २७ जनाले ज्यान गुमाएका थिए । आव ०७१/७२ मा सबै प्रकारका २३० वटा मुद्दा दर्ता भएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक ईश्वर कार्कीले बताए ।

प्रतिक्रिया