मालिंगाको कप्तानीमा पाँच नयाँ खेलाडी

malingaलोहोर । पाकिस्तानविरुद्धको टी–ट्वान्टी शृंखलाका लागि श्रीलंकाले टोलीको घोषणा गरेको छ । उक्त शृंखलामा लासिथ मालिंगाको कप्तानी गर्नेछन् । टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ ।
तथापि टोलीमा एकदिवसीय टोलीको उपकप्तान लाहिरू थिरिमाने र दिनेश चण्डिमाललाई टी–ट्वान्टीमा समावेश गरिएको छैन तर टोलीमा चामरा कपुगेदराले श्रीलंकाबाट तीन वर्षपछि पुनरागमन गरेका छन् ।
१४ र १६ साउनमा छनोट गरिएको टोलीमा बलिङतर्फ तीव्र गतिका बलर बिनुरा फर्नान्डो, लेग स्पिनर जेफ्री भान्डरसे छन् । ब्याट्सम्यानतर्फ भने सेहन जयसूर्या, दासुन सनाका र धनञ्जय डि सिल्भालाई मौका दिइएको छ ।
त्यस्तैगरी, पुराना खेलाडीमा भेट्रान खेलाडी तिलकरत्ने दिलसान, कुशल परेरा, थिसारा परेरा, एन्जोलो म्याथ्युज, नुवान कुलसेकरा, किथ्रुवान भिथान्गे, चतुरांगा डि सिल्भा र मिलिन्दा सिरिवर्धने टोलीमा परेका छन् । (एजेन्सी)

प्रतिक्रिया