एसएलसीको नतिजामा सुधार हुँदै

काठमाडौं । यस वर्ष पनि एसएलसी परीक्षाको नतिजा गत वर्षभन्दा वृद्धि भयो । २०६६ देखि खस्कँको एसएलसी ०७० सालदेखि फेरि उकालो लाग्न थालको हो ।
गत वर्ष ४३.९२ प्रतिशत उत्तीर्ण भएको एसलएसीमा यस वर्ष ४७.४३ प्रतिशत उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा ३.५१ प्रतिशत बढी हो । ०६९ सालदेखि ओरालो लागको एसएससी अहिले भने दुई वर्षको नतिजामा वृद्धि भएको छ । ०६८ सालमा ४७.१६ प्रतिशत उत्तीर्ण भएको एसएससीमा ०६९ मा ४१.८६ प्रतिशत मात्र उत्तीर्ण भएका थिए ।
एसएलसी ०६६ सालदेखि निरन्तर ४ वर्ष घट्दै गएको थियो । ०६५ मा ६८ दशमलब ४७ प्रतिशत उत्तीर्ण भएकामा ०६६ सालमा ६४ दशमलब ४९ प्रतिशत, ०६७ मा ५५ दशमलब ९५ प्रतिशत, ०६८ सालमा ४७ दशमलब १६ प्रतिशत र ०६९ सालमा ४१ दशमलब ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विगत ३ वर्षदेखि एसएलसीको नतिजामा वृद्धि भएको शिक्षा सचिव पण्डितले शिक्षकले राम्रोसँग पढाएकाले नतिजामा सुधार आएको बताए ।‘अहिले निजी तथा सामुदायिक तहमा प्रिपाइमरी लेभलको पढाइ सुरु गरिएको छ’ उनले भने, ‘यसले गर्दा शिक्षाको लेभल पनि राम्रो भएको हो ।

निजीको खस्कियो सरकारीको बढ्यो
०७१ सालको परीक्षामा ५२.५७ प्रतिशत विद्यार्थी अझै फेल भए । तर, नतिजामा निजी विद्यालयको भन्दा सरकारीको राम्रो भएको छ । कुल ४७.४२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा निजीको उत्तीर्ण प्रतिशत घटेको छ ।
गत बर्षको तुलनामा निजीको ४ प्रतिशत नतिजा खस्केको हो । गतबर्ष ९३.३५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल निजीले यसपटक ८९.३० प्रशितमा मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । निजीमा १ लाख २ हजार ९सय ३९ मध्ये ९१ हजार ९ सय २५ विद्यार्थी उत्तीर्ण भएका छन् भने सामुदायिक विद्यालमा गत वर्षभन्दा ५ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।
सामुदायिकमा ३३.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष २८.२९ प्रतिशत उत्तीर्ण भएका थिए । सामुदायिकमा ३ लाख २ हजार ३ सय ९९ मध्ये १ लाख ३ सय ४२ विद्यार्थी उत्तीर्ण भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले टेस्ट परीक्षा नभएका कारण आफूहरूको नतिजा खस्केको बताए ।
शिक्षाविद् बिके श्रेष्ठले पहिलेको तुलनमा निजीभन्दा सरकारी स्कुलको गुणस्तर राम्रो भएकाले नतिजा बढेको बताए ।

प्रतिक्रिया