एलिना बनिन् एसएलसी आइकन

Nepali-Tarunuharuकाठमाडौं । अल नेपाल पब्लिकेसनले एसएलसी उत्तीर्ण किशोरीबीच बुधबार राजधानीमा आयोजना गरेको ‘मिस एसएलसी आइकन २०१५’ मा एलिना श्रेष्ठले उपाधि चुमेकी छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा उनले ‘वेस्ट स्किन’को विधागत अवार्ड पनि पोल्टामा पारिन् । १२ एसएलसी छात्राबीच भएको प्रतियोगितामा कुसुम कोइराला ‘मिस क्याटवक’सहित फस्ट रनरअप र वर्षा लोप्चन ‘वेस्ट हेयर’सहित सेकेन्ड रनरअप बने ।
प्रतियोगितामा दीक्षा अधिकारी ‘मिस फोटोजेनिक’, अञ्जिला महर्जन ‘वेस्ट स्माइल’ र ‘मोस्ट डिसिप्लेन’, सिञ्जा सुनाम ‘वेस्ट पर्सनालिटि’, बन्दना महर्जन ‘वेस्ट फिजिक’ र ‘मिस टेलेन्ट’, आयुषा खड्गी ‘मिस कन्जीनियालिटी’, निशा सेन ठकुरी ‘भ्युअर्स च्वाइस’, दिया दिवाकर ‘सोसियली रेस्पोन्सिबल’, निकिता महर्जन ‘मोस्ट पपुलर’ र निरुता केसी ‘फेसबुक च्वाइस’ घोषित भए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार प्रतियोगितामा सहभागी सबै १२ किशोरीलाई कक्षा ११ र १२ का लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । प्रतियोगिता कोरियोग्राफर अश्विनी झा थिए ।
सोही स्टेजमा भएको ‘नेपाल किड्स आइकन २०१५’मा बालिकातर्फ जेनस बन्जारा ‘वेस्ट स्माइल’ र ‘मिस ब्युटिफुल’सहित विजेता बनेकी थिइन् भने सेड्निा शर्मा ‘मिस फोटोजेनिक’का साथ फस्ट रनरअप, रोमिया अधिकारी ‘क्युट बेबी अफ द इयर’का साथ सेकेन्ड रनरअप, प्रशना कटुवाल ‘वेस्ट पर्सनालिटि’का साथ थर्ड रनरअप र मेलिना पाण्डे ‘मोस्ट डिसिप्लेन’का साथ फोर्थ रनरअप बने ।
प्रतियोगितामा आरजु थापा ‘मिस क्याटवाक’, सेलिना भुजेल ‘वेस्ट हेयर’, विनिता तामाड ‘वेस्ट फिजिक’, सरना बादल ‘वेस्ट स्किन’, सुप्रिज्ञा सिंह सिपाहि ‘मिस कन्जिनियालिटी’, आइन्सा आचार्य ‘मोस्ट फ्रेन्डली’, सविता नेगी ‘वेस्ट स्पिच’, केलसाड लामा शेर्पा ‘वेस्ट आर्टवर्क’, निर्जला गिरी ‘मोस्ट चार्मिङ’, स्पिहा निरौला ‘वेस्ट फिटनेस’, समृद्धि पोख्ररेल ‘मिस ट्यालेन्ट’, जयनी सुवेदी ‘मोस्ट इस्टालिस’, एन्जिला चौधरी ‘भ्युअर्स च्वाइस’, लक्की शेर्पा ‘मेनेजमेन्ट च्वाइस’ र सौयरी अर्याल ‘मोस्ट पपुलर’ घोषित भए ।
त्यसैगरी, बालकतर्पmको स्पधार्मा प्रतीक तामाङ ‘मिस्टर हयान्डसम’का साथ विजेता भएका छन् भने आयुष कार्की फस्ट रनर अप र वेस्ट फर्सनालिटी भएका छन् । यी प्रतियोगिताको निर्णायकमा दीपक खाँड, सीताराम पोख्रेल, वर्षा सिवाकोटी, सुमित प्रतापजंग राणा, सरोज प्याकुरेल र सपना लामिछाने रहेका थिए । (सौस)

प्रतिक्रिया