कर्णाली राजमार्ग अवरुद्ध, यात्रुको बिजोग

Karnali-Rajmarg-Surkhet-Jajसुर्खेत, १० असार । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–कालीकोट सडक–खण्डको सेरीघाटमा वर्षातका कारण सडक अवरुद्ध भएको छ ।

बुधबारदेखि परेको वर्षाका कारण निर्माणाधीन बेलीब्रिज नजिकै सडक चिप्लो भएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि बीरेन्द्रनगरदेखि जुम्लातर्फ जाने र जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत आउने सवारी साधानहरू बिच सडकमा रोकिएको सवारी चालक कपिलदेव खड्काले जानकारी दिए ।

उनका अनुसार उकालो सडक र पानी परेर चिप्लो भएकाले सवारी चढ्न नसकेकाले आवागमन पूर्ण रुपमा ठप्प छ ।

सडक अवरुद्ध भएपछि तीन दर्जन सवारी साधन सडकमा रोकिएका छन् । समयमा गन्तव्य पुग्ने यात्रु सडक अवरुद्ध भएपछि बिजोग भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी लक्ष्मण गुरुङले वर्षाका कारण सडक चिप्लो भएकाले ठूला सवारी रोकिएर सडक अवरुद्ध भएको बताए ।

‘साना सवारी सञ्चालनमा छन्’, डिएसपी गुरुङले भने, ‘हल्का वर्षा भइरहेकाले ठूला सवारी आवागन ठप्प छ ।’

प्रतिक्रिया