भूकम्प भन्ने शब्द हाम्रो लागि एकदम पुरानो हो । त्यो कस्तो होला भन्ने कौतुहलता लाग्थ्यो । तर, २०७२/०१/१२ गते ११ः५६ मा ७.६ रेक्टर स्केलको भूकम्प गएपछि हाम्रो मनको खुलदुली पनि दुर भएको छ । हाम्रो मनमा भूकम्प किन आएको होला भन्ने प्रश्न कैयौंपटक आयो । तर, यस प्रश्नको उत्तर भने हामी सबैले पाएका छैनाँ । उत्तर बुझ्न हामीले पहिला पृथ्वीको बनावट बुझ्नुपर्छ । पृथ्वीको बनावटमा पनि केही खोट पाइएका छन् ।
पहिलो र माथिल्लो तहलाई हामी क्रस्ट भन्छाँ । क्रस्ट ४० किलोमिटर जति मोटो हुन्छ भने समुद्रमुनि चाहिँ ८ किलोमिटर जति मात्र मोटो हुन्छ ।
दोस्रो तहलाई हामी म्यान्टल भन्छौँ । म्यान्टलका भागहरू तातो ढुंगााले निर्मित छन् । त्यसैले यो भाग तरल पदार्थझँै हुन्छ ।
तेस्रो र सबैभन्दा भित्र भएको तहलाई कोर भनिन्छ । यस सतहको तापक्रम ५००० ६००० सेन्टिग्रेड रहेको अनुमान गरिएको छ । यो भाग आइरनले बनेको मानिन्छ ।
सबैभन्दा पहिले त भूकम्प भनेको के हो ? भू र कम्प मिलेर बनेको यस शब्दले हामी सबैको मुटु थर्काएको छ । साधारण भाषामा भन्दा जमिन हल्लिनु अर्थात् जमिनको कम्पनलाई भूकम्प भनिन्छ । भूकम्प दुई प्रकारको हुन्छ । जमिन अगाडि पछाडि हल्लिनु एउटा प्रकार हो, भने माथितल हुनु अर्को हो । यी दुईमध्ये माथि तल गरेर आउने भूकम्प धेरै विनाशकारी हुन्छ । भूकम्प एक प्राकृतिक प्रकोप हो । हामीले आफैँ भूकम्पको सिर्जना गर्न सक्दैनौँ । भूकम्पले ठूलो जनधनको क्षति गर्न सक्छ । ४ रिक्टरभन्दा तलको भूकम्पले हानी पु्याउँदैन । तर, ५ र त्योभन्दा ठूलो भूकम्पले निकै विनाश गर्छ । सबैभन्दा धेरै भूकम्प जाने देश जापान हो । तर, भूबनोट हेर्ने हो भने नेपालको । राजधानी काठमाडांै जापानभन्दा कैयौं गुणा बढी भूकम्पीय जोखिममा छ ।
भूकम्प कसरी आउछ त ?
पृथ्वीभित्र धेरै प्लेटहरू हुन्छन् जुन समयसमयमा विस्थापित हुन्छन् । यस सिद्धान्तलाई अंग्रेजीमा प्लेट टेक्नोनिक्स भनिन्छ । यस सिद्धान्तका अनुसार पृथ्वीको माथिल्लो तह ४० किलोमिटर मोटो हुन्छ ।
क्रस्टमा विभिन्न प्लेट हुन्छन् । सामान्य रूपमा ती प्लेटहरू १० देखि ४० मिमि प्रतिवर्षका गतिले गतिशील रहन्छन् तर कुनै प्लेट १६० मिमिसम्म गतिशील रहन्छन् ।
प्लेटहरू एकआपसमा ठोकिन्छन् र यसबाट पृथ्वी विस्तापित हुन्छ जब ती प्लेटहरू गतिशील हुन्छन् तब तिनीहरू एकआपसमा ठोकिन्छन् । ती प्लेटहरू ठोक्किनाले तरंगहरू उत्पन्न हुन्छन् । यसरी प्लेटहरू ठोक्किदाको परिणाम सुरु ज्वालामुखी पनि उत्पन्न हुन सक्छ ।
प्लेट टेक्नोनिकको यस सिद्धान्तअनुसार पृथ्वीको माथिल्लो तहको रूपमा स्पिन स्थलमण्डल जसमा क्रस्ट र माथिल्लो मेन्टलको केही भाग संलग्न हुन्छन् जसलाई प्लेट भनिन्छ ।
मुख्य रूपमा सातवटा प्लेटहरूले भूकम्पलाई नतिजा दिन्छन् । सामान्यतया ती प्लेटहरूमा ठूलो प्लेटको संख्या सात मानिन्छ । त्यसबाहेक कुनै सामान्य र कुनै सानो आकारका प्लेटहरू पनि हुन्छन् । ती प्लेटहरू मुख्य रूपमा अफ्रिकी प्लेट युरेसियाई प्लेट, उत्तर अमेरिकी प्लेट, प्लेटु, दक्षिण अमेरिकि प्लेट, प्रशान्त प्लेट हिन्दुअस्ट्रेलियाई प्लेटहरू हुन् ।
भूकम्प पृथ्वीको प्लेटहरू एकआपसमा ठोक्किनाले उत्पन्न भएको ऊर्जाका कारण आउँछ । ती प्लेटहरू ठोक्किनाले सिस्मिक तरंगहरू उत्पन्न हुन्छन् जुनचाहिँ भूकम्पको मुख्य कारण हो ।
भूकम्प नाप्न सिस्मोमिटरको प्रयोग गरिन्छ । भूकम्पको अध्ययनलाई सिस्मोग्राफी भनिन्छ । भूकम्प रिक्टर स्केलमा नापिन्छ । रेक्टर स्केलको अविष्कार वैज्ञानिक चाल्र्स फ्रान्सिस रिक्टरले गरेका थिए । ३ अथवा यसभन्दा कम रिक्टरको भूकम्पले धेरैजसो केही क्षति पु-याउँदैन । तर, ७ वा ७ भन्दा माथिको तीव्रताको भूकम्पले नेपालजस्तो कमजोर संरचना बनाएका देशमा पूर्ण क्षति निम्त्याउन सक्छ ।
नेपालमा भूकम्पको इतिहास
१९९० मा भूकम्प जाँदा नेपालका तात्कालीन प्रधानमन्त्री जु४ शमशेर राजधानीमा थिएनन् माघ २ गते अपराह्न २ बजेर १७ मिनेट जाँदा ८ रिक्टरको महाभूकम्प गएपछि धरोहरको रूपमा रहेको नौतले धरहरा ४ तलामा सीमित बन्न पुग्यो ।
माघ २ गते सातै ग्रह एकै राशिमा पर्ने भएकाले अनिष्ट हुनेछ भनी ज्योतिषीले गरेको भविष्यवाणिको खुबै चर्चा भएको थियो रे । दैवसंयोग अनिष्ट भयो । ९२ वर्षअगाडि पूर्वी नेपाललाई केन्द्रविन्दु बनाई ३ मिनेटसम्म गएको त्यो महाभूकम्पले उपत्यकाका साथै थुप्रै भूभागमा बितन्डा मचायो । विकास गर्न देशको समय धेरै लाग्छ तर विनाश गर्न एक सेकेन्ड पनि प्रयाप्त छ । पलभरमै जनधनको क्षति भयो । महाभूकम्पले सबैलाई पीडा दिएको थियो र अहिले पनि दिएको छ । आपूले सुइँकुच्चा ठोक्यो तर आफन्त गुमाउने हजारौँ भए । त्यस बखत ८५६२ जनाले ज्यान गुमाए । १७१० जना घाइते भए । ६२०० घर भत्किए । ८९७३४ घर चर्किए । १९२५२ घर थोरै चर्किए । ४२० देवालय तथा शिवालय भत्किए । बालकृष्ण समले आप्mनो पुस्तक ‘मेरो कविताको आराधना’ मा लेखेकाछन्, ‘नौ तलाको धरहरा चार तल्लामा मात्र बाँकी रहेको धरहरा ठुन्केको देख्दा कुनै वीर नेपालीको शिर नालापानीमा काटिएर पनि उचाहिँ मुर्कुटा भएर भीमसेन थापाको ढोकामा पहरा दिई उभिरहेको जस्तो लाग्यो ।’
महाभूकम्पपछि मठ, मन्दिर र दरबार जीर्णाेद्धार गरिए, पुनार्निर्माण गरिए, केही दुरुस्त बनाइए, केही फरक शैलीमा बनाइए । करिब डेढ वर्ष लगाएर धरहरा बनाइयो । त्यसबीचमा भगवान्का ऐतिहासिक मूर्तिहरू पनि धेरै हराए ।
२०७२ साल वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिने६मा ७.६ रिक्टर स्केलको भूकम्पले नेपालको भूमिमा धक्का दियो । हेर्दाहेर्दै फेरि त्यसले तहसनहस सिर्जना गरिदियो । रोदन उत्पन्न भयो । आफन्त गुमाउने हजारौँ भए । हजारौँ घर पाताल बने । मठ, मन्दिर भत्किए । धरहरा फेरि गल्र्याम्म ढल्यो । अब त एक तलामा सीति बन्यो । साना ठूला गरी तीन सयभन्दा बढी पटक धक्का महसस गरिए । भिखारीदेखि अर्बपतिसम्म सबैले पालमुनि नै रात बिताउनुप¥यो । कतिले त पलभरमै सर्वस्व गुमाए । नेपालीको यसपटकको भूकम्पले दिएको झट्काले आँसुको भेल रोकिन, थामिन निकै समय लाग्नेछ ।
यो ताण्डव रोक्न सक्ने बाहुबल कसैमा थिएन । प्रत्येक सय वर्षको अन्तरालमा ठूला भूकम्प आउने अनुमान भूगर्भविद्ले नगरेका भने होइनन् । १८९० सालमा पनि विनाशकारी भूकम्प आएकै थियो । १८९० मा आएको महाभूकम्पका कारण काठमाडांैले राजा अभय मल्ललाई समेत गुमाएको थियो । यी हरेक पटकका भूकम्पले विनाश ग¥यो र उपत्यकालाई पुननिर्माण गर्न बाध्य बनायो ।
२०७२ को ‘गोरखा, बारपाक’ भूकम्पले नेपालीको मनमा ठूलो र गहिरो घाउ दिएको छ । केही अस्थायी घाउ छन्् भने बढी स्थायी छन् । अहिलेका पुस्तामा बाँचुन्जेलसम्म ती स्मृतिका रूपमा रहिरहनेछ ।
उस्ताद बद्रीले ग्रामोफोन रेकर्ड गरेका बालकृष्ण समद्वारा रचित गीत आज पनि उत्तिकै सान्दर्भिक ठहरियो ।
‘नेपाल तँलाई भूकम्प ज्वरले सताई साह्रै दुःखी बनायो’,
‘बिगारी मन्दिर र घर हजारौ“, त्यो उच्च धरहरा पनि ढलायो ।’
सुपुत्रपुत्री मरे हजारै बहाइ आँसु सबै बगाइस, चिरेर छाती कति कराइस् त्यो शब्द आसमा बिलायो ।।’
लेखिका : सत्य साई शिक्षा सदन, टोखामा कक्षा– ७ मा अध्ययनरत छात्रा हुन् ।
प्रतिक्रिया