मोडलिङमा भविष्य खोज्दै कल्पना

kalpanaकाठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गरेकी छन् कल्पना धिताल । यही क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने उनको अठोट छ । पूर्वको सहर ईटहरीमा बस्दै आएकी कल्पना मोडलिङमै जम्ने सुरमा छिन् । उनी पेसाले एमआर (मार्केटिङ रिप्रेजेन्टेटिभ) हुन् । सुरुमा साथीसँगीको सल्लाहमा मोडलिङ सुरु गरेकी कल्पना अहिले यही पेसामा जम्न सकिने आशा पलाएको बताउँछिन् ।

‘मोडलिङमा लागेर भविष्य बनाउनेहरू देखेकी छु । अब म पनि रंगीन दुनियामा रमाएर करिअर चम्काउन चाहन्छु,’ उनले भनिन्, ‘सुरुमा रहरले मोडलिङ गरेँ अब यसैलाई पेसा बनाउने तयारीमा छु ।’
त्यसो त लोक, आधुनिक सबै खालका गीतमा मोडलिङ गरिसकेकी छन् कल्पनाले । मोडलिङमा मात्रै सीमित हुने उनको सोच छैन । राम्रो भूमिका पाए चलचित्रमा समेत अभिनय गर्ने कल्पनाले बताइन् ।
केही चलचित्रबाट प्रस्ताव आएको बताउने कल्पना जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने बताउँछिन् । उनको बुझाइमा हरेक चलचित्रले समाजका लागि केही न केही दिएकै हुनुपर्छ । त्यस्ता चलचित्रमा मात्रै आपूmले काम गर्ने उनले खुलाइन् ।
नेपाली चलचित्रमा गुणस्तरको बहस हुँदै गरेको बुझेकी छन् कल्पनाले । उनलाई लाग्छ, ‘अब नेपालमा स्तरीय चलचित्र बन्छ ।’ मिस पूर्वाञ्चलमा सहभागी भएकी कल्पनाले उपाधिका लागिभन्दा पनि अनुभवका लागि कार्यक्रममा सहभागी भएकी सुनाइन् ।
नेपाली चलचित्रमा महिलाको उपस्थिति कमजोर भएको टिप्पणि हुँदै आए पनि नेपाली नायिका कमजोर नभएको कल्पनाको बुझाइ छ । केही नायिकाले बेजोड काम गरेको धारणा राख्दै उनी भन्छिन्, ‘पुरुषहरूले महिलाबाट सिक्ने कुरा धेरै छन् ।’

प्रतिक्रिया