चेसुङ वाइनकर्पोरेट फुटसल शनिबार

futsalकाठमाडौं । कर्पोरेट हाउसबीच आपसमा सम्बन्ध बिस्तार तथा भाइचारा बढाउनका लागि थ्री आर बिजनेस इन्क प्रालि बालकोटले प्रथम चेसुङवाइन कर्पोरेट फुटसल प्रतियोयोगिता शनिबार गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा थ्री आर बिजनेस इन्क प्रालिका प्रबन्धनिर्देशक रसिन खड्काले प्रतियोगिता बारे जानकारी गराए ।
प्रबन्धनिर्देशक खड्काले नेपालका प्रतिष्ठित कर्पोरेट हाउसहरूले सहभागिता जनाएकाले हौसला बढेको बताउँदै कर्पोरट क्षेत्रमा खेलाडीहरुको पहँुच बढाउन तथा रोजगारीको अवसर सिर्जना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए । ‘सबैका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्नेछौँ’ निर्देशक खड्काले बताए । मुख्य प्रायोजक तीनजुरे वाइन प्रालिका अध्यक्ष मोहनविक्रम लामाले सामाजिक क्षेत्रमा लगानी गर्न पाउँदा खुसी लागेको बताए ।
एक दिने प्रतियोगितामा १६ टिमलाई चार समूहमा विभाजन गरी लिगकम नक आउट आधारमा खेलाइने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा सहभागी टिममा एभरेस्ट बैंक लि,  एअर एसिया, अन्नपूर्ण पोस्ट,  अन्नपूर्ण होटल, प्रिज्मा एड, मेरिडियन हेल्थ सर्भिस, सिभिल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, आइएमई एक्सप्रेस, आइएमई अटोमोबाइल्स, गौतम ओभरसिज, बुद्ध एयर, तीनजुरे वाइन र सनराइज बैंक रहेका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेता टिमले आकर्षक सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम हुने टिमका नौ जना खेलाडीको जोडीलाई धुलिखेल लज रिसोर्टमा नाइट स्टेको साथै अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । दोस्रो हुने टिमको नौ जना खेलाडीका लागि होटल सांग्रिलामा फ्राइडे नाइट वारविक्यु डिनरलगायत अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले काठमाडौं मलेसिया काठमाडौंको एअर एसियाको टिकट, बन्दीपुर माउन्टेन रिसोर्टमा एक कपलको लागि नाइट स्टे, अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी हाइ स्कोररको जोडीलाई बुद्ध एअरबाट उपलव्ध भएको माउन्टेन फ्लाइटका साथै अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने बेस्ट गोलकिपर र बेस्ट डिफेन्सका जोडीलाई बन्दीपुर माउन्टेन रिसोर्टमा नाइट स्टेको साथै अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । (सौस)

प्रतिक्रिया