टि–ट्वान्टी वरीयतामा नेपाल १५औँ स्थानमा

cricket-association-of-nepaकाठमाडौं । नेपाल पहिलोपटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको विश्ववरीयतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औँ स्थानमा पर्दै पुछारमा रह्यो ।
विश्ववरीयतामा प्रवेश गर्न कुनै पनि टोलीले कम्तीमा आठवटा टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्नेछ । नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप क्रिकेटमा तीन खेल खेलेको थियो ।
त्यस्तै, श्रीलंकामा हङकङसँग एक खेल र नेदरल्यान्डसँग चार खेलको शृंखला खेलेपछि आइसिसीको प्रवाधान पूरा गर्दै वरीयतामा समेटिएको हो । नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टीको आठ खेलमध्ये नेपाल तीनमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ । विश्वकपको छनोट चरणमा नेपालले अफगानिस्तान र हङकङ तथा शृंखलामा नेदरल्यान्डलाई पराजित गरेको थियो ।
त्यसैगरी, वरीयतामा अन्य एसोसिएट्स राष्ट्रमा आयरल्यान्ड १३औँ र नेदरल्यान्ड १२औँ स्थानमा छन् । यसैगरी, अफगानिस्तान एघारौँ तथा स्कटल्यान्ड दसौँ स्थानमा छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियको शीर्ष स्थानमा श्रीलंका रहेको छ । (सौस)

प्रतिक्रिया