गीतकारको सहयोग

काठमाडौं । मलेसियमा रहेर रोजगारी गर्दै आएका गीतकार बाबुलाल स्याङ्तानले मंगलबार राजधानीका दुई दर्जन सञ्चारकर्मीलाई सञ्चारसामग्री वितरण गरेका छन् । सञ्चारकर्मी गोपल बराइलीमार्फत राजधानीमै बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई ब्याग, पेनड्राइभ, डायरीलगायत सामग्री प्रदान गरिएको हो ।
अर्पण ललित नामले चिनिने गीतकार स्याङ्तान ललितपुर इकुडोल निवासी हुन् । उनले पहिलोपटक २०६६ सालमा २ वटा गीत रेकर्ड गराएका थिए । यसपछि उनले कैयौँ गीत रचना गरिसकेका छन् । (सौस)

प्रतिक्रिया