७ हजार हेक्टर जमिनमा सिँचाइ

काठमाडौं, ४ साउन । सुक्खा क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सरकारले गत वर्ष सात हजार चार सय ५३ हेक्टरमा स्यालो ट्युबबेलमार्पmत सिँचाइ सुविधा प्रदान गरेको छ ।

विशेष गरी तराईका विभिन्न जिल्लामा सहज रूपमा कृषि उपज उत्पादन वृद्धि गराउनका लागि अनुदानमा स्यालो ट्युबवेल जडान गरेको हो । स्यालो ट्युबवेल जडानका लागि सरकारले विगत तीन वर्षदेखि किसानलाई अनुदान प्रदान गर्दै आएको छ । सरकारले गत आर्थिक वर्षमा सम्पन्न गरेको सिँचाइ क्षेत्रसँग सम्बन्धित कार्य प्रगति विवरणअनुसार डिप ट्युबबेलतर्फ ११ वटा नयाँ ट्युबवेल र १७ वटा क्रमागत डिप ट्युबवेल निर्माण सम्पन्न भएको छ । सिँचाइ सुविधाको अभावमा कृषियोग्य क्षेत्रमा सोचेजति खाद्यान्न उत्पादन हुन नसकेकाले सिँचाइ सुविधा वृद्धि गर्न विशेष ध्यान दिइएको छ । सरकारले ठूला सिँचाइ आयोजना निर्माणको कामलाई पनि विशेष रूपमा अगाडि बढाएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । सुरुङ निर्माणका लागि परामर्श सेवा अगाडि बढाउन सरकारले आवश्यक प्रक्रिया सुरु गरेको छ ।
यस्तै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिक्टा सिँचाइ आयोजनालाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । पश्चिम नेपालको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने सो आयोजनाले लक्ष्य राखेको छ । महाकाली सिँचाइ आयोजनाको मूल नहरको तीनदेखि १३ किमीसम्म नहर निर्माणको कार्य जारी रहेको छ । मूल नहरको तीन किमीभित्रको संरचना निर्माण कार्य जारी रहेको छ । बृहत् सिँचाइ आयोजनामा कोसी पम्प, कोसी वितरण प्रणाली, चन्द्र नहर, कमला सिँचाइ आयोजनाको ठेक्का सम्झौता स्वीकृत भई कार्य सुरु गरिएको छ भने नारायणी नहरको पुनःस्थापना कार्य ६० प्रतिशत सम्पन्न भएको छ । मर्मत सम्भार आयोजनातर्फ सात सय वटा किसान व्यवस्थित सिँचाइ योजना, २९ वटा संस्थागत व्यवस्थित र १५ वटा अन्य परियोजनामार्फत अगाडि बढाइएको छ ।
सरकारले टार क्षेत्रमा नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीको माध्यमबाट कुल ६ सय हेक्टरमा थप सिँचाइ सुविधा उपलब्ध गर्ने लक्ष्य राखेकामा सो कार्य पूरा हुने चरणमा रहेको छ । त्यसैगरी जोखिमयुक्त जिल्ला सदरमुकाम एवं क्षेत्र बचाउ कार्यक्रमअन्तर्गत भद्रपुर, दुनै, चैनपुर, दिक्तेल र बेनी बचाउ कार्यक्रम पनि सुरु गरिएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको शाखा नहरको आधुनिकीकरणका कार्य जारी रहेको, इन्टेक निर्माण, मूल नहर, फिडर नहर, ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्य जारिरहेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । बबई सिँचाइ आयोजना पूर्वतर्पm २० किलोमिटर, मूल÷शाखा प्रशाखा नहर तथा पश्चिमतर्पm ढोढरी मूल नहरको १६ किलोमिटर निर्माण चालु रहेकामा जम्मा नौ दशमलव पाँच किलोमिटर निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया