मेक्सिको सिटी, १२ साउन । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन गरी तीन महादेशीय गोल्डकप प्रतियोगिताको उपाधि मेक्सिकोले कीर्तिमानी सातौँपल्ट गोल्डकप जितेको छ ।
फिलाडेलफिला लिंकन फाइनान्ससियल मैदानमा आइतबार राती भएको खेलमा मेक्सिकोले पहिलोपल्ट फाइनल खेल खेलिरहेको क्यारेबियन राष्ट्र जमैकालाई ३–१ गर्दै पराजित गर्दै कीर्तिमानी सातौँपल्ट गोल्डकप आफ्नो पोल्टामा पारेको हो । मेक्सिकोले यसअघि १९९३, १९९६, १९९८, २००३, २००९ र २०११ म गोल्डकप जितेको थियो ।
मेक्सिकोको जितमा एन्ड्रेस गोर्डाडो, जेसस कोरोना र ओरिब पेराल्टाले एक–एक गोल गरे । जमैकाका लागि म्याटोक्सले सान्त्वना गोल गरे । निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ३१औँ मिनेटमा एन्ड्रेस गोर्डाडाले भलीमार्फत सुन्दर गोल गरेपछि मेक्सिकोले सुरुआती अग्रता बनायो । दोस्रो हाफको दोस्रो मिनेटमा नै जेसस कोरोनाले जमैकाको कमजोर डिफेन्सको फाइदा उठाउँदै अर्काे गोल गरेपछि मेक्सिकोको अग्रता २–० मा पुग्यो । २–० ले पछि परेपछि जमैकाले आफ्नो स्वाभाविक खेल देखाउन सकेन । ६१औँ मिनेटमा पुनः डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै ओरिव पेराल्टाले सहजै गोल गर्दै अग्रता ३–० मा पु-याए ।
खेल सकिन १० मिनेट बाँकी रहँदा म्याटोक्सले गोल गर्दै खेलमा फर्कने संकेत गरे पनि त्यसपछि गोल गर्न नसक्दा पहिलो पटककै फाइनलमा उपाधि जित्नबाट वञ्चित बन्यो ।
‘हामी एकदमै खुसी छौँ ।’ मेक्सिकोका प्रशिक्षक मिगेल हरेराले भने, ‘हामीले बलमाथि नियन्त्रण लिँदै आफ्नै रिदममा खेल्यौँ । यौ सबैका लागि ठूलो सन्तोषजनक कुरा हो ।’ ‘यो हाम्रो लागि सिल्भर मेडल होइन । गोल्डमेडल नै हो ।’
पराजित भएपछि जमैकाका प्रशिक्षक बिनपे्रड स्क्याफरले भने, ‘यसमा कसैलाई केही भन्नु छैन । यो टोलीले उत्कृष्ट खेल खेलेको हो । जमैकाको प्रशिक्षक हुन पाएकोमा म आपूलाई एकदमै गर्वको महसुस गर्छु र जमैकालाई पनि विशेष धन्यवाद दिन चहान्छु ।
जितसँगै मेक्सिको सन् २०१७ रसियामा हुने कन्फेडेरेसन कपको अमेरिकाविरुद्वको प्लेअफ खेलको लागि छनोट हुन सफल भएको छ । मेक्सीकोले अमेरिकासँग ९ अक्टोबरमा प्ले अफ खेल्दैै छ ।
प्रतिक्रिया