हटाइए असाई

डा. अजिज बशीर अशाई

डा. अजिज बशीर अशाई

काठमाडौं, १ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा आयरल्यान्ड र स्कटल्यान्डमा जारी क्रिकेट प्रतियोगितामा भारतीय चिकित्सकले नेपाली खेलाडी बसेको हेटेलमा महिला कर्मचारीमाथि अभद्र व्यहार गरेको रहस्य खुलेको छ ।

आइसिसी टी–२० वल्र्ड कप क्वालिफायरस् क्रिकेट प्रतियोगिताका क्रममा नेपाली क्रिकेट टिमका लागि फिजियोथेरापिस्ट नियुक्त गरिएका भारतीय चिकित्सक डा. अजिज बसिर असाईले होटेलका महिलामाथि अभद्र व्यवहार गरेका थिए । महिलामाथि अभद्र व्यवहार गर्नुका साथै यौनजन्य क्रियाकलाप गरेको आरोपमा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको थियो । तर, नेपाली खेलाडीहरू जमानी बसेर उनलाई रिहाइ गराए पनि डा. असाईले तारिख खेपिरहेका छन् । उनको पासर्पोट आयरल्यान्ड प्रहरीले आफ्नो कब्जामा राखेको छ ।
प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरिरहेका बेला भारतीय चिकित्सकले हेटलका महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ । उनकै कारण पनि नेपाली टोलीले विश्वकप क्वालिफायरस् क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको हुनसक्ने जानकारको भनाइ छ । खेल जित्न टिममा सबै वातावरण राम्रो हुनुपर्छ, तब मात्रै खेलाडीले राम्रोसँग आफ्नो प्रतिभा मैदानमा उतार्न सक्छन् ।
आयरल्यान्डस्थित ‘ला मोन होटेल’मा डा. असाईले होटेलका महिला कर्मचारीलाई जबर्जस्ती यौनजन्य कार्य गर्न खोजेको आरोप छ । सोही कारण उनलाई टिमको जिम्मेवारीबाट हटाइएको नेपाल क्रिकेट संघले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ । क्रिकेट संघले भारतीय चिकित्सक डा. असाईसँगको सम्झौता बिहीबारदेखि लागू हुने गरी रद्द गरेको जनाएको छ । उनले अब तत्कालका लागि नेपाली टिममा फिजियोथेरापिस्टको जिम्मेवारी पाउने छैनन् ।
यही ६ जुलाईदेखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा आइसिसी टी–२० विश्वकप क्वालिफायरस् क्रिकेट प्रतियोगिता चलिरहेको छ ।

प्रतिक्रिया