भिलेजको तयारी अन्तिम चरणमा

रियो दि जेनेरियो । अघिल्लो वर्ष २०औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक आयोजना गरेको ब्राजिल अहिले अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगिताको तयारीमा तीव्र रूपमा जुटेको छ ।
यसैबीच, ब्राजिलले रियो ओलम्पिकको लागि खेलाडीहरू बसोबास गर्ने ओलम्पिक भिलेज निर्माणको क्रम अन्तिम चरणमा पुगेको बताएको छ । २०१२ बाट सुरु भएको ओलम्पिक भिलेज निर्माणको कार्य ८५ प्रतिशत सकिएको ठेकेदार कम्पनीले दाबी गर्दै फेबु्रअरीको अन्तिममा भिलेज निर्माणको सम्पूर्ण काम सकिने बताएको छ ।
निर्माण कार्य सकिएपछि ओलम्पिक भिलेज आयोजक कमिटीलाई हस्तान्तरण गरिनेछ । ओलम्पिक खेलकुद अर्को वर्ष जुलाईबाट सुरु हुँदै छ । यसपटक ओलम्पिक भिलेजमा अत्यधिक सोलर ऊर्जा र हरित प्रणाली प्रयोग गरिएको ब्राजिलियन अधिकारीहरूले दाबी गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया