काठमाडौं । नेपाल र भारतबीच अगामी भदौ १४ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ । उक्त प्रतियोगिता भारतको पुनेको बेलवादी रगंशालामा हुनेछ ।
नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलबारे यसअघि नै मिति तय भए पनि खेलस्थान फिक्स गर्न बाँकी थियो । भारतीय फुटबल सघंले दुई देशबीचको खेलस्थान पुनेमा हुने जनाएको हो ।
भारतले फिफा विश्वकप छनोट २०१८ र एसियान कप २०१९ को तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसका लागि भारतले सेप्टेम्बर ८ मा इरानसँग छनोट खेल खेल्दै छ ।
भारतको तुलना निकै बलियो मानिएको इरानले भारतलाई सहजै पराजित गर्न सक्ने बुझिएको छ । त्यसका लागि समेत भारतले निकै राम्रो तयारीसमेत गर्दै विभिन्न देशसगँ मैत्रीपूर्ण खेल खेल्नसमेत लागेको छ ।
त्यस्तै भारत र नेपालबीचको फुटबल समयअनुसार फरकफरक नतिजा आउने समेत गरेको छ । यसअघि गत मार्चमा भारतकै गुहाटीमा भएको विश्वकप छनोट खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गर्दै नेपाललाई निरास तुल्याएको थियो ।
तथापि नेपालमा नै भएको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । जुन नतिजासँगै नेपालले विश्वकप छनोट यात्रामा पूर्णविराम लगाएको थियो । दक्षिण एसियामा सबैभन्दा अन्तिममा रहेको नेपाल विश्व वरीयतामा १ सय ८५ र भारत १ सय ५६ औँ स्थानमा छ । (सौस)
प्रतिक्रिया