यसपटक अमेरिकाकै प्रभाव रहने

Justin_Gatlin_by_Augustas_Dन्युयोर्क, ९ साउन । विश्वका स्टार एथलेट चीनको बेइजिङमा २२ देखि ३० अगस्टमा व्यस्त रहनेछन् । इन्जुरीबाट फर्किएका युसेन बोल्ट र फर्ममा रहेको जस्टिन ल्याटलिन १५औँ विश्व च्याम्पिसिप अघि नै सर्वाधिक चर्चामा रहनेछन् । विश्व कीर्तिमानधारी बोल्टले अबका दिनमा आफूलाई कत्ति सुधार गर्दै ग्याटलिनको प्रतिस्पर्धीको रूपमा आफूलाई प्रस्तुत गर्छन् । सबैको चासो बनेको छ । एक वर्षमा ११ देशका २३ एथलेटले १ सय मिटर १० सेकेन्ड भन्दा कम समयमा पूरा गरे । यसमा नौ जना अमेरिकी छन् ।

सन् २०१०को मार्चसम्म रहेका तीन प्रतिस्पर्धीमध्ये अन्ततः लन्डन र कोर्जोलाई पछि धकेल्दै बेइजिङले आयोजनाको अवसर पाएको हो । आयोजकले आफ्नो रंगशालाको तयारीसहित बिडिङ गर्नुपर्ने अन्तर्राष्ट्रिय एमच्योर एथलेटिक्स महासंघको प्रावधान र लन्डनको ओलम्पिक तयारीको बाध्यताका
कारण चीन स्वाभाविक हकदारको रूपमा अघि सरेको थियो ।
यसपटक हुने ४७ स्पर्धाको भिडन्तमा अमेरिका नै अब्बल हुने स्वभाविक लख काटिएको छ । पछिल्लो आधा दशकभन्दा बढी समयको जमैकाको स्प्रिन्ट दबदबालाई चिर्ने सम्भावना प्रबल भएको छ । यदि त्यसो भएमा अमेरिका नै स्वाभाविक रूपमा १५औँ विश्व च्याम्पियनसिपको निर्विवाद पहिलो शक्तिको रूपमा उभिनेछ ।
अमेरिकाको प्रतिनिधित्व गर्नेहरू १ सय मिटर धावकहरूमा जस्टिन ग्याटलिनसहित, टाइसन गे, माइक रोजर्स र ट्रायभन ब्रोमेल रहेका छन् । यसैगरी, दुई सय मिटरमा जस्टिन ग्याटलिन इसिया योग र वालेस स्पेरम्यान छन् । यसैगरी, ४ सय मिटर डेबिड भर्गर पूर्वच्याम्पियन लाउसन मेरिट, भर्ननन लरउड र ब्रेसन नेलुम रहेका छन् । ८ सय मिटरमा निक साइमन्ड्स हित तीन जना रहेका छन् । १ सय १० मिटर हर्डल्समा १ सय १० मिटर हर्डल्समा डेवड ओलिभर, रोनिस एस, एरिस मेरिट र एलेस हेरिट छन् । ४ सय मिटर हर्डल्समा माइकल टिन्सेसहित वर्षा ज्याकस, जोनी डच र कर्नान क्लेमेन्ट रहेका छन् ।
१ सय मिटरमा नयाँ पुस्ताको प्रतिनिधत्व गर्दै टोरी बो, इंग्लिस गार्डनर र जस्मित टोड छन् । २ सय मिटरमा साविक विजेता एलिसन फेलिक्स, हित जेना प्रान्डिनी, क्यान्डाइस म्याकक्राइन र जेनेवा ट्रोन्डोन छन् । ४ सय मिटरमा फेलिक्ससहित नाटासा हास्टिंग्स र फिल फ्रान्सिस छन् । १ सय मिटर हर्डल्स ब्रायना रोलिन्ससहित डान हार्पर नेल्सन, केनी हारिसन र सारिका नेल्भिस छन् ।

प्रतिक्रिया