कर्मा ल्याउदै अनिल

Anilकाठमाडौं । फिल्मका दर्शकलाई ‘माइती’, ‘मालती’, ‘प्यारी बैनी’, ‘पाइला’ जस्ता फिल्म दिइसकेका निर्देशक अनिल संग्रौला अब ‘कर्मा’ लिएर आउँदैछन् । बोर्ड कास्ट मेनेजेमेन्टमार्फत २८ देश घुमेर स्वदेश फर्किएका उनले भारतीय तथा नेपाली कलाकारलाई लिएर बलिउडमा ‘निर्मोही’ फिल्म पनि बनाएका छन् । सिक्किमलगायतका रमणीय स्थानमा छायांकन गरिएको यो फिल्ममा अभिनेत्री रूपा रानाले पनि अभिनय गरेकी छन् ।
‘कर्मा’ मा आर्यन सिग्देल, जीवन लुइँटेल, निता ढुंगाना, शर्मिला मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । किरणकुमार गौतम, भानु महर्जन, अम्बिका रायमाझी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको कथा अनिलले नै लेखेका हुन् ।
‘मैले कुनै पनि कुराको कम्प्रमाइज नगरी काम गरेको छु,’ अनिलले भने, ‘त्यसकारण पनि दर्शकले फिल्मबाट इञ्जोय लिन्छन् भन्नेमा आशावादी छु ।’ (सौस)

प्रतिक्रिया